नुवाकोट । रसुवाबाट आएको भीषण बाढीले नुवाकोटको बेत्रावती, त्रिशूली, ढुङ्गे र देवीघाट क्षेत्र प्रभावित भएका छन्।
बाढी तटीय बजार क्षेत्रमा पस्दा घर तथा अन्य भौतिक संरचनामा ठूलो क्षति पुगेको प्रारम्भिक विवरण आएको छ। बेत्रावतीदेखि देवीघाटसम्मको नदी किनारमा क्षति पुगेको सुरक्षाकर्मीले रिपोर्टिङ गरेका छन्।
हालसम्म मानवीय क्षतिको आधिकारिक पुष्टि भएको छैन। सुरक्षाकर्मी परिचालन गरी प्रभावित क्षेत्रमा क्षतिको विवरण संकलन भइरहेको छ।
बाढीको जोखिम कायमै रहेकाले तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ।




































