चितवन / राप्ती नगरपालिका -३ बस्ने २३ वर्षीया सुजिता भण्डारी हराएको दश दिनपछि मृत अवस्थामा फेला परेकी छिन्। आइतबार साँझ च्याउ टिप्न गएका स्थानीयले ब्रहमस्थानी सामुदायिक वनमा भण्डारीको शव फेला पारेका हुन् ।

भण्डारीको शव वनको बीचमा रहेको एउटा झाङमा अडकिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

OM Sai Pathibhara Hospital

शव नजिकै भेटिएको बोतलमा सेतो पदार्थ पाइएको र शव नउठाएकोले घटनाबारे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्य थापाले जानकारी दिएका छन् ।

असार ११ गते बिहान ६ बजे साथीको घर जाने भनेर हिँडेकी सुजिता सोही दिनदेखि बेपत्ता भएकी थिइन ।  बेपत्ता भएकै दिन दिउसो १२ बजे उनले दिदीलाई फोन गरेर आफू अपहरणमा परेको बताएको परिवारका सदस्यको भनाई छ ।