काठमाडौं / काठमाडौँबाट जारी युरोकप फुटबलमा सट्टेबाजी गराएको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका –४ सुकेधाराका राजेन्द्र श्रेष्ठ प्रधान, काठमाडौं महानगरपालिका –१९ ढोकाटोलका जीवन लामा, वीरगञ्ज महानगरपालिका –७ घर भई काठमाडौंको कुलेश्वर बस्ने सुरज टिवडेवाल रहेका उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले बताए ।
यसैगरी भारतको रक्सौल घर भई काठमाडौंको कुलेश्वर बस्ने अशोककुमार गुप्ता, चितवनको खैरहनी नगरपालिका–५ टरौली घर भई काठमाडौंको धापासी बस्ने गोविन्दप्रसाद आचार्य, भारतको हरियाण घर भई काठमाडौंको इन्द्रचोक बस्ने राजेशकुमार अग्रवाल, भारत राजस्थान घर भई काठमाडौंको क्षेत्रपाटी बस्ने सुचित डालमिया अग्रवाल र विराटनगर महानरपालिका–७ घर भई काठमाडौंको मरुटोल बस्ने अमरनाथ गुप्ता रहेका छन् ।
महानगरीय अपराध महाशाखाका प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मी नेतृत्वको टोलीले उनीहरूलाई काठमाडौँको बौद्ध, कुलेश्वरबाट नियन्त्रणमा लिएको हो ।
प्रधान सहितको समुहले युरोकप र ब्राजिलमा जारी कोपा अमेरिका कप फुटबलमा अनलाइनमार्फत लाखौं हार जित हुनेगरि सट्टेबाजी गराएको बताइएको छ ।
आरोपीहरुको साथबाट ३४ लाख ६२ हजार बरामद गरिएको एसपी कृष्ण कोइरालाले बताए ।