काठमाडौं / सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमल्सिनाले रसुवाको स्याफ्रुबेँसी, टिमुरे लगायतका क्षेत्रमा भीषण बाढीका कारण गम्भीर क्षति पुगेको बताएका छन् । बुधबार सामाजिक सञ्जालमार्फत उनले सरकारले सम्बन्धित सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालय, स्थानीय तह, विपद् व्यवस्थापन निकाय तथा अन्य सरोकारवाला निकायलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएका हुन् ।‘भीषण बाढीका कारण रसुवाका स्याफ्रुबेँसी, टिमुरे लगायतका क्षेत्रमा गम्भीर क्षति पुगेको दुःखद समाचार प्राप्त भएको छ, उनले लेखेका छन्, ‘सरकारले सम्बन्धित सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालय, स्थानीय तह, विपद् व्यवस्थापन निकाय तथा अन्य सरो
काठमाडौं । चीनको ल्हेन्दे खोलामा आएको भीषण बाढी भोटेकोशी हुँदै त्रिशूलीतर्फ बढेपछि काठमाडौं उपत्यकाबाट धादिङ, रसुवा र चितवन जाने सवारीसाधन रोकिएका छन्।सम्भावित बाढी तथा सडक जोखिमलाई मध्यनजर गर्दै उपत्यका ट्राफिक प्रहरीले नागढुंगा र भीमढुंगा नाकाबाट बाहिरिने सवारीसाधनलाई होल्ड गरेको हो।उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीका अनुसार जोखिमका कारण त्यसतर्फ जाने सवारीलाई तत्काल नजान भनिएको छ। सार्वजनिक यातायात व्यवसायीलाई समेत ती रुटमा सवारी नपठाउन आग्रह गरिएको छ।ट्राफिक प्रहरीले बस तथा अन्य सार्वजनिक सवारीसँगै निजी चारपाङ्ग्रे र दुईपाङ्ग्रे सवारीसाधनसमेत रोकेको छ।रसुवाबाट सुरु भएको बा
चितवन ।भोटेकोशीमा आएको भीषण बाढीको प्रभाव तल्लो तटीय क्षेत्रमा फैलिँदै गएपछि चितवन प्रशासनले जोखिममा रहेका बस्ती खाली गराउन थालेको छ। त्रिशूली र नारायणी नदीको बहाव बढ्ने क्रममा रहेकाले सम्भावित क्षति रोक्न सुरक्षा संयन्त्रलाई ‘हाई अलर्ट’मा राखिएको हो।चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार माथिल्लो तटीय क्षेत्रमा भएको क्षतिको अवस्थालाई हेरेर चितवनमा समेत ठूलो जोखिम हुनसक्ने आकलन गरिएको छ। त्यसैअनुसार नदी किनारमा रहेका नागरिकलाई सुरक्षित स्थानमा सार्ने काम सुरु गरिएको छ।प्रशासनले स्थानीय तहसँग समन्वय गरी माइकिङमार्फत जोखिमबारे सूचना प्रवाह गरिरहेको छ। फिस्लिङदेखि गोलाघाटसम्मको त्रिशू
नुवाकोट । रसुवाबाट आएको भीषण बाढीले नुवाकोटको बेत्रावती, त्रिशूली, ढुङ्गे र देवीघाट क्षेत्र प्रभावित भएका छन्।बाढी तटीय बजार क्षेत्रमा पस्दा घर तथा अन्य भौतिक संरचनामा ठूलो क्षति पुगेको प्रारम्भिक विवरण आएको छ। बेत्रावतीदेखि देवीघाटसम्मको नदी किनारमा क्षति पुगेको सुरक्षाकर्मीले रिपोर्टिङ गरेका छन्।हालसम्म मानवीय क्षतिको आधिकारिक पुष्टि भएको छैन। सुरक्षाकर्मी परिचालन गरी प्रभावित क्षेत्रमा क्षतिको विवरण संकलन भइरहेको छ।बाढीको जोखिम कायमै रहेकाले तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ।
काठमाडौं / वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१० बस्ने झापा घर भएकी २९ वर्षीया सुष्मा भण्डारी, काठमाडौं कागेश्वरी मनोहरा नगरइपालिका-९ बस्ने सिन्धुली घर भएकी २८ वर्षीया करिना देवकोटा, काठमाडौं महानगरपालिका-३ बस्ने झापा घर भएका २७ वर्षीय साजन खनाल, भक्तपुर सूर्यविनायक नगरपालिका-१ बस्ने दोलखा घर भएका ३४ वर्षीय पेमा लामा र काठमाडौं महानगरपालिका-१५ बस्ने ओखलढुंगा घर भएकी २७ वर्षीया तोम कुमारी थापा रहेका छन् । पक्राउ मध्ये सुष्माले चेक र
