गौरादह / झापाको गौरादहमा सोमबार राति मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।


OM Sai Pathibhara Hospital

मृत्यु हुनेमा गम्भीर घाइते भएका गौरादह३ बस्ने ७२ वर्षीय चेतबहादुर दाहाल रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । दाहालको दमकस्थित लाइफ लाइन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

प्रहरीका अनुसार गौरादह बजार उत्तर सडकखण्डमा पैदल हिँडिरहेका दाहाललाई प्र१०१०१२प५९९० नंको मोटरसाइकलले सोमबार साँझतिर ठक्कर दिएको र अन्य घाइतेको दमक र विराटनगरका अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक नवराज कार्कीले बताएका छन्।

ठक्कर दिने मोटरसाइकल चालक गौरादह४ का २८ वर्षीय भरत रिजाल विराटनगरको न्यूरो अस्पताल र त्यसमा सवार सोही वडाका २६ वर्षीय रविन पौडेलको भने लाइफलाइन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।