विराटनगर / विराटनगर–५ बिजुली अफिस अगाडि मोटरसाइकलमा बसिरहेको जस्तो देखिएको तर मृत्यु भइसकेको अवस्थामा एक जना फेला परेका छन् ।  

को ४ प २३१६ नम्बरको मोटरसाईकलमा सोमबार राती ८ः३० बजे विराटनगर–५ मुनालपथका ४८ वर्षीय सुदर्शन न्यौपाने मृत अवस्थामा भेटिएका हुन् । 

OM Sai Pathibhara Hospital

शरीरमा चोटपटक लागेको , कपडा च्यातिएको र दाहिने हातमा चोट लागेको अवस्थामा फेला परेका न्यौपानेको कसैले दुर्घटना गराएर मोटरसाइकल माथि राखिदिएको हुनसक्ने मृतकका भतिजा सन्तोष न्यौपानेले आशङ्का गरेका छन् । 

प्रहरी कार्यालय विराटनगर वडा (क)का डिएसपी दिपक कार्कीसहितको टोली घटनास्थलमा पुगेको र घटना विषयमा थप अनुसन्धान भईरहेको मोरङ प्रहरीले जनाएको छ ।