धादिङ । रसुवाबाट आएको बाढीको बहाव बढ्दै गएपछि धादिङ प्रशासन उच्च सतर्कतासहित ‘रेस्क्यु मोड’मा पुगेको छ। त्रिशूली नदी तथा अन्य खोला किनारका जोखिमयुक्त बस्तीलाई धमाधम सुरक्षित स्थानमा सार्न थालिएको छ। बाढीको बहाव गल्छी क्षेत्रसम्म आइपुग्दा एउटा झोलुङ्गे पुल बगाइसकेको छ। थप जोखिम बढ्न सक्ने भन्दै प्रशासनले विशेषगरी गल्छी र मलेखु क्षेत्रका तटीय बस्तीलाई प्राथमिकतामा राखेर स्थानान्तरण गरिरहेको छ।मानवीय क्षति हुन नदिन सुरक्षा निकाय तथा विपद् व्यवस्थापनका टोलीलाई फिल्डमै परिचालन गरिएको छ। स्थानीय तहसँग समन्वय गरी जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा लैजाने काम तीव्र पारिएको छ।बाढीको जोखिमलाई मध्य
धादिङ । रसुवाको भोटेकोशीमा आएको ठूलो बाढीको प्रभाव धादिङसम्म पुगेको छ। बाढीको बहाव बढेसँगै गल्छी क्षेत्रमा एउटा झोलुङ्गे पुल बगाएको छ भने नदी तटीय बस्तीहरू उच्च जोखिममा परेका छन्।धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतमका अनुसार जिल्लामा अहिलेसम्म ठूलो मानवीय क्षतिको विवरण आएको छैन। तर बाढीको सतह बढ्दै गएकाले गल्छी, मलेखुलगायतका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ।जोखिममा रहेका खोला तथा नदी किनारका बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको प्रशासनले जनाएको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुरक्षा निकाय तथा विपद् व्यवस्थापनका टोलीहरू नदी किनारमा परिचालन गरिएका छन्।
काठमाडौं । रसुवाको भोटेकोशीमा आएको आकस्मिक बाढीपछि सरकारले उद्धार तथा राहतका लागि सबै हेलिकप्टरलाई तयारी अवस्थामा राखेको छ।प्रधानमन्त्री बालेन शाहले सामाजिक सञ्जालमार्फत बाढी प्रभावित क्षेत्रमा आवश्यकताअनुसार तत्काल उद्धार तथा राहतका लागि हेलिकप्टर परिचालन गर्न तयारी अवस्थामा राखिएको जानकारी दिएका छन्। निजी हेलिकप्टर कम्पनीहरूलाई समेत आफ्ना हेलिकप्टर स्ट्यान्डबाइमा राख्न भनिएको छ।बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको छ। थप जनशक्ति अन्य जिल्लाबाट समेत प्रभावित क्षेत्रमा पठाइएको प्रधानमन्त्री शाहले बताएका छन्।त्यसैगरी, प्रभावित क्षेत्रमा
काठमाडौं । तिब्बततर्फबाट भोटेकोशीमा आएको आकस्मिक बाढीले रसुवामा ठूलो क्षति पुर्याएको छ। बाढीले तल्लो तटीय क्षेत्रका जलविद्युत् आयोजना, बस्ती तथा प्रहरी कार्यालयमा क्षति पुर्याएको प्रारम्भिक विवरण छ।प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार क्षतिको यकिन विवरण आउन बाँकी छ। उद्धार तथा क्षतिको निरीक्षणका लागि नेपाली सेनाको हेलिकप्टर परिचालन गरिएको छ।बाढीका कारण नदी तटीय क्षेत्रमा थप जोखिम रहेकाले उच्च सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ।
जनकपुरधाम। माडरस्थित सिरहा भन्सार कार्यालयले पछिल्ला तीन आर्थिक वर्षमा राजस्व सङ्कलमा उल्लेख्य प्रगति गरेको छ ।कार्यालयका सूचना अधिकारी विमलकुमार श्रेष्ठका अनुसार कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ मा रु १८ करोड छ लाख ३४ हजार राजस्व असुलीको लक्ष्य राखेकामा रु १४ करोड ९४ लाख ४६ हजार राजस्व सङ्कलन गरेको छ । यो निर्धारित लक्ष्यको ८३ प्रतिशत हो ।त्यसैगरी, अघिल्लो आव २०८१/८२ मा रु १२ करोड १२ लाख ९२ हजार राजस्व असुलीको लक्ष्य लिएको सो कार्यालयले लक्ष्यको १२२ प्रतिशत अर्थात रु १४ करोड ८३ लाख ६१ हजार राजस्व सङ्कलन गरेको थियो । त्यसअघि आव २०८०/८१ मा सो कार्यालय लक्ष्यको ७९ प्रतिशत राजस्व सङ्कलन गरेको थि
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.