समाचार

    Showing 7,251-7,260 of 19,556 items.
  • बस दुर्घटना हुँदा २५ जना घाइते

    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्देमा बस दुर्घटना भएको छ। दुर्घटनामा २५ जना घाइते भएका छन्। पोखराबाट सुर्खेततर्फ जाँदै गरेको ना ५ ख ६८४१ नम्बरको यात्रुवाहक बस मंगलबार दिउँसो साढे २ बजे म्याग्दे गाउँपालिका वडा ४, घुम्तीबाट करिब २० मिटर तल खसेर दुर्घटना भएको हो।दुर्घटनामा अधिकांशको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी डीएसपी अशोक थापाले जानकारी दिए। घाइतेमध्ये १५ जनाको प्रदेश अस्पताल दमौलीमा, ७ जनाको दमौलीको रत्नहरि अस्पताल र बाँकी ३ जनाको म्याग्दे पोलिक्लीनिक अस्पताल थर्पुमा उपचारपछि थप उपचारार्थ पोखरा रेफर गरिएको छ।प्रदेश अस्पताल दमौलीमा उपचार भइर

    • प्रकाशित मितिः जेठ ६, २०८२
    • 226 पटक पढिएको
  • सर्लाहीबाट ११७ किलो गाँजा भारतीय गाडी सहित एकजना पक्राउ

    सर्लाही  ।  सर्लाहीको लालबन्दी नगरपालिका १४ पत्थर कोटबाट ११७ किलो गाँजासहित भारतीय गाडी र एकजना पक्राउ परेको छ।प्रहरी निरीक्षक वीरेन्द्र सिंह जोहारीको नेतृत्वमा खटिएको टोलीले प्राप्त गोप्य सूचनाका आधारमा सर्लाहीको लालबन्दी नगरपालिका–१४ स्थित डाइनेखोलामा भारतीय नम्बर प्लेटको सेतो स्कर्पियो गाडी (BR 32 AN 0817) र लु ३३ प ३८९४ नम्बरको पल्सर मोटरसाइकल चेकजाँच गरेको थियो ।जिल्ला प्रहरी कार्यालय, सर्लाहीका अनुसार पत्थरकोटतर्फ गाँजाको ओसारपसार हुँदै थियो । प्रहरी त्यहाँ पुगेको थाहा पाएपछि सवारीसाधन छोडी भाग्ने क्रममा लालबन्दी–१४ का ४२ वर्षीय सोम बहादुर तामाङलाई पक्राउ गरिएको हो ।प्रारम्भिक

    • प्रकाशित मितिः जेठ ६, २०८२
    • 488 पटक पढिएको
  • माइक्रो र बस ठोक्किँदा ९ जना घाइते

    काठमाण्डौ  ।  नवलपुरमा माइक्रो र बस ठोक्किँदा ९ जना घाइते भएका छन घाइतेहरुको भरतपुर नयाँ मेडिकलमा उपचार हुदै छ।मंगलबार दिउँसो अन्दाजी २:४५ बजे नवलपरासी (पूर्व)को गैडाकोट नगरपालिका वडा नं. ९, थुम्सीस्थित पूर्व–पश्चिम राजमार्गमा दुई सवारी साधन आपसमा ठोक्किँदा ९ जना घाइते भएका छन्।काठमाडौंबाट भैरहवा जाँदै गरेको लु २ ख ६६७२ नम्बरको बस र बुटवलबाट नारायणगढतर्फ गइरहेको लु २ ख ६९८५ नम्बरको माइक्रोबस एकआपसमा ठोक्किँदा माइक्रोबसमा सवार यात्रुहरू घाइते भएका हुन्। बसमा सवार कसैलाई पनि क्षति नभएको र दुर्घटनापछि सडक पूर्ण रूपमा सुचारु रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।दुर्घटनामा परेर

    • प्रकाशित मितिः जेठ ६, २०८२
    • 223 पटक पढिएको
  • नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

    काठमाण्डौ  ।  नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा डा. विश्व पौडेल नियुक्त भएका छन ।आज प्रधानमन्त्री केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवाबीच भएको भेटमा पौडेललाई गभर्नर बनाउने सहमति भएको थियो । पौडेल काँग्रेसको कोटाबाट गभर्नर बनेका हुन् ।गभर्नर नियुक्तिमा लामो समयदेखि ढिलाइ हुँदै आएको थियो। यो ढिलाइका कारण सत्तारुढ दलहरूबीच आपसी असमझदारी र शक्ति सन्तुलनको खेल चलिरहेको आकलन गरिएको थियो। यस्तै परिवेशमा सोमबार बोलाइएको मन्त्रिपरिषद् बैठक समेत अन्तिम समयमा स्थगित गरिएको थियो, जसलाई कांग्रेस सभापति देउवाको हस्तक्षेपको रूपमा हेरिएको थियो।परराष्ट्रमन्त्री आरजु देउवा राणामा व्यापार

    • प्रकाशित मितिः जेठ ६, २०८२
    • 320 पटक पढिएको
  • रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाई हेर्दाहेर्दैमा

    तर्फबाट सर्वोच्चमा दायर भएको बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाई हेर्दाहेर्दैमा राखिएको छ। सर्वोच्चका न्यायाधीशद्वय  डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा भएको सुनुवाई नसकिएपछि उक्त मुद्दा हेर्दाहेर्दैमा राखिएको हो। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीको मुद्दा ‘हेर्दाहेर्दै’मा परेको छ । रविका तर्फबाट १० जना वकिलले बहस गरेपछि मंगलबार (आज)को बहस टुंगिएको छ । छविलालका वकिल र सरकारी पक्षको बहस हुनै बाँकी छ ।

