समाचार

    Showing 5,311-5,320 of 19,479 items.
  • उच्च अदालत पाटनको आदेशमा दुर्गा प्रसाईंलाई रिहा गर्ने

    काठमाण्डौ । उच्च अदालत पाटनले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई बैंकिङ कसुर मुद्दामा २५ लाख धरौटीमा छाड्न आदेश दिएको छ।सोमबार न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र मुनेन्द्रप्रसाद अवस्थीको वाणिज्य इजलासले धरौटीमा छाड्न आदेश दिएको हो। नेपाल राष्ट्र बैंकले गत माघ २३ गते दुर्गा प्रसाईंको कारोबारमाथि अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीलाई पत्राचार गरेको थियो।सिआइबीले विशेष सरकारी वकिलको कार्यालयलाई अनुसन्धान सकेर प्रतिवेदन बुझाएको थियो। उक्त प्रतिवेदनको अभियोजन गरी सरकारी वकिलले दुर्गा प्रसाईंविरूद्ध १८ करोड ४४ लाख बिगो कायम गरेर जरिवाना र कैद सजाय माग गरेको थियो। त्यस्तै पीडित राहत कोषमा क

    • प्रकाशित मितिः साउन १९, २०८२
    • 1,686 पटक पढिएको
  • तुर्कमेनिस्तान पुगे प्रधानमन्त्री ओली

    तुर्कमेनिस्तान । प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागिताका लागि आज तुर्कमेनिस्तान आइपुगेका छन् ।प्रधानमन्त्री ओली नेतृत्वको टोली स्थानीय समय अनुसार दिउँसो १४.३० बजे दुबई अन्तर्राष्ट्रिय विमानस्थल हुँदै तुर्कमेनिस्तानको आवाजा सहर आइपुगेका हुन् । उनलाई तुर्कमेनिस्तानबासी अन्तर्राष्ट्रिय विमानस्थलमा तुर्कमेनिस्तान सरकार(मप)का उपाध्यक्ष होजाम्यारात जेल्डिम्यारादोभ, संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोग, न्यूयोर्कका आवासीय प्रतिनिधि लोकबहादुर थापालगायतले स्वागत गरे ।यही साउन २० देखि २३ गतेसम्म (५ देखि ८

    • प्रकाशित मितिः साउन १९, २०८२
    • 365 पटक पढिएको
  • कक्षा १२ को नतिजा प्रकाशित

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशित गरेको छ । सोमबार साँझ राष्ट्रिय परीक्षा बोर्डले नतिजा प्रकाशित गरेको हो ।प्रकाशित नतिजा अनुसार कक्षा १२ मा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । त्यस्तै, ३८.८३ विद्यार्थी ननग्रेड भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।परीक्षामा ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागी भएका थिए।

    • प्रकाशित मितिः साउन १९, २०८२
    • 433 पटक पढिएको
  • बुद्धका कारण नेपाल विश्वभर चिनिएको छ : मन्त्री पाण्डे

    काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले बुद्ध नेपालमा जन्मेका कारण पनि नेपाल विश्वमा चिनिएको बताएका छन् । गुरु पद्मसंभवको जन्म दिवसको अवसरमा आयोजित विशेष कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले बुद्धको जन्मस्थल लुम्बिनी भएको कारणले गर्दा नेपालप्रति आत्मीयता राख्ने राष्ट्रहरुको संख्या विश्वमै बढिरहेको उल्लेख गरे । उनले नेपाल वेद र बुद्धको भूमि भएको स्मरण गराउँदै भने ‘हामी बुद्ध र वेदको धरोहर बोकेको देश हौं, अब यसलाई सशक्त रूपमा विश्वसामु प्रस्तुत गर्नुपर्छ ।’हिमाली बौद्ध परम्परालाई उनले अघि बढाउनु मात्रै होइन, त्यसको प्रचार–प्रसारमा समेत ऐतिहासिक योगदान गर

    • प्रकाशित मितिः साउन १९, २०८२
    • 372 पटक पढिएको
  • लुकाइछिपाइ राखिएको अवस्था जरायोको सिङ फेला पर्यो, दुईजना पक्राउ

    विराटनगर— मोरङको पथरीशनिश्चरे नगरपालिका–२, सरस्वती टोलबाट जरायोको सिङ बरामद गरिएको छ । लुकाइछिपाइ राखिएको अवस्थामा प्रहरीले तीनजोर (६ वटा) सिङ बरामद गरेको हो ।स्थानीय ३१ वर्षीय निरज गुरुङको घरमा खानतलासी गर्दा सिङहरू फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी हस्तबहादुर सुनारले जानकारी दिए ।सिङसँगै प्रहरीले निरज र २४ वर्षीय विजय राईलाई नियन्त्रणमा लिएको छ । थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः साउन १९, २०८२
    • 484 पटक पढिएको
  • घुस लिएपछि मर्चवारीका वडा अध्यक्षसहित दुई जनाविरुद्ध मुद्धा दायर

