कैलाली / कैलालीमा ट्रकको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरीगङ्गा नगरपालिका –४ की ४० वर्षीया मानसिंह गुर्धामी रहेकी छिन् । गौरीगङ्गास्थित पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आइरहेको ग १ ख ६४४१ नम्बरको ट्रकले ठक्करबाट गुर्धामीको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकेन्द्र सिंह गुरुले जानकारी दिए ।अहिले ट्रक र चालकलाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान भइरहेको बताइएको छ ।
सुर्खेत / ‘पत्रकार हुँ’ भन्दै ठगी गरेको आरोपमा सुर्खेत प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धर्मेन्द्र शाही र राजेन्द्र बिक रहेका छन्। पक्राउ परेका शाही र विकले आफ्नो कम्पनीमा सेयर खुलेको र त्यसमा लगानी गरे फाइदा हुने भनेर ठगी गरेको पाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए । घर्तीले पक्राउ परेका दुवै जनामाथि ठगी मुद्दा चलिरहेको बताएका छन् ।
काठमाडौँ / मनसुनी वायुका कारण मौसममा सुधार हुन अझै केही दिन लाग्ने भएको छ । बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण मनसुनी गतिविधि अझै सक्रिय रहेको हो । “अहिलेको अवस्थालाई हेर्दा मौसममा सुधार हुने देखिएको छैन् । बुधबारदेखि मनसुन थप सक्रिय हुने सम्भावना छ ।” जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् बरुण पौडेलले बताए । शुक्रबारसम्म देशका धेरैजसो स्थानमा बदली रहनाका साथै हल्कादेखि मध्यम खालको वर्षा हुने र केही स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ । त्यस अवधिमा दिउँसोभन्दा राति र बिहान पानी धेरै पर्ने बताइएको छ । हाल देशभर सामान्य बदली रही प्रदेश नं १, गण
चितवन / चितवन राष्ट्रिय निकुञ्जले गैँडा मारी खाग तस्करी गरेको आरोपमा विभिन्न व्यक्तिलाई पक्राउ गरी सार्वजनिक गरेको छ । गत भदौ ३१ गते बाँदरझुला पोस्टको मर्दीघोल क्षेत्रमा भेटिएको गैँडाको खाग तस्करी गरेको आरोपमा अनुसन्धानका क्रममा ती व्यक्ति पक्राउ परेका हुन् ।निकुञ्जले दिएको जानकारीअनुसार पक्राउ पर्नेमा मकवानपुरको बागमती गाउँपालिका –३ पाँचपाण्डवका ३५ वर्षीय नवीन पौडेल भन्ने मेखबहादुर नेपाली, जाजरकोटको शिवालय गाउँकार्यपालिका –२ डुङ्ग्रा बस्ने २७ वर्षीय वीरबहादुर बस्नेत, जिल्ला चितवन खैरहनी नगरपालिका –६ रिजालटोल २५ वर्षीय आरोष उप्रेती रहेका छन् । चितवनकै भतरपुर महानगरपालिका–२८ स्यालबास बस्ने
धरान / सुनसरीको बराहक्षेत्रबाट लागूऔषध सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको सुपौल थाना बिरपुर बनेलपट्टी –५ का २५ वर्षीय रुद्रनारायण कुमार यादव रहेका छन् । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको टोलीले यादवलाई सोमबार बेलुका ६ बजे बराहक्षेत्र नगरपालिका –८ शुक्रबारेबाट पक्राउ गरेको हो । पक्राउ परेका यादवको साथबाट प्रहरीले ५२ ग्राम ब्राउन सुगर बरामद गरेको छ ।