    • प्रकाशित मितिः जेठ ६, २०८२
    • 319 पटक पढिएको
  • काठमाडौँ महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई गुरागाईंले सोधे स्पष्टीकरण

    काठमाण्डौ  ।   गाडीमा ह्वील लक लगाईदिएको झोकमा काठमाडौँ महानगरका प्रमुख प्रशासकीय अधिकृतले सोधे राजुनाथ पाण्डेलाई स्पष्टिकरण सोधेका छन।काठमाडौँ महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई स्पष्टिकरण सोधेका छन् । उनलाई जवाफ पेस गर्नको लागि ७ दिनको समयाबधी दिइएको छ ।गुरागाँई महानगर फर्कीएको २ महिना बढी भएको छ । सुरुमा कसैप्रति आफ्नो समस्या नरहेको बताएका गुरागाँईले दुई महिनाापछि भने  उपमेयर सुनिता ढगोंलको दबाबमा पाण्डेलाई स्पष्टिकरण सोधिएको महानगर स्रोतले जनाएको छ ।

    • प्रकाशित मितिः जेठ ६, २०८२
    • 248 पटक पढिएको
  • सशस्त्र प्रहरीले ठूलो मात्रामा प्रतिबन्धित लागू औषध बरामत

    वीरगञ्ज  । सशस्त्र प्रहरी बल नेपालले पर्साको वीरगञ्ज महानगरपालिका–२, भगुवास्थित सीमा इलाकाबाट ठूलो मात्रामा लागूऔषध बरामद गरेको छ । भकुवा नाकाबाट प्रतिबन्धित लागू औषध ट्रामाडोल हाइड्रोक्लोराइड ट्याब्लेट बरामद गरेको छ।सशस्त्र प्रहरीका अनुसार बरामद ट्याब्लेटको मूल्य भारतमा ७ लाख रुपैयाँभन्दा बढी पर्ने अनुमान गरिएको भारतबाट तस्करी गरी ल्याइँदै गरेको ८१ हजार ४९० पिस ट्रामाडोल ट्याब्लेट सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो।सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साबाट सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) देवेन्द्र बहादुर सिंहको नेतृत्वमा टोलीले भकुवा नाकास्थित सिर्स

    • प्रकाशित मितिः जेठ ६, २०८२
    • 335 पटक पढिएको
  • कास्की केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प

    काठमाण्डौ । पोखरामा भूकम्पको धक्का महसुस भएको छ  ।आज दिउँसो १ बजेर ५९ मिनेट जाँदा कास्कीको सिनुवा क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्प ४.७ रेक्टर स्केलको गएको मापन केन्द्रले जनाएको छ । पश्चिम नेपालमा भूकम्पको धक्का महसुस भएको छ । मंगलबार दिउँसो कास्की, बागलुङ, तनहुँ, पर्वत लगायतका जिल्लामा भूकम्पको धक्का महसुस भएको हो ।

    • प्रकाशित मितिः जेठ ६, २०८२
    • 298 पटक पढिएको
  • बसको ठक्करबाट बालिकाको मृत्यु

    मोरङ  ।   बसको ठक्करबाट बालिकाको मृत्यु भएको छ। मोरङको रंगेली नगरपालिका-८ दर्वेसा स्थित भित्री सडक खण्डमा बसको ठक्करबाट बालिकाको मृत्यु भएको छ । जेठ ५ गते दिउँसो कानेपोखरीबाट रंगेली तर्फ आउदै गरेको  को.१ख २१०३ नम्बरको यात्रुबाहक बसले रंगेली-७ का दिलीप मण्डलको १३ बर्षीया छोरी मिरा मण्डललाई बाटो काट्दै गरेको अवस्थामा ठक्कर दिँदा घाईते भएकी उनको उपचारको क्रममा रंगेली अस्पतालमा मृत्यु भएको थियो ।  ठक्कर दिने बस र बस चालक कटहरी गाउँपालिका-७ का ५५ बर्षीय चन्द्र बहादुर मगरलाई इलाका प्रहरी कार्यालय रंगेलीले नियन्त्रणमा लिई थप अनुसन्धान गरीरहेको छ ।

    • प्रकाशित मितिः जेठ ६, २०८२
    • 270 पटक पढिएको
  • गभर्नर नियुक्तिमा चिसिएको सम्बन्ध पगाल्न देउवा–ओली बालुवाटारमा भेट

    काठमाण्डौ  ।  प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच मंगलबार बालुवाटारमा वार्ता भएको छ।सरकारी निवासमा सत्ता सहयात्री कांग्रेस सभापतिसँग भेट गरेका ओलीले यसअघि सोमबारको वार्ता अस्वस्थ्यताका कारण सारेका थिए। राष्ट्र बैंक गभर्नर नियुक्तिको विषय नै प्रमुख एजेन्डा रहेको उच्च स्रोतले जानकारी दिएको छ। वार्तामा देउवाले प्रस्ताव गरेका गर्भनरको नाममा विश्व पौडेलमा सहमति खोजीरहेका छन्। मन्त्रिपरिषदको आकस्मिक बैठक डाकी गभर्नर नियुक्ति गर्नका लागि देउवाले दबाब दिएका हुन्।लामो समयदेखि अल्झिएको नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति प्रक्रिया अन्ततः निष्कर्षतर्

    • प्रकाशित मितिः जेठ ६, २०८२
    • 227 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा