काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले रसुवाको भोटेकोशी नदीमा आज बिहान आएको बाढीबाट प्रभावितलाई आवश्यक स्वास्थ्य तथा राहत सामग्री पठाउन लागेको छ । संगठनले स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग कुराकानीपछि एक हजार जनालाई पुग्ने आधारभूत औषधि र स्वास्थ्य उपकरण पठाउन लागेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । साथै २४ स्क्वायर मिटरको १५ वटा आपतकालीन टेन्ट पनि प्रभावित क्षेत्रमा पठाउन लागेको जनाइएको छ ।मन्त्रालयले बाढी प्रभावितका लागि काठमाडौँस्थित वीर अस्पताल र ट्रमा सेन्टरमा १०० वटा आपतकालीन शय्या छुट्याइएको जनाएको छ । साथै हालसम्म तीन जना घाइतेहरुलाई उद्धार गरी काठमाडौँ ल्य
काठमाडौं । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीको प्रभाव तल्लो तटीय क्षेत्रमा बढ्दै गएपछि पृथ्वी राजमार्ग र मुग्लिन–नारायणगढ सडकखण्डमा सवारी आवागमन पूर्ण रूपमा रोकिएको छ।नेपाल प्रहरीले अर्को सूचना जारी नभएसम्म यी सडकमा सवारी नचलाउन आग्रह गरेको छ। त्रिशूली नदीको बहाव बढेसँगै सडक तथा आसपासका क्षेत्रमा जोखिम बढेकाले सम्भावित दुर्घटना रोक्न आवागमन बन्द गरिएको हो।प्रहरीले यात्रुलाई जोखिम मोलेर गन्तव्यतर्फ नजान र सुरक्षित स्थानमै रहन आग्रह गरेको छ। सडकको अवस्था सामान्य भएपछि मात्रै आवागमन खुलाइने जनाइएको छ।सडकको अवस्थाबारे जानकारी लिन -प्रहरी कन्ट्रोल १०० वा ट्राफिक प्रहरी १०३ मा सम्पर्क गर्न सकिने प्र
काठमाडौं । चितवन–देवघाट बाढी मापन केन्द्रमा पानीको सतह बढेर करिब ८ मिटर पुग्न सक्ने प्रारम्भिक अनुमान गरिएको छ।नेपाल बाढी सूचनाका अनुसार देवघाटमा हाल पानीको सतह ४।७६ मिटर रहेको छ। भोटेकोशीमा आएको बाढीको बहाव करिब दिउँसो ३ः३० बजे देवघाट क्षेत्रमा आइपुग्ने अनुमान गरिएको छ।प्रारम्भिक आकलनअनुसार बाढी आएपछि देवघाटमा पानीको सतह करिब ३ मिटरले बढ्न सक्ने र करिब ८ मिटर पुग्न सक्ने जनाइएको छ। उक्त बाढी २–३ वर्षको पुनरावृत्ति अवधिको हुन सक्ने अनुमान गरिएको छ।हालको आकलनअनुसार चितवन र नवलपरासी क्षेत्रमा ठूलो डुबानको सम्भावना कम रहेको जनाइएको छ। यद्यपि अर्को सूचना जारी नभएसम्म नदी आसपासका बस्ती तथा बजार क्ष
चितवन । रसुवाबाट आएको भोटेकोशीको बाढी त्रिशूली नदी हुँदै चितवनतर्फ बढेपछि तटीय क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ।बाढी फिस्लिङ क्षेत्रभन्दा अघिल्लो भागसम्म आइपुगेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ। बाढीको जोखिमलाई ध्यानमा राख्दै प्रशासनले नदी किनारका जोखिमयुक्त बस्तीका नागरिकलाई सुरक्षित स्थानमा सार्न थालेको छ।सम्भावित जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत सुरक्षा निकाय परिचालन गरिएको छ। स्थानीय तहसँग समन्वय गरी जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा लैजाने तथा सावधानीसम्बन्धी सूचना प्रवाह भइरहेको प्रशासनले जनाएको छ।बाढीको जोखिम बढेपछि सम्बन्धित सडकखण्डमा सवारी आवा
काठमाडौं । रसुवामा आएको भीषण बाढीपछि रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासकसहित २६ जना कर्मचारी सम्पर्कमा आएका छन् भने १४ जनाको खोजी तथा उद्धार कार्य जारी रहेको छ ।कार्यालयका अनुसार ३६ जना स्थायी दरबन्दी रहेका कर्मचारीमध्ये प्रमुख भन्सार प्रशासक राजेन्द्र ढुंगानासहित २५ जना सम्पर्कमा आइसकेका छन् । बाँकी ११ जना स्थायी कर्मचारी अझै सम्पर्कमा आउन नसकेकाले उनीहरूको खोजी भइरहेको छ । त्यस्तै, कार्यालयमा कार्यरत ४ जना करार तथा ज्यालादारी कर्मचारीमध्ये १ जना सम्पर्कमा आएका छन् भने बाँकी ३ जनाको अवस्था अज्ञात रहेको छ ।हाल सम्पर्कविहीन रहेका कुल १४ जना ९११ स्थायी र ३ करार÷ज्यालादारी० कर्मचारीह
