कर्णाली / जिल्ला प्रहरी कार्यालय सुर्खेतले तीन दिनमा सात हजार लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ ।सुर्खेत जिल्लाका चार गाउँपालिका र पाँच नगरपालिकाका विभिन्न स्थानबाट अवैध घरेलु तयारी मदिरा तथा मदिरा उत्पादन गर्न प्रयोग गरिएको कच्चा पदार्थसहित सात हजार १५७ लिटर मदिरा बरामद गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिएका छन् । प्रहरी नायब उपरीक्षक घर्तीले दुई हजार २५७ लिटर तयारी मदिरा र चार हजार ९०० लिटर मदिरा उत्पादनका लागि प्रयोग गरिएको कच्चा पदार्थ नष्ट गरिएको बताएका छन्। सामाजिक अपराधका अधिकांश घटना मदिराका
डोटी / जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्य शुरुआत गरेको छ । कार्यालयले नौवटै स्थानीय तहमा रहेका नागरिकलाई आफ्नो नामावली दर्ता, जन्ममिति सच्याउन तथा स्थान परिर्वतनका लागि कार्यालयमा प्रमाणसहित आउन आग्रह गरेको छ ।कार्यालयले यहाँका राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय तहका जनप्रतिनिधिसँगका सहकार्यमा यही साउन ३ गतेदेखि अद्यावधिकको काम शुरु भएको कार्यालय प्रमुख दलबहादुर मलासीले जानकारी दिएका छन् । जिल्लाका कूल मतदाता सङ्ख्या एक लाख १७ हजार ६१७ रहेको कार्यालयले जनाएको छ। ती नामको अद्यावधिक गर्न राजनीतिक दल र स्थानीय निकायलाई सहजीकरणका लागि आग्रह गरिएको उनले ब
बागलुङ / काठेखोला गाउँपालिका–५ बिहुँ काउले बस्ने ४८ वर्षीय पुरुषको भीरबाट लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा इन्द्रबहादुर पुन रहेको वडाध्यक्ष शिवप्रसाद कँडेलले जानकारी दिएका छन् ।घर नजिकै रहेको झौरियाको भीरमा घाँस काट्न गएका पुनको भीरबाट लडेर मृत्यु भएको छ। घटना बारे स्थानीयवासीले खबर गरेपछि बिहुँ–धम्जा प्रहरी चौकीको टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
गलकोट / विषाक्त मदिरा सेवन गर्दा बागलुङमा चार जनाको मृत्यु भएको छ । जिल्लाको गलकोट नगरपालिका–७ मल्मस्थित खानेपानी आयोजनामा काम गर्ने मजदुरहरू २१ वर्षीय दीपेन्द्र पुन, ३९ वर्षीय दूधबहादुर राना, ५१ वर्षी रेखबहादुर राना र ३० वर्षीय प्रविन घर्तीको विषाक्त मदिरा पिएर मृत्यु भएको हो ।मदिरा पिएर गम्भीर बिरामी ३८ वर्षीय खेमराज घर्ती र २६ वर्षीय रवीन्द्र पुनको धौलागिरि अस्पालमा उपचार भइरहेको छ । सोमबार स्थानीय मदिरा पसलमा ‘लोकल’ मदिरा सेवन गरेका उनीहरु गम्भीर बिरामी परेका थिए । मदिरा सेवनपछि बिरामी परेका उनीहरुको धौलागिरी अस्पताल बागलुङमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्
गौरादह / झापाको गौरादहमा सोमबार राति मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।मृत्यु हुनेमा गम्भीर घाइते भएका गौरादह–३ बस्ने ७२ वर्षीय चेतबहादुर दाहाल रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । दाहालको दमकस्थित लाइफ लाइन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । प्रहरीका अनुसार गौरादह बजार उत्तर सडकखण्डमा पैदल हिँडिरहेका दाहाललाई प्र१०१–०१२प५९९० नंको मोटरसाइकलले सोमबार साँझतिर ठक्कर दिएको र अन्य घाइतेको दमक र विराटनगरका अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक नवराज कार्कीले बताएका छन्।ठक्कर दिने मोटरसाइकल चालक गौरादह–४ का २८ वर्षीय भरत रिजाल विर
