काठमाडौं— काठमाडौंको तीनकुनेमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका-३२ तीनकुनेस्थित सडकमा बा ६८ प ४१५३ नम्बरको मोटरसाइकल सोमबार राति अनियन्त्रित भई दुर्घटना हुँदा २१ वर्षीय समीर चौधरीको मृत्यु भएको हो ।

महानगरपालिका- ३१ बानेश्वर बस्ने कैलालीको गोदावरी गाउँपालिका-८ का चौधरीलाई दुर्घटनामा गम्भीर घाइते भएका थिए । 

उनको केएमसी अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।