समाचार

    Showing 25,321-25,330 of 26,066 items.
  • मौसम पूर्वानुमान : आज यी स्थानमा पानी पर्ने

    बिर्तामोड / जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना रहेको जनाएको छ । हाल देशमा मनसुनी वायुको प्रभाव रहेकाले केही स्थानमा भरी वर्षा हुन सक्ने महाशाखाले पूर्वानुमान गरेको छ ।महाशाखाले दिएको जानकारी अनुसार कर्णाली तथा सुदूर पश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रहि देशका बाँकी भु – भागहरूमा सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

    • प्रकाशित मितिः असार २२, २०७८
    • 178 पटक पढिएको
  • कालिकोट जिप दुर्घटना : एकको मृत्यु, ४ घाइते

    सुर्खेत / कालिकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।मंगलबार बिहान रास्कोटबाट मान्मा जाँदै गरेको प१ल २३ नम्बरको जिप नरहरिनाथ गाउँपालिकाको लालिघाटमा दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी अर्जुन चन्दले जानकारी दिए ।चन्दका अनुसार दुर्घटनामा परी सान्नी त्रिवेणी गाउँपालिका –३ की ३५ वर्षीया पम्फा फडेराको मृत्यु भएको हो । भएको दुर्घटनामा अन्य  ४ जना घाइते भएको र उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार गाडी भिरालो र चिप्लो बा

    • प्रकाशित मितिः असार २२, २०७८
    • 59 पटक पढिएको
  • झापामा निषेधाज्ञा १० दिन थप, होटल र रेष्टुरेन्ट पनि खुल्ने

    बिर्तामोड / झापामा  कोभिड –१९ सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञा दश दिन थप गरिएको छ ।जिल्ला संकट व्यवस्थापन समिति(डिसिसिएमसी)को सोमबार बसेको बैठकले आज राति १२ बजेसम्मका लागि जारी रहेको निषेधाज्ञालाई असार ३१ गते राति १२ बजेसम्मका लागि कायम राख्ने निर्णय गरेको हो । बैठकले निषेधाज्ञालाई अझ सहज बनाएको छ ।संक्रमणको दरमा केही कमी आएपनि खतरा यथावत रहेकाले निषेधाज्ञा थप गरिएको झापाका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिनाले बताए । खाद्यान्न, फलफूल, तरकारी, माछामासु, दुधडेरी, पुस्तक, हार्डवेयर तथा निर्माणजन्य सामग्री, इलेक्ट्रोनिक्स, टेलरिङ, ड्राइक्लिनर्स, लत्ता

    • प्रकाशित मितिः असार २१, २०७८
    • 270 पटक पढिएको
  • सेनाद्धारा नेपाल प्रहरीलाई १० हजार हतियार हस्तान्तरण

    काठमाडौँ  / नेपाली सेनाले नेपाल प्रहरीलाई आवश्यक हुने विभिन्न प्रकारका करिब १० हजार हतियार हस्तान्तरण गरेको छ । सोमबार आयोजित एक कार्यक्रममा प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई हतियार हस्तान्तरण गरेका हुन् ।नेपाल प्रहरीलाई तालिम, विशिष्ट र अति विशिष्ट व्यक्ति सुरक्षा, कार्यालय सुरक्षा तथा ठुला कार्यक्रमहरु संचालन गर्ने प्रयोजनका लागि हतियार हस्तान्तरण गर्न लागेको हो । मन्त्रिपरिषद्को १७ जेठको निर्णय बमोजिम नेपाली सेनाले कुनै पनि मूल्य नलिइ राइफल र मेसिनगन उपलब्ध गराउन लागेको हो । सेनाका अनुसार राइफल, सब मेशिन गन, लाइट मेशिन गन गरि जम्मा १० हज

    • प्रकाशित मितिः असार २१, २०७८
    • 71 पटक पढिएको
  • सुजिता प्रकरण : पूर्वपश्चिम राजमार्ग अबरुद्द

    चितवन /  राप्ती नगरपालिका - ३ निवासी २३ वर्षीया सुजिता भण्डारीको हराएको १० दिन पछि शव भेटिएपछि स्थानीयले घटनाबारे विस्तृत छानबिनको माग गर्दै पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । प्रहरीले भण्डारी हराएको १० दिन सम्म गम्भीर अनुसन्धान नगरेको भन्दै स्थानीयवासीले ट्रक बाटोमा तेर्साएर सडक अवरुद्ध गरेका हुन् ।प्रहरीले शवलाई अस्पताल लैजान लागेका बेला आफन्त र स्थानीयवासीले नाराबाजी गर्दै पूर्वपश्चिम राजमार्ग अवरुद्ध गराएका हुन् ।आइतबार साँझ च्याउ टिप्न गएका स्थानीयले ब्रहमस्थानी सामुदायिक वनमा भण्डारीको शव वनको बीचमा रहेको एउटा झाङमा अडकिएको अवस्थामा भेटेका थिए ।असार ११

    • प्रकाशित मितिः असार २१, २०७८
    • 91 पटक पढिएको
  • सट्टेबाजी गराएको आरोपमा ३४ लाख ६२ हजार नगद सहित ८ पक्राउ

