समाचार

    Showing 7,411-7,420 of 19,565 items.
  • तीनकुने संलग्न आरोपमा खेमराज सेढाईं पक्राउ

    काठमाडौं— काठमाडौंको तीनकुनेमा अवान्छित गतिविधि गरेको आरोपमा प्रहरीले ७२ वर्षीय खेमराज सेढाईंलाई पक्राउ गरेको छ । सेढाईंलाई सुकेधाराबाट पक्राउ गरेको हो ।सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ को बैठक सकेर निस्किएको अवस्थामा उनलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसरका एसपी अपिलराज बोहराले जानकारी दिए । उनीविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको प्रहरी अधिकृतहरु बताउँछन् ।चैत १५ मा तीनकुनेमा पूर्वराजाको समर्थनमा प्रदर्शन गर्ने ४० जना आपराधिक उपद्रव कसुर र २५ जना राज्य बिरुद्धको कसुरमा हिरासतमा छन् ।

    • प्रकाशित मितिः वैशाख २३, २०८२
    • 312 पटक पढिएको
  • किर्तिपुर क्रिकेट मैदान निर्माण ढिलाईबारे प्रधानमन्त्रीको गम्भीर चासो

    काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित क्रिकेट मैदानमा अन्तर्राष्ट्रियस्तरको प्यारापिट र फ्लडलाइट जडान कार्य तोकिएको समयमा सम्पन्न हुन नसकेको विषयमा आज सम्बन्धित निकायका अधिकारी र निर्माण व्यवसायीलाई डाकेर छलफल गरेका छन् ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा शहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, उक्त निर्माण कार्यको कार्यान्वयन निकाय सङ्घीय सचिवालय तथा व्यवस्थापन कार्यालयका प्रमुख चक्रवर्ती कंठससिहत सम्मलग्न निर्माण व्यवसायीसँग प्रधानमन्त्री ओलीले काम सुरु भए पनि तोकिएको समयमा काम सम्पन्न हुन नसक्ने स्थितिप्रति गम्भीर चिन्ता व्यक्त गरे

    • प्रकाशित मितिः वैशाख २३, २०८२
    • 195 पटक पढिएको
  • आजको फलफूल तथा तरकारीको मूल्य

    काठमाण्डौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ४४, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ४०,  गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ५०, आलु रातो प्रतिकिलो रु ३५, आलु रातो (भारतीय) प्रतिकिलो रु ३८, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३८, गाजर (लोकल) प्रतिकिलो रु ६०, गाजर (तराई) प्रतिकिलो रु २५, बन्दा (लोकल) प्रतिकिलो रु १५, बन्दा (नरिवल) प्रतिकिलो रु २०, काउली (स्थानीय) प्रतिकिलो रु ५०, मूला

    • प्रकाशित मितिः वैशाख २३, २०८२
    • 245 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । यसका साथै बङ्गालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । देशका पहाडी भागका केही स्थान तथा बाँकी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका हिमाली भू–भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।राति कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम सफादेखि आंशिक बदली रहने छ । कोशी, गण्डकी र सुदू

    • प्रकाशित मितिः वैशाख २३, २०८२
    • 311 पटक पढिएको
  • नेपाल प्रहरीका २०८ नायब निरीक्षक (सई) को पदस्थापन

    काठमाण्डौ  ।  नेपाल प्रहरीका २०८ प्रहरी नायब निरीक्षकहरूको एकैपटक बढुवा तथा पदस्थापन भएको छ ।प्रहरी महानिरीक्षक दीपक थापाको निर्णयअनुसार जनपद प्रहरी समूहका प्रहरी सहायक निरीक्षक पदबाट बढुवा भई प्रहरी नायब निरीक्षक पदमा नियुक्त भएका अधिकृतहरूको सोमबार पदस्थापन गरिएको हो ।उनीहरूलाई प्रचलित नियमअनुसार हालकै दरबन्दीबाट तलब, भत्ता तथा रासन सुविधा प्राप्त हुने गरी पदस्थापन गरिएको हो ।

    • प्रकाशित मितिः वैशाख २२, २०८२
    • 211 पटक पढिएको
  • सुधार केन्द्रमा युवक कुटपिटको भिडिओ ७ महिना पुरानो भएको प्रहरीको खुलासा

    काठमाडौं— रौतहटको गौर नगरपालिका–४ मा रहेको राइजिङ नेपाल सुधार केन्द्रले एक पुरुषलाई निर्घात कुटपिट गरिएको भिडियो सार्वजनिक भएको छ ।  २० देखि ४० सेकेन्डको उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । चार जना मिलेर एक व्यक्तिलाई भुईँमा लडाएर दुई जनाले पीडितको हात, एक जनाले खुट्टा समातेका छन् । अर्का एक व्यक्तिले सेतो छडीले पैतालामा प्रहार गरिरहेको देखिन्छ ।उक्त घटना भएको भिडियो कम्तीमा सात–आठ महिना पुरानो भएको जिल्ला प्रहरी कार्यालय, रौतहटका डीएसपी दीपक कुमार रायले जानकारी दिए ।'सात–आठ महिना अघिको भिडियो अहिले पोष्ट भएको रहेछ'  उनले भने,  ।प्रहरीका अनुसार कुटपिटमा संलग्न

