काठमाडौँ । प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट पेस गरिएको छ। सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले अहिलेसम्म तीनवटा रिट पेस भइसकेको कुरा बताए। 

‘तीनवटा रिट आइसकेका छन्। दर्ता भइसकेको छैन। साथीहरुले अध्ययन गरिरहनु भएको छ’, प्रवक्ता कोइरालाले भने। सर्वोच्च अदालतले मंगलबारदेखि नै रिट दर्ता गर्ने निर्णय गरेको हो र पहिलो दिन नै अदालतमा रिट पेश भएको हो। 

प्रतिनिधि सभा विघटन र सरकार गठन असंवैधानिक ठहर गर्दै बदर गर्न रिटमा माग गरिएको छ।

सरकारलाई असंवैधानिक घोषणा गर्न र संसद् पुनर्स्थापना गर्न माग गर्दै सिन्धुलीका युवराज पौडेल सफलले पनि रिट दायर गरेका छन्।