काठमाडौं । रसुवामा आएको भीषण बाढीपछि सम्भावित घाइतेको उपचार व्यवस्थापन गर्न स्वास्थ्य मन्त्रालयले स्वास्थ्य आपतकालीन संयन्त्र सक्रिय बनाएको छ।प्रभावित क्षेत्रमा रहेका स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राख्दै प्राथमिक उपचार, ट्रायज र आवश्यक परे तत्काल रिफर गर्ने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ।मन्त्रालयका अनुसार रसुवा अस्पताल, धुन्चे अस्पताल, त्रिशूली अस्पताललगायत स्थानीय स्वास्थ्य संस्थालाई सक्रिय राखिएको छ। स्थानीयस्तरमा उपचार सम्भव नभएका गम्भीर घाइतेलाई काठमाडौंका ठूला अस्पतालमा ल्याउने तयारी गरिएको छ।सम्भावित गम्भीर घाइतेको उपचारका लागि वीर अस्पताल, ट्रमा सेन्टर र त
काठमाडौं / भोटेकोशी र त्रिशूली नदी जलाधार क्षेत्रमा आएको भीषण बाढीका कारण रसुवा जिल्लामा रहेका आठ प्रमुख जलविद्युत् आयोजना नराम्ररी प्रभावित भएका छन् । बाढीले सञ्चालनमा रहेका पाँचवटा आयोजनाको विद्युत् उत्पादन पूर्ण रूपमा बन्द गराएको छ भने निर्माणाधीन अवस्थामा रहेका तीनवटा ठूला आयोजनाका भौतिक संरचनामा गम्भीर क्षति पु¥याएको छ । यससँगै रसुवा जिल्लामा मात्रै ५७८.४२ मेगावाट क्षमता बराबरका जलविद्युत् संरचना बाढीको चपेटामा परेका छन् । नेपाल विद्युत् प्राधिकरणका सहायक कम्पनी तथा निजी क्षेत्रद्वारा प्रवद्र्धित सञ्चालनमा रहेका आयोजनाहरू बाढीको प्रत्यक्ष मारमा परेका हुन् । बाढीका कारण प्राधिकरणको सह
काठमाडौं / नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले भोटेकोशीमा आएको बाढीबाट प्रभावित क्षेत्रका बासिन्दाका लागि टेलिफोन, एसएमएस तथा इन्टरनेट सेवा निःशुल्क गरेको छ।सूचना तथा सञ्चारमन्त्री डा। विक्रम तिमिल्सिनाले बाढी प्रभावित क्षेत्रका बासिन्दाका लागि निःशुल्क टेलिफोन तथा इन्टरनेट सुविधा तत्काल उपलब्ध गराउन निर्देशन दिएका थिए । नेपाल टेलिकमले सो क्षेत्रका बासिन्दालाई हालका लागि दुई दिनसम्म अनलिमिटेड भ्वाइस सेवा, प्रतिदिन दुई जिबी डाटा तथा ५० एसएमएस निःशुल्क उपलब्ध गराउने भएको नेपाल टेलिकमका प्रवक्ता कमल लामिछानेले जानकारी दिए । टेलिकमले आजै बाढी प्रभावित क्षेत्र तथा आसपासका सेव
काठमाडौं / भोटेकोशीमा आएको बाढीका कारण ११ वटा जलविद्युत् आयोजनाबाट उत्पादित ४०५ मेगावाट र २५ मेगावाट सौर्य विद्युत् गरी कुल ४३० मेगावाट बिजुली प्रणालीबाट बाहिर गएको छ।बाढीका कारण विद्युत् उत्पादन तथा प्रसारण संरचनामा क्षति पुगेपछि उक्त परिमाणको विद्युत् प्रणालीबाट बाहिर गएको हो। यससम्बन्धी विस्तृत विवरण केहीबेरमा सार्वजनिक हुने जनाइएको छ।
काठमाडौं / रसुवाको बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा आपतकालीन स्वास्थ्य उपचारका लागि नेपाली सेनाको विशेष टोली परिचालन भएको छ ।१४ सदस्यीय चिकित्सक टोलीसहित नेपाली सेनाको एमआई–१७ सहित दुईवटा हेलिकोप्टर काठमाडौंबाट रसुवातर्फ प्रस्थान गरेका छन् । बाढीको जोखिम र चेतावनीका बीच प्रभावित नागरिकहरूलाई तत्काल राहत र स्वास्थ्य सेवा पुर्याउन टोलीलाई खटाइएको हो । तत्कालका लागि नुवाकोटको त्रिशूलीस्थित सैनिक ब्यारेकलाई मुख्य आधार (बेस) बनाएर टोलीले बाढी प्रभावित क्षेत्रहरूमा उद्धार तथा स्वास्थ्यसम्बन्धी सेवा प्रदान गर्ने योजना बनाएको छ । जटिल भूगोल र विपद्को जोखिमलाई ध्यानमा राख्दै घाइतेहरूको
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.