बिर्तामोड / एका बिहानै झापाको कनकाई नगरपालिका १ मा नाबालिका सहित एकै परिवारका तीन जना मृत भेटिएको खबर आएपछि इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यसहितको टोली घटनास्थल पुग्यो।घटनास्थलमा रहेका आचार्यलाई घटनाबारे विवरण माग्दा ‘घटना अत्यन्तै हृदयविदारक छ’ भन्ने जवाफ आयो।उनले थप स्पष्ट पार्दै भने, ‘बुवा (आमा र सानी छोरी सबै झुन्डिएको अवस्थामा छन्। छोरीलाई आमाले बोकेकी छिन्।’ कतिपय स्थानीयबासीले ८ महिनाकी नाबालिक छोरीले झुन्डिनसक्ने अवस्था नरहेकाले उनको हत्यापछि बुवा (आमाले आत्महत्या गरेको आशंका गरेका छन्।त्यसरी एउटा परिवारले नै कसरी यहाँसम्मको
रोल्पा / रोल्पाको त्रिवेणी गाउँपालिकामा छोराले अगुल्टो प्रहार गर्दा बुबाको मृत्यु भएको छ । त्रिवेणी गाउँपालिका–४ चालढुङ खोलाका टेकबहादुर नेपालीले ६० वर्षीया लक्ष्मीमनको हत्या गरेको प्रहरीले जनाएको छ । आफ्नै छोराबाट आज लक्ष्मीमनको हत्या भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । इलाका प्रहरी कार्यालय होलेरी र प्रहरी चौकी बुढा गाउँको टोली घटनास्थल पुग्दा लक्ष्मीमनको हत्या गरी खाटमा सुताएको अवस्थामा शव फेला परेको प्रहरी प्रमुख नरेशराज सुवेदीले जानकारी दिएका छन् । छोराको कुटपिटबाट मृत्युु भएका लक्ष्मीमनको मृत्युको कारण परिवारले ढाकछोप गरी लुकाउन खोजे पनि प्रहरीको प्रारम्भिक अनुसन्धानबाट छो
रौतहट / पत्रकारको मोटरसाइकलमा लागूऔषध राख्ने दुई जनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धिरज यादव र जितेस कुमार यादव रहेका छन् । रौतहट प्रहरीले साउन ३२ गते रौतहट एक्सप्रेसका सञ्चालक तथा पत्रकार मोहम्मद मोजिबुल्लाहलाई लागूऔषध नाइट्राभेट सहित पक्राउ गरेको थियो ।प्रहरीले हालै सार्वजनिक एक सीसी टीभी फुटेजमा लागूऔषध राखिदिएर पक्राउ गराइएको देखिएपछि अनुसन्धान थालेको थियो । पक्राउ परेका यादवद्धयले मोटरसाइकलमा लागूऔषध ट्याबलेट राख्दै गरेको सीसीटीभी फुटेजमा देखिन्छ पत्रकार मोजिबुल्लाहलाई फसाउन नेपाल पत्रकार महासंघ रौतहटका सह–सचिव सञ्जय शहनी, जिल्ला प्रहरीक
काठमाडौँ / मनसुनी वायु सक्रिय रहेका कारण हाल देशभर सामान्य देखि पूर्ण बदली रही अधिकांश स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको सामान्य प्रभावसँगै न्यून चापीय रेखा नेपाल भन्दा केही दक्षिणतिर रहेकाले अहिले प्रदेश नं १ वाग्मती, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ । महाशाखाका वरिष्ठ मौसमविद् बरुण पौडेलका अनुसार मनसुनी वायुको सक्रियताले गएराति देखिनै देशका पहाडी भेगमा वर्षा हुनुको साथै हाल तराई क्षेत्रमा वर्षा भइरहेको छ । उक्त क्षेत्रमा आज दिनभर वर्षा हुनेछ ।मनसुन एक सातासम्म सक्रिय रहन
म्याग्दी / म्याग्दीको बेनी नगरपालिका –३ भकिम्लीको दूधे खोलामा आज बिहान बाढीले एक घर बगाएको छ । बाढीका कारण ४५ घर जोखिममा परेका छन् । भकिम्लीको चिनाखेत, तोराखेत र लरेनीको सिमानामा पहिरो खसेर दूधे खोलामा आएको बाढीले कटान गरेर घर, सडक र खानेपानीको पाइप बगाउनाका साथै जोखिम बनाएको हो । वडा नं ३ भकिम्लीका वडा सदस्य गेमप्रसाद घर्तीले बाढीले बगाएर दिपा पुनको घर पूर्ण क्षति भएको जानकारी दिए । “नारायण पुन र तिलाराम थापाका घर उच्च जोखिममा छन्”, उनले भने “दूधे खोलाको दायाँबायाँ किनारमा रहेका ४५ घरधुरी भएको बस्ती नै बाढीको जोखिममा परेको छ ।” नारायणको गोठमा बाँधेको दुहुना भैँसी भाग्ने क्रममा बाढील
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.