    काठमाडौं— अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको  मर्चवारी गाउँपालिकाका वडा नम्बर ३ का वडा अध्यक्ष जनार्दन यादवसमेत २ जनाविरुद्ध भ्रष्टाचार गरेको मुद्धा दायर गरेको छ ।अख्तियारले वडा अध्यक्ष यादवले विभिन्न योजनाको निर्माण कार्य सम्पन्न भएपश्चात भुक्तानी सिफारिस गर्न तीन लाख घुस लिएको आरोपमा मुद्धा दायर गरेको जनाएको छ ।वडा अध्यक्ष यादवले सो रकम गणेश ट्रेडिङका संचालकका छोरा विपिन कुमार पाण्डेयलाई लिन लगाएको र पाण्डेयले घुस लिएको अवस्थामा नियन्त्रण लिएको थियो ।

    • प्रकाशित मितिः साउन १९, २०८२
    • 538 पटक पढिएको
  • कोशीका १६ स्थानीय तहले अझै ल्याएनन् बजेट

    इटहरी –   कानुनतः असार १० गतेभित्र स्थानीय तहहरुले आफ्नो बजेट प्रस्तुत गरेर असार महिनाभित्र पास गरिसक्नु पर्ने हो । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ र अन्तरसरकार वित्त व्यवस्थापन ऐन २०७४ को दफा २१ मा भएको व्यवस्थाअनुसार स्थानीय तहले प्रत्येक वर्षको असार १० गते अनिवार्य रुपमा बजेट ल्याउनैपर्ने हुन्छ । तर, कानुनमै भएको व्यवस्था बाहिर गएर कोशी प्रदेशका दुई उप उपमहानगरपालिकासहित १६ स्थानीय तह यतिबेला बजेट होलिडेको अवस्थामा छन् । कतिपय स्थानीय तहले त एक महिना बढी कटिसक्दा समेत आफ्नो चालु बर्षको बजेट प्रस्तुत समेत गर्न सकेका छैनन् । संघीय मामिला तथा समान्य प्रशासन मन

    • प्रकाशित मितिः साउन १९, २०८२
    • 487 पटक पढिएको
  • प्रचण्डले भने – पार्टीभित्रको गुटबन्दी अन्त्य गर्ने संकल्प लिएका छाैँ

    काठमाडौं  – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्रको गुटबन्दी अन्त्य गर्ने संकल्प लिइएको बताएका छन् । स्थायी समिति बैठक सकेर पेरिसडाँडाबाट निस्कने क्रममा पत्रकारहरूसँगा कुरा गर्दै प्रचण्डले पार्टीलाई एकताबद्ध बनाउने चुनौतीलाई जिम्मेवारीपूर्वक पूरा गरिएको बताए । उनले लोकतान्त्रिक आन्दोलन र गणतन्त्र सुदृढीकरणमा माओवादी केन्द्रको नेतृत्वदायी भूमिका स्मरण गरे । ‘देशको लोकतान्त्रिक आन्दोलन र गणतन्त्र सुदृढीकरणका लागि हाम्रो पार्टीले सबैभन्दा महत्वपूर्ण र नेतृत्वदायी भूमिका खेलेको छ,’ उनले भने, ‘पार्टीलाई एकताबद्ध बनाउने चुनौती थियो, त्यो चुनौतीलाई हामीले जिम्

    • प्रकाशित मितिः साउन १९, २०८२
    • 498 पटक पढिएको
  • युवतीलाई झुटो प्रेम सम्बन्ध पारी भारत लैजाने प्रयास, सखुवाका युवक पक्राउ

    पर्सा—  प्रेम सम्बन्धमा पारेर भारत तस्करीको प्रयासमा संलग्न एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सखुवा प्रसौनी गाउँपालिका–५ का २५ वर्षीय हिरा माझी रहेका छन्।माझीले एक युवतीलाई विवाहको प्रलोभन देखाएर दिल्लीमा रोजगारी लगाइदिने भन्दै काठमाडौंबाट वीरगञ्ज हुँदै भारत लैजान लागेका पर्सा प्रहरीले जानकारी दिए । उनलाई वीरगञ्ज महानगरपालिका–१६ स्थित शंकराचार्य गेटको सडकबाट प्रहरी चौकी इनर्वाबाट खटिएको टोलीले पक्राउ गरेको हो।प्रहरीले पीडित युवतीको उद्दार गरेको छ। माझीमाथि मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कसूरमा जिल्ला अदालत पर्साबाट ७ दिनको म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको प

    • प्रकाशित मितिः साउन १९, २०८२
    • 603 पटक पढिएको
  • कोरियन भाषा परीक्षाका लागि आवेदन खुला, ५ हजार ३०० जनालाई रोजगारीको अवसर

    काठमाडौं— रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियन भाषा परीक्षाका लागि आवेदन खुला गरिएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत ईपीएस कोरिया शाखाले पहिलो चरणको भाषा परीक्षाका लागि आवेदन फारम खुला गरेको हो।एचआरडी कोरियाले उत्पादनमूलक तथा कृषि तथा पशुपालन क्षेत्रका लागि नेपाली कामदार माग गरेसँगै भाषा परीक्षामा सहभागी हुन आवेदन खुला गरिएको हो।ईपीएस कोरिया शाखाका अनुसार भाषा परीक्षाका लागि ५ हजार ३०० जनाको कोटा तोकिएको छ। तीमध्ये ३ हजार ५ सय जना उत्पादनमूलक क्षेत्र र १ हजार ८ सय जना कृषि तथा पशुपालन क्षेत्रका लागि छनोट गरिनेछ।एक व्यक्तिले एक मात्र क्षेत्रमा आवेदन दिन पाउने व्य

    • प्रकाशित मितिः साउन १९, २०८२
    • 587 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा