समाचार

    Showing 7,431-7,440 of 19,565 items.
  • पूर्णरूपमा अवरुद्ध भयो कान्ति लोकपथ सडक

    काठमाडौं— हेटौंडाबाट काठमाडौं जाने कान्ति लोकपथ अविरल वर्षाका कारण अवरुद्ध भएको छ। वर्षाका कारण बागमती नदीमा बाढी आउँदा कान्ति लोकपथअन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ को सिमानामा रहेको बागमती खोला डाइभर्सन बगाउँदा सडक पूर्णरूपमा अवरुद्ध भएको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।डाइभर्सन बगाएपछि आइतबारबिहान ६ः०० बजेदेखि नै  सवारी साधनको आवतजावत अवरुद्ध भएको प्रहरीले जनाएको छ । अहिले प्रहरी टोली घटनास्थलमा खटिएको छ र अवरुद्ध सडक खुलाउने प्रयास जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले  जानकारी दिए। 

    • प्रकाशित मितिः वैशाख २१, २०८२
    • 172 पटक पढिएको
  • सभामुख घिमिरे भन्छन प्रेस स्वतन्त्रतामा आँच आउन नदिन संसद सधैँ सजग र चनाखो छ

    काठमाडौं—  सभामुख देवराज घिमिरेले प्रेस स्वतन्त्रतामा आँच आउन नदिन संसद सधैँ सजग र चनाखो रहने प्रतिबद्धता व्यक्त गरेका छन्।विश्व प्रेस स्वतन्त्रता दिवस २०२५ को अवसरमा आज सञ्चारकर्मी, सञ्चारमाध्यम, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा वकालत गर्ने अगुवा एवं आम जनसमुदायमा शुभकामना व्यक्त गर्दै उनले त्यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन।सभामुख घिमिरेले सन्देशमा भनेका छन, “नेपालको संविधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई मौलिक हकको रूपमा सुनिश्चित गरेको छ । प्रेस स्वतन्त्रताको प्रत्याभूति संविधानको आत्मा हो, जसको रक्षा गर्नु संसद्को पनि प्रमुख दायित्व हो ।”प्रेस स्वतन्त्रता भनेको केवल

    • प्रकाशित मितिः वैशाख २०, २०८२
    • 227 पटक पढिएको
  • गतवर्ष प्रेस स्वतन्त्रता हननका ७६ घटना

    काठमाडौं— पछिल्लो एक वर्षमा प्रेस स्वतन्त्रता हननसम्बन्धी ७३ वटा घटना भएका छन् । नेपाल पत्रकार महासङ्घ, सञ्चार अनुगमन इकाइका अनुसार सन् २०२४ मे ४ देखि २०२५ अप्रिल ३० सम्ममा भएका ७३ वटा घटनामा १५१ पत्रकार र पाँच वटा सञ्चार संस्था आक्रमणमा परेका छन् । महासङ्घका अनुसार उक्त अवधिमा दुई जना पत्रकारको हत्या भएको महासचिव रामप्रसाद दाहालले जानकारी दिए । यस्तै, पेशागत असुरक्षाका १६ वटा घटना अभिलेख भएका छन् । पत्रकारमाथि धम्की, धरपकड तथा दुव्र्यवहारका अत्यन्त निन्दनीय घटना यस अवधिमा भएका छन् जसलाई लोकतन्त्र माथिकै प्रहार भएको महासङ्घको ठहर छ । आज विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा महासङ्घले

    • प्रकाशित मितिः वैशाख २०, २०८२
    • 143 पटक पढिएको
  • ‘बलियो नयाँ युगमा रिर्पोटिङ प्रेस स्वतन्त्रता र मिडियामा कृत्रिम बुद्धिमत्ताको प्रभाव’ नारासहित नेपालमा ३२ औँ विश्व प्रेस स्वतन्त्रता दिवस मनाइदै

