बिर्तामोड / मौसम पूर्वानुमान महाशाखाले आज देशका केही स्थानमा मेध गर्जनसहित भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।  

हाल देशको दक्षिणी भु –भाग नजिक मनसुनी न्यून चापीय रेखा रहेकाले केही स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले पूर्वानुमान गरेको छ । 

OM Sai Pathibhara Hospital

महाशाखाका अनुसार प्रदेश  १, गण्डकी प्रदेश र कर्णाली प्रदेशमा सामान्य देखि पूर्ण बदली भई केही स्थानहरूमा वर्षा भइरहेको छ । तथा बाँकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको जनाएको छ । 

 प्रदेश  १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी  प्रदेशमा सामान्य देखि पूर्ण बदली र कर्णाली तथा सुदूर पश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रहने महाशाखाको अनुमान छ । 

प्रदेश  १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश का केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा  मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।