समाचार

    Showing 7,251-7,260 of 23,558 items.
  • चुनावको वातावरण निमार्ण गर्न सरकारले राजनीतिक दलसँग छलफल गर्नुपर्नेः प्रवक्ता भट्टराई

    काठमाडौं—  निर्वाचन आयोगले फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा चुनावको विषयमा राजनीतिक वातावरण निर्माण गर्न सरकारले राजनीतिक दलसँग छलफल गर्नुपर्ने बताएको छ । मंगलबार सरोकारवालाहरुसँगको बैठकपछि आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आसन्न प्रतिनिधिसभा चुनावको विषयमा निर्वाचन आयोग तयार रहेको भन्दै सरकारले दलसँग छलफल गर्नुपर्ने बताए । उनले भने, ‘राजनीतिक वातावरण निर्माण गर्ने विषयमा राजनीतिक दलहरुसँगको छलफल लगायतको विषयमा सरकारले अगाडि बढाउन पर्यो। छलफल भन्ने विषयमा सँगसँगै सँगसँगै अगाडि बढ्छौं। यसको प्राविधिक पाटो तयारीको पाटोमा निर्वाचन आयोगले सरोकार तहमा छलफल गर्छ।’निर्वा

    • प्रकाशित मितिः असोज २१, २०८२
    • 610 पटक पढिएको
  • जनकपुरधाम तनावग्रस्त, हिन्दूवादी समूहको सडकमा आक्रोश

    जनकपुर— जनकपुरधाममा विभिन्न हिन्दूवादी संगठनका युवा तथा सदस्यहरुले विरोध प्रदर्शन गरेका छन् ।मंगलबार उनीहरुले धनुषाका एसपी मुर्दावाद, हिन्दुलाई रिहा गर, जय श्रीराम लगायतका नारा लगाउँदै मोटरसाईकलमा नगर परिक्रमा गरेका छन् ।केही दिन अघि जनकपुरधाम उपमहानगरपालिका २० रुपेठामा दुर्गा माताको मुर्ती विसर्जन गर्ने क्रममा हिन्दू र मुस्लिम समुदायबीच विवाद भएको थियो ।विवादको क्रममा मुस्लिम समूदायले सीसाको बोतल, ढुंगा, ईँटालगायत हिन्दू समुदायमाथी प्रहार गरेका थिए । हिन्दू समुदायले विवादित तेलीया पोखरीको छेउमा मुस्लिम समूदायले निर्माण गरेको टहरा जलाएका थिए । त्यसपछि विवाद झन चर्किएको थियो ।धनुषा प्रहरील

    • प्रकाशित मितिः असोज २१, २०८२
    • 666 पटक पढिएको
  • जेन–जी समूहले पूर्वप्रधानमन्त्री र नेताहरूलाई पक्राउको लागि दिएको जाहेरी प्रहरीद्वारा अस्वीकार

    काठमाडौं— सुदन गुरुङको नेतृत्वमा रहेको जेन–जी समूहले पूर्वप्रधानमन्त्री तथा प्रमुख दलका नेताहरूलाई पक्राउ गर्न माग गर्दै दिएको जाहेरी प्रहरीले अस्वीकार गरेको छ । मंगलबार जिल्ला प्रहरी परिसर काठमाडौँले प्रधानमन्त्रीबाट लिखित जवाफ नआएसम्म जाहेरी दर्ता गर्न नसकिने भन्दै समूहलाई फर्काएको हो।परिसरबाट बाहिरिने क्रममा समुहका युवा ओजस्वी थापाले भोली र पर्सि गर्ने भनिएको जेनजी आन्दोलनमा आफूहरुको कुनै संलग्नता नरहेको स्पष्ट पारे । हिजोको सरकारले दमन गरेर चाहिँदै नचाहिएको रक्तपात दिएको भन्दै उनले अब फेरी त्यो रक्तपात आफूहरुले नचाहेकोले आन्दोलनमा आफूहरुको सहभागीतालाई लिएर भ्रममा नपर्न आग्रह गरे ।&nbs

