काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ सिंहदरबार पुगेका छन् । मंलबार धरानवासीको पानीको समस्या समाधानको माग गर्दै मेयर साम्पाङ खानेपानी मन्त्रीलाई भेट्न सिंहदरबार स्थित मन्त्रालयमा पुगेका हुन् । उनी रित्तो गाग्री बोकेर सिंहदरबार प्रवेश गर्न लागेका थिए । उनको गाग्री भने प्रहरीले खोसेको छ । मेयर साम्पाङ धरानवासीको खानेपानीको समस्या दीर्घकालीन समाधान गर्न माग गर्दै मन्त्रालयमा छलफलमा छन् ।
बागमती । मकवानपुरको हेटौँडा उपमहानगपालिकाले आर्थिक वर्ष २०८१÷८२ को छ महिनामा रु १९ करोड ७४ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ । उपमहानगरपालिकाको राजस्व शाखाका प्रमुख मनोज सुवेदीका अनुसार चालु आवको साउनदेखि पुससम्ममा उपमहानगपालिकाले विभिन्न शीर्षकमा रु १९ करोड ७४ लाख ३७ हजार नौ सय ९३ राजस्व सङ्कलन गरेको छ । यो अघिल्लो आव २०८०÷८१ को सो अवधिको तुलनामा सङ्कलन गरेको भन्दा रु तीन करोड १२ लाख बढी हो । सो चालु आवको छ महिनामा सम्पत्ति करबाट रु चार करोड ९४ लाख ६१ हजार, घरबहाल करबाट रु दुई करोड ८१ लाख ७३ हजार, नक्सापास दस्तुरबाट रु दुई करोड ७६ लाख ६५ हजार, पूर्वाधार सेवाको उपयोगमा लाग्ने करबाट
भद्रपुर (झापा) । मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८१÷८२ को छ महिनामा चिया निर्यात ५५ दशमलव ७० प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कानुसार (साउन–पुस)सम्ममा रु दुई अर्ब ९५ करोड ९० लाख ३७ हजार बराबरको चिया निर्यात भएको छ । सोही अवधिमा ११ हजार दुई सय ३२ दशमलव २७ मेट्रिक टन चिया निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी गणपति कँडेलले जानकारी दिए । गत आव २०८०÷८१ को सोही अवधिमा रु एक अर्ब ९० करोड पाँच लाख छ हजार बराबरको चिया निर्यात भएको थियो । भारतमा चिया उत्पादनमा कमी आएसँगै नेपाली चियाको निर्यात सुखद् पक्ष रहेको चिया उत्पादक सङ्घका अध्यक्ष आदित्य पराजुलीले बताए । चिया
वीरगञ्ज (पर्सा) । सीमा सुरक्षामा खटिने सशस्त्र प्रहरी बलले सक्रियता बढाएसँगै पर्सामा भन्सार छलीका सामान बरामद गर्ने क्रम ह्वात्तै बढेको छ ।सशस्त्र प्रहरीले सक्रियता बढाएसँगै आर्थिक वर्ष २०८०÷८१ को छ महिनाको तुलनामा चालु आवको सोही अवधिमा रु छ करोड ६८ लाख ५३ हजार मूल्य पर्ने भन्सार छलीका सामान बढी बरामद गरेको हो । सशस्त्र प्रहरी बल, नेपाल नम्बर १३ गण हेडक्र्वाटरका गणपति राधेश्याम धिमालले चालु आवको छ महिनामा भन्सार छली गरेर भित्र्याइएका रु २१ करोड २८ लाख २६ हजार मूल्य पर्ने सामान बरामद गरेको जानकारी दिए ।‘सशस्त्र प्रहरीले सक्रियता बढाएसँगै अवैध चोरी पैठारी गरेर भित्रिने लत्ताकपडा, इलेक्ट्रोनिक्स
महोत्तरी । खानेपानीको समस्या खेप्दै आएका यहाँस्थित मटिहानी–६ जरलहवागाछी बस्तीका अग्निपीडितले १० महिनापछि बल्ल राहत पाएका छन् । बस्तीमा सोमबार एकसाथ छवटा डिपट्युबेल सञ्चालनमा आएपछि अग्निपीडितले आफ्नै घरआँगन नजिक खानेपानीको सहुलियत पाएका हुन् । मटिहानी नगरपालिका र रतौली युवा क्लबले जडान गराएका डिपट्युबेल सञ्चालनमा आएका हुन् ।‘आगलागी घटनायता खानेपानीको अप्ठ्यारो थियो’, अग्निपीडित बस्तीकी गृहिणी मैमुन खातुनले भनिन्, ‘आगलागी घटनाको १०औँ महिनामा बल्ल खानेपानीको सजिलो भयो ।’ सो बस्तीमा गत वैशाख १२ गते बुधबार भएको आगलागीमा एक सय तीन घर जलेर पूरै खरानी बनेका थिए ।सञ्चालनमा आएका छवटै डिपट्युबेलबाट पानी
काठमाडौं— गैरसरकारी संस्था महासंघले असमानताविरुद्ध खबरदारी र्याली सञ्चालन गरेको छ। असमानताका विरुद्ध रातो घेरा कोरौँ भन्ने नाराका साथ विश्वव्यापी परिचालन दिन गैरसरकारी संस्था महासंघको अगुवाइमा सातै प्रदेशमा खबरदारी सभा हुँदैछ । जनवरी २१ मंगलबार गण्डकी प्रदेशको राजधानी पोखरामा र्याली सञ्चालन गरिएको छ। बिहान ८ बजे सुरु भएको र्यालीले नगर क्षेत्रमा परिक्रमा गरी कोणसभामा परिणतभएको थियो। गैरसरकारी संस्था महासंघ नेपाल गण्डकी प्रदेश, कास्की शाखाको आयोजनामा भएको र्याली सभागृह चोकबाट जिरो किलोमिटर चोकसम्म पुगेको थियो। र्यालीमा गैसस महा
त्रिवेणी (रूकुम पश्चिम) । रूकुम–पश्चिमको त्रिवेणी गाउँपालिकामा यस वर्ष अदुुवा उत्पादन वृद्धि भएसँगै मूल्य पनि बढेको छ । गत वर्षभन्दा यस वर्ष अदुवाखेती गर्ने किसानको सङ्ख्या घटे पनि उत्पादन वृद्धि भएको हो । यस वर्ष यहाँबाट करिब रू छ करोडको अदुवा बिक्री भएको त्रिवेणी गाउँपालिकाका कृषि शाखा प्रमुख रमेश पुनले जानकारी दिए । उनका अनुसार अदुवा बिक्रीबाट किसानले रू पाँच करोड ९२ लाख आम्दानी गरेका छन् । दश वटा वडा रहेको त्रिवेणीमा एक हजार नौ सय ५० परिवारले अदुवाखेती गर्दै आएका छन् । प्रत्येक किसानले दुई रोपनीभन्दा बढी जग्गामा अदुवाखेती गर्दै आएका पुनले बताए । पालिकाभर हाल एक सय ९५ हेक्टर जग्गा
सुन्दरहरैँचा (मोरङ) । जिल्लाको सुन्दरहरैँचा नगरपालिका–८ स्थित जङ्गली हात्तीपीडित नागरिकले सर्वसाधारणको जीउधनको सुरक्षाको माग गर्दै सबडिभिजन वन कार्यालय सलकपुरमार्फत आज ज्ञापनपत्र बुझाएका छन् ।हात्तीबाट त्रसित हुनुपरेको भन्दै वन तथा वातावरण मन्त्रालयलाई जङ्गली हात्ती नियन्त्रण गर्न यहाँका पीडित नागरिकद्वारा ज्ञापनपत्र बुझाइएको स्थानीय शिक्षासेवी टीकाराम ढकालले बताए । सुन्दरहरैँचाको उत्तरीक्षेत्रमा लामो समयदेखि हात्ती गाउँबस्तीमा पसी भौतिक तथा मानवीय क्षति गरेको, दर्जनौँ घरहरू भत्काएको र बालीनालीमा हानि पु¥याएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।ज्ञापनपत्रमा भनिएको छ, ‘यस क्षेत्रका आमनागरिक हात्तीको
वालिङ (स्याङ्जा) । जिल्लाको वालिङ नगरपालिका–८ स्थित ढाबखोला नियन्त्रणको काम सुरू भएको छ । खोलाले बर्सेनि खेतीयोग्य जमिन डुबाउने र कटानबाट सास्ती खेप्दै आएका यहाँका उपभोक्तालाई खोला नियन्त्रण योजना सुरू भएसँगै सहज हुने भएको हो ।गण्डकी प्रदेश सरकारको बहुवर्षीय योजनाअन्तर्गत चालु आर्थिक वर्षमा वालिङ–८ भीमटारीस्थित नेपाल आदर्श स्कुलबाट काफलडाँडा जाने सडकको कल्भर्टसम्म खोला नियन्त्रणको काम सुरू भएको हो ।खोला नियन्त्रणका लागि चालु आवमा रू ८६ लाख ५२ हजार चार सय २९ लागत अनुमान रहेको जिल्लास्थित जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख किरण आचार्यले जानकारी दिए । उनका अनुसार लागत अनुमानभन्दा झ
पोखरा । सुर्यदर्शन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लगायत सातै जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश माग गर्दै उच्च अदालत पोखरामा निवेदन दर्ता भएको छ। जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले सोमबार उच्च अदालत पोखरामा निवेदन दर्ता गरेको हो।जिल्ला अदालत कास्कीको आदेशको बदर माग गर्दै निवेदन आएको उच्च अदालत पोखराका नायव सुब्बा राजेन्द्र अर्यालले जानकारी दिए । सरकारी वकिलको कार्यालयले दर्ता गराएको निवेदनको पेशी मंगलबारलाई तोकिएको छ।जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज रार्ईको इजालसले सूर्यदर्शन सहकारी प्रकरणमा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापत
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.