    काठमाडौं / काठमाडौँबाट जारी युरोकप फुटबलमा सट्टेबाजी गराएको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका –४ सुकेधाराका राजेन्द्र श्रेष्ठ प्रधान, काठमाडौं महानगरपालिका –१९ ढोकाटोलका जीवन लामा, वीरगञ्ज महानगरपालिका –७ घर भई काठमाडौंको कुलेश्वर बस्ने सुरज टिवडेवाल रहेका उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले बताए ।  यसैगरी भारतको रक्सौल घर भई काठमाडौंको कुलेश्वर बस्ने अशोककुमार गुप्ता, चितवनको खैरहनी नगरपालिका–५ टरौली घर भई काठमाडौंको धापासी बस्ने गोविन्दप्रसाद आचार्य, भारतको हरियाण घर भई काठमाडौंको इन्द्रचोक बस

    • प्रकाशित मितिः असार २१, २०७८
    • 333 पटक पढिएको
  • भेटियो सुजिता भण्डारीको शव

    चितवन / राप्ती नगरपालिका -३ बस्ने २३ वर्षीया सुजिता भण्डारी हराएको दश दिनपछि मृत अवस्थामा फेला परेकी छिन्। आइतबार साँझ च्याउ टिप्न गएका स्थानीयले ब्रहमस्थानी सामुदायिक वनमा भण्डारीको शव फेला पारेका हुन् ।भण्डारीको शव वनको बीचमा रहेको एउटा झाङमा अडकिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।शव नजिकै भेटिएको बोतलमा सेतो पदार्थ पाइएको र शव नउठाएकोले घटनाबारे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्य थापाले जानकारी दिएका छन् । असार ११ गते बिहान ६ बजे साथीको घर जाने भनेर हिँडेकी सुजिता सोही दिनदेखि बे

    • प्रकाशित मितिः असार २१, २०७८
    • 133 पटक पढिएको
  • बाढीका कारण ४ को मृत्यु , २८० परिवार विस्थापित

    रौतहट / केही दिनदेखि परेको अविरल वर्षासँगै आएको बाढी तथा डुबानमा परी रौतहटमा हाल सम्म ४ जनाको मृत्यु भएको छ । असार १३ गते गरुडा नगरपालिका –८ मा खाल्डोमा डुबेर दुई वर्षीय हसिना खातुनको मृत्यु भएको थियो । सोही दिन माधवनारायण नगरपालिका –८ की तीन वर्षीय राजकुमारी महतोको बागमती नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।त्यसैगरी १६ गते बकैया नदीमा बगेर गौर नगरपालिका –४ का २५ वर्षीय प्रमोद चनउको मृत्यु भएको थियो भने सोही दिन वर्षाका कारण घर भत्किँदा बौधीमाई नगरपालिका –४ की ७२ वर्षीय जितनी साहको मृत्यु भएको थियो ।शनिबार बागमती नदी र लालबकैयामा आएको बाढीका कारण ईशनाथ,

    • प्रकाशित मितिः असार २१, २०७८
    • 180 पटक पढिएको
  • मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

    धनुष / धनुषामा मोटरसाइकल दुर्घटना हुँदा बटेश्वर गाउँपालिका वडा नम्बर २ बस्ने  एक युवकको मृत्यु भएको छ । रातिको समयमा अर्जुन भनिने दलबहादुर आलेको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मृत्यु भएको प्रहरी चौकी बटेश्वरले जनाएको हो । आइतबार राति ११ बजेको समयमा बटेश्वर गाउँपालिका वडा नम्बर ४ स्थित डाँडा टोलबाट घर फर्किने क्रममा आफैले चलाएको बा ५२ प ४२८३ नम्बरको मोटरसाइकल रमौली टोल र पाटो टोलको बीचमा दुर्घटना भएको थियो । अत्यधिक मादक पदार्थ सेवन गरेर मोटरसाइकल चलाउँदा आलेको दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका युवक आलेको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारको क्रम

    • प्रकाशित मितिः असार २१, २०७८
    • 74 पटक पढिएको
  • मौसम पूर्वानुमान : यी स्थानमा पानी पर्ने

    बिर्तामोड / मौसम पूर्वानुमान महाशाखाले आज देशका केही स्थानमा मेध गर्जनसहित भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।  हाल देशको दक्षिणी भु –भाग नजिक मनसुनी न्यून चापीय रेखा रहेकाले केही स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले पूर्वानुमान गरेको छ । महाशाखाका अनुसार प्रदेश  १, गण्डकी प्रदेश र कर्णाली प्रदेशमा सामान्य देखि पूर्ण बदली भई केही स्थानहरूमा वर्षा भइरहेको छ । तथा बाँकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको जनाएको छ ।  प्रदेश  १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी  प्रदेशमा सामान्य देखि पूर्ण बदली र कर्णाली तथा सुदूर पश्चिम प्रदेशमा आंशिक द

    • प्रकाशित मितिः असार २१, २०७८
    • 164 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.