    • प्रकाशित मितिः असोज २१, २०८२
    • 587 पटक पढिएको
  • विश्व हुलाक दिवसको अवसरमा बाजुरामा देउडा कार्यक्रम हुने

    बाजुरा— बाजुरामा विश्व हुलाक दिवसको अवसरमा देउडा सञ्चालन गरिने भएको छ । १५१औँ बिश्व हुलाक दिवसको अवसरमा हुलाक कार्यालय बाजुराको आयोजनामा हुलाक सेवाको महत्व र प्रभावकारिता उजागर गर्न देउडा कार्यक्रम गरिने भएको हो।मानिसहरूका लागि पोस्टः स्थानीय सेवा विश्वव्यापी पहुँच”भन्ने मूल नाराका साथ हुलाक कार्यालय बाजुराले देउडा कार्यक्रमको आयोजना गर्ने भएको हो।कार्यालयले एक सूचना जारी गर्दै उक्त प्रतियोगिता हुने जनाएको छ ।प्रतियोगिता यहि असोज २२ गते विहान ९ बजेबाट सुरु हुने हुलाक कार्यालय बाजुराका प्रमुख उत्तम बमले बताएका छन्।उनका अनुसार हुलाक सेवाको पहुँचलाई अझै प्रभावकारी तथा बलियो बनाउन देउडा मार्फत सन्

    • प्रकाशित मितिः असोज २१, २०८२
    • 516 पटक पढिएको
  • निवर्तमान सांसदद्वय गौतम र राजभण्डारीले फिर्ता गरे रातो पासपोर्ट

    काठमाडौं— नेपाली कांग्रेसका निवर्तमान सांसदद्वय प्रतिमा गौतम र सपना राजभण्डारीले आफूहरूले पाएको रातो पासपोर्ट फिर्ता गरेका छन्।सांसदको हैसियतमा प्राप्त विशेष सुविधा अन्तर्गतको रातो राहदानी आज संसद सचिवालयमार्फत राहदानी विभागमा बुझाइएको हो।नेतृ गौतमले भनिन्, ‘सांसदको हैसियतले प्राप्त भएको सुविधा फिर्ता गरेर नागरिकको नाताले जिम्मेवारी पूरा गरेका छौं।’रातो पासपोर्ट संसद सचिवालयको अन्तर्राष्ट्रिय सम्पर्क तथा समन्वय महाशाखाका उपसचिव राजु रिमालमार्फत राहदानी विभागमा बुझाइएको हो।उनीहरूको यो कदमलाई पारदर्शिता र जवाफदेहिताको दृष्टिकोणबाट सकारात्मक संकेतका रूपमा हेरिएको छ।

    • प्रकाशित मितिः असोज २१, २०८२
    • 595 पटक पढिएको
  • सर्लाहीमा खोलामा डुबेर एक युवकको मृत्यु

    सर्लाही— जिल्लाको मलंगवा नगरपालिका–५, भाडसरस्थित लखनदेही खोलामा नुहाउन गएका एक युवकको डुबेर मृत्यु भएको छ। मृत्यु हुनेमा १८ वर्षीय ओम ठाकुर रहेका छन्।मंगलबार बिहान ४ जना साथीहरूसँग खोलामा गएका ओम ठाकुर नुहाउने क्रममा खोलाले बगाएर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।बिहान साढे ११ बजे बेपत्ता भएका ठाकुरको शव दिउँसो १ बजे खोलामै तैरिरहेको अवस्थामा फेला पारिएको हो। उनलाई तत्काल प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो । उनलाई अस्पताल लगेपनि चिकित्सकले मृत घोषणा गरेका थिए।

    • प्रकाशित मितिः असोज २१, २०८२
    • 540 पटक पढिएको
  • दशैंपछिको सेयर बजारमा उच्च गिरावट, घटे सबै सूचक

    काठमाडौं— दशैंपछि खुलेको सेयर बजार उच्च अंकले घटेको छ । नेप्से परिसूचक ५८.५५ अंक ९२.१(प्रतिशत) घटेको हो । सो गिरावटपछि नेप्से २६०४ अंकमा कायम भएको छ । कुल ४ अर्ब ६२ करोडको कारोबार भयो ।१६ कम्पनीको मूल्य बढ्दा २३५ को घट्यो भने एउटाको स्थिर रह्यो । सबै समूहका सूचक घटेका छन् । अन्य समूह सबैभन्दा धेरै ४.८३ प्रतिशत घट्यो । नेपाल पुनर्बीमाको मूल्य भारी दरले घट्दा यो समूह बढी प्रभावित भयो ।बैंकिङ १.३२, विकास बैंक २.३८, फाइनान्स १.१२, होटल तथा पर्यटन २.७२, हाइड्रोपावर २.७४, लगानी १.९१, जीवन बीमा १.८६, उत्पादन तथा प्रशोधन १.८५, माइक्रोफाइनान्स १.८७, निर्जीवन बीमा २.०४ र व्यापार १.१७ प्रतिशत घटेको छ ।भू

    • प्रकाशित मितिः असोज २१, २०८२
    • 631 पटक पढिएको
  • दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली

    काठमाडौं— संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापना कार्यको लागि दक्षिण सुडानको संयुक्त राष्ट्रसंघीय मिसनमा सहभागी भएका नेपाली शान्ति सैनिकहरुको अदलीबदली गरिएको छ । मंगलबार मिसनमा सहभागी श्रीनाथ गणको १४ औँ डफ्फाका शान्ति सेनालाई बदली गर्नको लागि नयाँ गोरख गणको १५ औँ डफ्फाका १७५ जना शान्ति सैनिकहरू मिसन इलाका प्रस्थान गरेका हुन् । त्यस्तै, उक्त मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरेका १७६ जना नेपाली शान्ति सैनिकहरू सोमबार स्वदेश फिर्ता भएका थिए । हाल उक्त मिसनमा नेपाली सेनाका १ हजार ७ सय ५७ जना शान्ति सैनिकहरू कार्यरत छन् ।

    • प्रकाशित मितिः असोज २१, २०८२
    • 673 पटक पढिएको
  • बाढीमा बेपत्ता दुई बालिकाको शव भेटियो

    रौतहट— रौतहटको देवाही गोनाही नगरपालिका–६ कर्कच गाउँमा सोमबार बेपत्ता भएका दुई बालिकाको शव आज फेला परेको छ ।हिजो दिउँसो खेतको पानी बग्ने ठाउँमा नुहाउने क्रममा स्थानीय रामदयाल रामकी १२ वर्षीया छोरी आरती र शिवधारी रामकी ११ वर्षीया छोरी अन्तिमा कुमारी बेपत्ता भएका थिए ।बेपत्ता भएको खबर प्राप्त भएपछी त्यहाँको प्रहरी र आफन्तले निरन्तर खोजिकार्य गरिरहेका थिए । खोजीकार्यमा आरतीको शव बिहानै फेला पारेका थिए भने अन्तिमाको शव केही टाढा जलकुम्भीमा अड्किएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

    • प्रकाशित मितिः असोज २१, २०८२
    • 647 पटक पढिएको
  • मुख्यमन्त्री पाण्डेको घरमा आगजनी गर्ने युवक पक्राउ

    काठमाडौं—  गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको निवासमा आगजनी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।पक्राउ पर्ने व्यक्ति रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ स्थायी घर भई हाल पोखरा–७, राष्ट्र बैंक चोकमा बसोबास गर्दै आएका २२ वर्षीय संयोग थापा हुन्।गत असोज १२ गते राति मुख्यमन्त्रीको घरमा आगजनी भएको घटनापछि फरार रहेका थापालाई प्रहरीले खोजतलासपछि नियन्त्रणमा लिएको हो। हाल उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कास्कीका सूचना अधिकारी हरिबहादुर बस्नेतले जानकारी दिएका छन्।अनुसन्धानका क्रममा थापाले नेपाल राष्ट्र बैंकको पर्खाल नजिक रहेको एनआईएमबी बैंकको एटीएम मेश

    • प्रकाशित मितिः असोज २१, २०८२
    • 636 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.