     काठमाडौं— मे ३ अर्थात् ३२ औँ विश्व प्रेस स्वतन्त्रता दिवस । ‘बलियो नयाँ युगमा रिर्पोटिङ-प्रेस स्वतन्त्रता र मिडियामा कृत्रिम बुद्धिमत्ताको प्रभाव’ नारासहित नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ। यो अवसरमा नेपाल पत्रकार महासंघलगायत पत्रकार तथा पत्रकारितासंग सम्बन्धित संघसंस्थाले विभिन्न कार्यक्रम गर्दैछन्। संयुक्त राष्ट्रसंघीय संगठन युनेस्कोको आयोजनामा नामिबियाको विण्डहक शहरमा भएको पत्रकारको सम्मेलनले ‘बहुलवादी र स्वतन्त्र प्रेसको लागि विण्डहक घोषणापत्र’ जारी गरेको सम्झनामा सन् १९९३ देखि संयुक्त राष्ट्रसंघले यो दिवस मनाउने निर्णय गरेको हो। जनताको सधैँ सबै प्रकारका सूचनामा

    • प्रकाशित मितिः वैशाख २०, २०८२
    • 135 पटक पढिएको
  • नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै

    काठमाडौं— सत्तारुढ नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ । बैठक नयाँबानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा दिउँसो २ बजे बस्नेछ ।एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम शुक्रबार संसदमा प्रस्तुत गरेपछि पार्टीको धारणा बनाएर संसदको छलफलमा सहभागी हुनका लागि बैठक बोलाइएको जनाइएको छ ।सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमका बारेमा सोमबारदेखि संसदमा निरन्तर छलफल हुनेछ ।

    • प्रकाशित मितिः वैशाख २०, २०८२
    • 219 पटक पढिएको
  • सरकार र आन्दोलनरत शिक्षक महासङ्घबीच सहमति भएपछि धमाधम खुुल्न थाले सामुदायिक विद्यालय, भर्ना अभियान र पठनपाठन सुरू

    काठमाडौं— शिक्षकको आन्दोलनका कारण बन्द भएका विद्यालय शुक्रबारदेखि नियमित रूपमा सञ्चालनमा आएका छन् । बुधबार सरकार र आन्दोलनरत शिक्षक महासङ्घबीच सहमति भएपछि लामो समयदेखि बन्द भएका विद्यालय क्रमशः खुलेका छन् । विद्यालय खुलेसँगै भर्ना अभियान पनि सुरू भएको छ । विश्व निकेतन मावि त्रिपुरेश्वरका प्रधानाध्यापक हेरम्बराज कँडेलका अनुसार आजदेखि नियमित पठनपाठन सुरू भएको छ । उगले शनिबार र बिदाको दिन पनि नियमित रूपमा विद्यालय सञ्चालन गर्ने र अवरूद्ध भएको शैक्षिक कार्यक्रमलाई गति दिने जानकारी दिए ।बिहीबार विश्व मजदुर दिवसको दिन पनि कक्षा ११ को पठनपाठन गरिएको उल्लेख गर्दै उनले आजदेखि भने कक्षा १ देखि १० स

    • प्रकाशित मितिः वैशाख २०, २०८२
    • 319 पटक पढिएको
  • कलेज प्रवेशमा किन रोक लगायो आवासीय चिकित्सकहरुलाई ?

    काठमाडौं— नीजि मेडिकल कलेजले आवासीय चिकित्सकहरूलाई कलेज प्रवेशमा रोक लगाएका छन् । आफुहरू विरुद्धमा आन्दोलन गरेको भन्दै नीजि मेडिकल कलेज सञ्चालकहरूले आवासीय चिकित्सकहरूलाई प्रवेशमै रोक लगाएका हुन् । स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिका संयोजक डाक्टर शेषराज घिमिरेले अहिले नीजि मेडिकल कलेजहरूले प्रवेश नै नदिएको बताए ।त्यसरी आवासीय चिकित्सकहरूलाई प्रवेशमा रोक लगाउनेहरूमा काठमाडौं मेडिकल कलेज (केएमसी), नोबेल मेडिकल कलेज, सीएमसी मेडिकल कलेज लगायतले प्रवेशमा रोक लगाएका हुन् । आन्दोलनपछि कलेज गएका उनीहरूलाई पैसा पनि नदिने, पढ्न पनि नआउन भन्दै प्रवेश नदिएको उनको भनाइ छ ।&nb

    • प्रकाशित मितिः वैशाख २०, २०८२
    • 226 पटक पढिएको
  • नेपाल प्रहरीका नवनियुक्त ७७ इन्स्पेक्टरको पदस्थापन

    काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त ७७ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)हरुको पदस्थापन गरिएको छ ।प्रहरी महानिरीक्षकको शुक्रबारको निर्णयानुसार ९६ जना इन्स्पेक्टरको पदस्थापन गरिएको हो ।उनीहरुलाई गृह मन्त्रालयले यही वैशाख ११ गते बैठकले १४ गतेदेखि लागू हुने गरी जनपद प्रहरी समूहतर्फको प्रहरी निरीक्षक पदमा नयाँ नियुक्ती दिएको थियो ।उनीहरुलाई प्रहरी नियमावली २०७१ (संशोधन सहित) बमोजिम प्रचलित नियमानुसार तलब, भत्ता खान पाउनेगरी पदस्थापना गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    • प्रकाशित मितिः वैशाख १९, २०८२
    • 186 पटक पढिएको
  • सडक आन्दोलनमा होमिएका सहकारीपीडितको रकम फिर्ता हुने

    काठमाडौं— सहकारीको ऋणमुक्त हुने आशामा चैत १७ गतेदेखि सडक आन्दोलनमा होमिएका बचतकर्ताको रकम फिर्ता हुने भएको छ । विगत लामो सयमदेखि ऋणमुक्त हुने आशामा रहेको बचतकर्ताहरुको बचत फिर्ता हुने भएको हो । सरकारले शुक्रबार संसदको संयुक्त सभामा बचतकर्ताको रकम फिर्ता हुने घोषणा गरेको छ । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले साना बचतकर्ताको बचत फिर्ता गर्न राष्ट्रिय सहकारी नियमन प्राधिकरणका कोष खडा गरिने घोषणा गरेका छन् ।सहकारी नीतिको पुनरावलोकन गरी नयाँ नीति जारी गरिने घोषणा पनि राष्ट्रपति पौडेलले गरे । सहकारी ऋण अशुली न्यायाधीकरण स्थापना गरिने घोषणा पनि उनले गरेका छन्

    • प्रकाशित मितिः वैशाख १९, २०८२
    • 258 पटक पढिएको
  • प्रिशा शाह मृत्यु प्रकरणः ओडिसा प्रहरी के भन्छ ?

    काठमाडौं— नेपाली छात्रा मृत भेटिएको घटनामा त्यहाँको प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । भुवनेश्वर प्रहरी कमिस्नर एस देवदत्त सिंहले घटनाको जानकारी प्राप्त हुनासाथ विश्वविद्यालयमा प्रहरी पुगेर अनुसन्धान सुरु गरेको बताएका छन् । कमिस्नर सिंहका अनुसार फरेन्सिक टिमसहित पुगेको प्रहरीले प्रिशा मृत भेटिएको कोठामा प्रारम्भिक अनुसन्धान गरी शव पोस्टमार्टमका लागि पठाइएको जनाएको छ । प्रहरीका अनुसार प्रिशा मृत्यु प्रकरणमा अप्राकृतिक मृत्युसम्बन्धी मामला दर्ता गरी थप अनुसन्धान सुरु गरेको छ । प्रहरीले भारतस्थित नेपाली दूतावासलाई घटनाको बारेमा जानकारी गराएर अनुसन्धान सुरु गरेको थियो । प्रिशाको शव अ

    • प्रकाशित मितिः वैशाख १९, २०८२
    • 298 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा