गलकोट / विषाक्त मदिरा सेवन गर्दा बागलुङमा चार जनाको मृत्यु भएको छ ।
जिल्लाको गलकोट नगरपालिका–७ मल्मस्थित खानेपानी आयोजनामा काम
गर्ने मजदुरहरू २१ वर्षीय दीपेन्द्र पुन, ३९ वर्षीय दूधबहादुर राना, ५१ वर्षी रेखबहादुर राना र ३०
वर्षीय प्रविन घर्तीको विषाक्त मदिरा पिएर मृत्यु भएको हो ।
मदिरा पिएर गम्भीर बिरामी ३८ वर्षीय खेमराज घर्ती र २६ वर्षीय रवीन्द्र
पुनको धौलागिरि अस्पालमा उपचार भइरहेको छ
। सोमबार स्थानीय मदिरा पसलमा ‘लोकल’ मदिरा सेवन गरेका उनीहरु गम्भीर
बिरामी परेका थिए ।
मदिरा सेवनपछि बिरामी परेका उनीहरुको धौलागिरी अस्पताल बागलुङमा उपचारको
क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी
नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिएका छन् ।
दुई जनाको डाइलासिस कक्षमा उपचार भइरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा
शैलेन्द्र बि. पोखरेलले जानकारी दिएका छन् । घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ
। मदिरा पसल सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।