बनेपा / काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका– ११ कुरुगाउँमा वडा कार्यालय भवन निर्माण सम्पन्न भएपछि आफ्नै भवनबाट सेवा शुरु हुने भएको छ । चार वर्षदेखि भाडाको घरमा कार्यालय सञ्चालन गर्दै आएको नमोबुद्ध–११ को वडा कार्यालय सोमबार नगरप्रमुख टङ्कप्रसाद शर्मा तिमल्सिनाले उद्घाटन गरेपछि आफ्नै सुविधा सम्पन्न भवनमा सरेको हो ।वडा कार्यालय भवनसँगै कुरुगाउँ आधारभूत स्वास्थ्य केन्द्रको भवनसमेत निर्माण गरिएको छ । पक्की भवन निर्माण भएर सञ्चालनमा आएसँगै वडावासीलाई स्वास्थ्य सेवा प्रदान गर्न थप सहज भएको छ । भवन ५५ लाख रुपैयाँको लागतमा निर्माण व्यवसायीमार्फत निर्माण भएको हो । स्वास्थ्य केन्द्रको भवन ३३ लाख १०
सोलुखुम्बु / महाकुलुङ गाउँपालिका केन्द्र निर्धारणको निर्णयप्रति असहमति जनाउँदै दुई दिनदेखि स्थानीयवासीले प्रदर्शन गरेका छन् । सर्वसम्मतिमा केन्द्र निर्धारण गर्न नसकेको गाउँपालिकाले मतदान प्रक्रिया अपनाए पनि स्थानीयवासीले भने विरोध जनाएका छन् ।गाउँपालिकाले जारी गरेको सार्वजनिक सूचनाअनुसार उपलब्ध भएको चारवटै स्थानमा सहमति नजुटेपछि शनिबार मतदानमार्फत सर्सिलामा प्रशासनिक केन्द्र रहने गरी छनोट गरिएको थियो । गाउँपालिकाको वडा नं १ मा पर्ने उक्त स्थान अपायक पर्ने भएकाले सोही वडाको गत्तेल या चौखिदोमा हुनुपर्ने मागसहित स्थानीयवासी आन्दोलित बनेका हुन् ।जनप्रतिनिधिको निर्णय गलत भएको भन्दै स्थानीयवासीले आइ
गलेश्वर / कोरोना भाइरसको दोस्रो लहरका कारण जारी निषेधाज्ञा खुकुलो भएसँगै म्याग्दीमा जिल्लाभित्र चल्ने सार्वजनिक यातायातका साधन सञ्चालन खुला गरिए पनि बाढीपहिरोले सडक अवरुद्ध हुँदा सञ्चालन हुन सकेका छैनन् ।पहिराले बेनी–जोमसोम सडकसहित म्याग्दीका भित्री सडक अवरुद्ध भएका छन् । असारको शुरुआतसँगै परेको अविरल वर्षाका कारण झरेको पहिराले बेनी–जोमसोम, बेनी–दरबाङ र जिल्लाका भित्री सडक अवरुद्ध भएका हुन् । साउन १ गतेदेखि नै जिल्लाभित्र चल्ने सार्वजनिक यातायात खुला गरिए पनि जिल्लाका कुनै पनि ग्रामीण सडकमा बस चल्न सक्ने अवस्था नरहेको यातायात व्यवसायीले बताएका छन् ।म्याग्दी यातायात व्यवसायी समितिका अध्यक्ष सुम
विराटनगर / विराटनगर–५ बिजुली अफिस अगाडि मोटरसाइकलमा बसिरहेको जस्तो देखिएको तर मृत्यु भइसकेको अवस्थामा एक जना फेला परेका छन् । को ४ प २३१६ नम्बरको मोटरसाईकलमा सोमबार राती ८ः३० बजे विराटनगर–५ मुनालपथका ४८ वर्षीय सुदर्शन न्यौपाने मृत अवस्थामा भेटिएका हुन् । शरीरमा चोटपटक लागेको , कपडा च्यातिएको र दाहिने हातमा चोट लागेको अवस्थामा फेला परेका न्यौपानेको कसैले दुर्घटना गराएर मोटरसाइकल माथि राखिदिएको हुनसक्ने मृतकका भतिजा सन्तोष न्यौपानेले आशङ्का गरेका छन् । प्रहरी कार्यालय विराटनगर वडा (क)का डिएसपी दिपक कार्कीसहितको टोली घटनास्थलमा पुगेको र घटना विषयमा थप अनुसन्धान भईरहेको मोरङ प
विराटनगर / विराटनगरबाट कम मूल्यांकनमा भन्सार जाँचपास गरेर ल्याएको दुई ट्राकटर कपडा प्रहरीको टोलीले नियन्त्रणमा लिएको छ । बीआर ५० जी ५०३५ र को १ त ६८११ नम्बरको एउटा ट्याक्टर भन्सारबाट मुख्य राजमार्ग तर्फ आउने सडक र अर्को ट्राकटर जतुवाबाट प्रहरीले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएको सामान आइतबार राती भन्सारमा कार्यरत कर्मचारीको मिलेमत्तोमा विराटनगर -६ का अकबर अलिले ल्याएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक पप्पु नायकले जानकारी दिएका छन् । नियन्त्रणमा लिइएको ट्राकटर र सामान भन्सार कार्यालयमा बुझाउने तयारी भईरहेको प्रहरीले जानकारी दिएको छ ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.