    • प्रकाशित मितिः वैशाख २२, २०८२
    • 227 पटक पढिएको
  • नेविसंघद्वारा आरआरमा तोडफोड

    काठमाडौं— स्वतन्त्र विद्यार्थी युनियनको नेतृत्व सर्वसम्मत चयन भइसकेको अवस्थामा नेपाली कांग्रेसनिकट नेविसंघले प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसमा तोडफोड गरेको छ ।सर्वसम्मत रुपमा नेतृत्व चयन गरिसकेपछि नेविसंघको एउटा समूहले सोमबार आरआर क्याम्पसमा तोडफोड गरेको हो । उनीहरूले सर्वसम्मतको साटो निर्वाचन नै गर्नुपर्ने भन्दै तोडफोड गरेका हुन् ।तोडफोडका क्रममा क्याम्पसको महत्वपूर्ण कागजात च्यातिएको छ। नेविसंघका कार्यकर्ताले प्रशासन कक्षमा रहेका ल्यापटप र कुर्सीसमेत फ्याँकिएको छ ।नेविसंघका कार्यकर्ताले ल्यापटप र कुर्सी माथिल्लो तलबाट झट्टी हानेर फ्याँकेका थिए । ती सामान माथिल्लो तलाको बरान्डाबाट भुइँमा फ्

    • प्रकाशित मितिः वैशाख २२, २०८२
    • 216 पटक पढिएको
  • मन्त्री पौडेल भन्छन स्वास्थ्य बीमा कार्यक्रम रोक्ने अस्पतालको नवीकरण हुँदैन

    काठमाडौं— स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अस्पतालको दर्ता नविकरण रोक्ने बताएका छन् । सरकारी अस्पताललाई स्वास्थ्य बीमा कार्यक्रम रोक्ने अधिकार नभएकाले सो कार्य रोक्ने बताएका हुन् ।सरकारी अस्पतालले बीमाको दाबी भुक्तानी नभएको उल्लेख गर्दै कार्यक्रम रोकिन सक्ने स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले जानकारी दिए । कार्यक्रम बापतको दाबी भुक्तानी  बीमा बोर्डले छिट्टै फरफारक गर्ने जानकारी मन्त्री पौडेलले दिए । उनले थपे, 'हिजो मात्र रु चार अर्ब भुक्तानी भइसकेको छ, बाँकी रकम चालू आर्थिक वर्षभित्र पठाउने तयारीमा लागेका छौं ।'सरकारले बीमा कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेक

    • प्रकाशित मितिः वैशाख २२, २०८२
    • 394 पटक पढिएको
  • झापामा प्रहरीले चलायो दुई राउण्ड गोली,झोला छाडेर तस्कर फरार

    झापा – झापामा लागुऔषध तस्कर पक्राउ गर्न खोज्दा प्रहरीले गोली चलाएको छ। तर गोली चलाइए पनि ती व्यक्ति फरार भएका छन्।सोमबार बिहान करिब ८:४५ बजे झापाको कनकाई नगरपालिका–५ स्थित चाप्रामारी नजिकैको सुरुङ्गा–झापा सडकखण्डमा प्रहरीले सवारी चेकजाँच गरिरहेको थियो। त्यसक्रममा बीआर ३७ टी ९१९८ नम्बरको मोटरसाइकलमा आएका एक व्यक्तिलाई रोक्न खोज्दा उनी आफ्नो झोला र मोटरसाइकल छाडेर भागेका थिए।जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी एवं प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार फरार व्यक्तिलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड हवाई फायर गरेको थियो। यद्यपि, ती व्यक्ति प्रहरीको निगरानीबाट उम्किन सफल भए। छाडिएको झोल

    • प्रकाशित मितिः वैशाख २२, २०८२
    • 218 पटक पढिएको
  • अब कानून र व्यवस्था फर्किन्छ! – ट्रम्पले दिए अल्काट्राज पुनः खोल्ने आदेश

    अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले ऐतिहासिक अल्काट्राज जेल पुनः खोल्ने र यसको विस्तार गर्ने घोषणा गरेका छन्। उनले आइतबार आफ्नो ट्रुथआउट सामाजिक सञ्जालमार्फत लेख्दै भने, "अमेरिका लामो समयदेखि क्रूर, हिंस्रक र बारम्बार अपराध गर्ने व्यक्तिहरूको समस्या भोगिरहेको छ।"ट्रम्पले न्याय विभाग, एफबीआई, होमल्याण्ड सेक्युरिटी र कारागार ब्यूरोलाई अल्काट्राजसहित केही जेलहरू पुनः सञ्चालनमा ल्याउन निर्देशन दिएका छन्। उनका अनुसार, अल्काट्राज फेरि खोल्नु कानून, सुरक्षा र न्यायको प्रतीक हुनेछ।समुद्रको बीच टापुमा रहेको अल्काट्राज जेललाई विश्वकै सबैभन्दा कडा सुरक्षायुक्त र खतरनाक जेलमध्ये एक मानिन्छ। यो जेल 1

    • प्रकाशित मितिः वैशाख २२, २०८२
    • 349 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा