समाचार

    Showing 24,481-24,490 of 26,051 items.
  • मोटरसाइकल नहरमा खस्दा तीनको मृत्यु

    धनुषा / धनुषामा मोटरसाइकल नहरमा खस्दा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना अन्दाजी २२ वर्षीय कुनाल कुमार साह र पहिचान नखुलेका अन्य दुई जना रहेका छन् । औरहीबाट जनकपुरतर्फ जाँदै गरेको ज ९ प १९८२ नम्बरको मोटरसाइकल आज दिउँसो चार बजे जनकपुर –१८ भोइलस्थित नहरमा खसेको थियो । मोटरसाइकल नहरमा खस्दा तीनै जनाको घटनास्थलमा नै मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।

    • प्रकाशित मितिः असोज १३, २०७८
    • 100 पटक पढिएको
  • मिर्गौला पीडितको नाममा ठगी गर्ने पाँच पक्राउ

    पाल्पा / पाल्पामा मिर्गौला पीडितको नाममा ठगी गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा पालुङटारका दीपक भन्ने ३६ वर्षीय प्रदीप गुरुङ, मोरङ उर्लाबारी नगरपालिका –९ का धनबहादुर विश्वकर्मा, पथरी शनिश्चरेका –९ का राजेश खरेल, झापा कनकाईका केदार बिक र सूर्यबहादुर विश्वकर्मा रहेका छन् । पाल्पाकाे सदरमुकाम तानसेनको बसपार्कस्थित करुवा होटलमा अवैध रुपमा चन्दा सङ्कलन गरी लुकिछिपी बसेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूले मिर्गौलापीडित सहयोग रसिद मार्फत अवैध रुपमा पैसा उठाउने गरेको प्रहरीले जनाएको छ । प

    • प्रकाशित मितिः असोज १३, २०७८
    • 85 पटक पढिएको
  • श्रीमतीको हत्याको आरोपमा एक पक्राउ

    अर्घाखाँची / अर्घाखाँचीमा श्रीमतीको हत्याको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सन्धिखर्क नगरपालिका –७, खाँचीकोटका विष्णु बिक रहेका छन् । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीअनुसार मंगलबार राती खाँचीकोटमा दुवैजनाले सँगै बसेर मदिरा पिएका थिए । त्यहीबेला उनीहरूबीच झगडा भएको थियो ।मदिरा पिएका बेला विष्णुले ३५ वर्षीया श्रीमती सीता विकलार् लट्ठी प्रहार गरेर हत्या गरेको प्रहरी निरीक्षक सुजन विक्रम शाहले बताए । हत्या गरेको आरोपमा प्रहरीले विष्णुलाई नियन्त्रणमा लिएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    • प्रकाशित मितिः असोज १३, २०७८
    • 64 पटक पढिएको
  • मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु

    तनहुँ / पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ देउरालीमा आज बिहान मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ निवासी ७२ वर्षीया चेतकुमारी जैशी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । छिर्कनेबाट दमौलीतर्फ आउँदै गरेको ग१६प १६७७ नंको मोटरसाइकलको ठक्करबाट घाइते जैशीलाई रत्नहरि अस्पताल ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए । मोटरसाइकल र चालक प्रहरी नियन्त्रणमा छन् । 

    • प्रकाशित मितिः असोज १३, २०७८
    • 72 पटक पढिएको
  • चट्याङ लागेर एको मृत्यु

    बर्दिया / राजापुर नगरपालिका– १० मा  चट्याङ लागेर ४१ वर्षीय गुमानसिंह चौधरीको मृत्यु भएको छ । मङ्गलबार साँझ धान खेतमा गएका समयमा चट्याङ लागेर घाइते भएका चौधरीको प्राथमिक स्वास्थ केन्द्र राजापुरमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यलय राजापुरका प्रहरी निरीक्षक सन्तोष घिमिरेले बताएका छन् ।

    • प्रकाशित मितिः असोज १३, २०७८
    • 71 पटक पढिएको
  • व्यापारी हत्या प्रकरण : आरोपित चार व्यक्तिको दोस्रोपटक म्याद थप

    बैतडी / सुर्नया गाउँपालिका –४ सन्सेरीमाडौँका व्यापारी कमलसिंह महराको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका चार जनाको दोस्रोपटक अदाललतबाट म्याद थप गरिएको छ । कमलसिंहको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले सुर्नया –५ का रामबहादुर मडै, सुर्नया –४ का शंकरसिंह महरा, हरिशसिंह महरा र रामबहादुर महरालाई प्रहरीले पक्राउ गरी यही असोज ८ गते सार्वजनिक गरेको थियो ।उनीहरुमाथि मङ्गलबार जिल्ला अदालतबाट थप आठ दिनको म्याद थप  गरिएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए । हत्यामा संलग्न रहेको आशंकामा उनीहरुविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरेर असोज ८ गते

    • प्रकाशित मितिः असोज १३, २०७८
    • 117 पटक पढिएको
  • गैँडा तस्करीमा संलग्न एकै परिवारका तीन जना पक्राउ

    नवलपुर / विसं २०७६ कात्तिकमा चितवन राष्ट्रिय निकुञ्जको बहपुर खोला क्षेत्रमा एउटा गैँडा म¥यो । निकुञ्ज प्रशासनले धेरैपछि उक्त गैँडा मरेकाबारे जानकारी पायो । गैँडा मारेपछि तस्कर आफ्नो योजनाअनुसार गैँडाको खाग बिक्री गर्न सफल भए ।तस्करले खागका लागि धमाधम गैँडा मार्न थालेपछि निकुञ्जले तस्करको खोजीमा ध्यान दिन थाल्यो । सोही क्रममा निकुञ्ज प्रशासनले चालु आर्थिक वर्ष २०७८/७९ को साउन र भदौमा गरी १४ जनालाई पक्राउ ग¥यो । चालु आर्थिक वर्षमा पक्राउ परेकामध्ये छ जनालाई यसअघि नै सार्वजनिक गरिएको छ भने आठ जनालाई मङ्गलबार सार्वजनिक गरियो । अनुसन्धानका क्रममा कात्तिकमा गैँडा मार्नमा सात संलग्न रहेको त

    • प्रकाशित मितिः असोज १३, २०७८
    • 84 पटक पढिएको
  • चार दिनदेखि बेपत्ता महिलाको खोजीमा डिएसपीको टोली परिचालन

     सोलुखुम्बु / वाकुबाट चार दिनदेखि बेपत्ता भएकी महिलाको खोजीका लागी जिल्ला सोलुखुम्बुका डिएसपीको टोली परिचालन गरिएको छ । सोताङ गाउँपालिका–१ हुलुकी २५ वर्षीया मनकुमारी कार्की खोजीको लागी जिल्लाप्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक कबित कटवालको टोली परिचालन गरिएको हो ।   एनएमबी माइक्रोफाइनान्स लिमिटेड सोताङमा कार्यरत कार्की शुक्रबार अपराह्न ४ः२५ देखि सम्पर्क विहीन छिन् । डिसपी सहित प्रहरी चौकी वाकु, इलाका प्रहरी कार्यालय सोताङ, स्थानीयवासी तथा पावैबाट आएका घरपरिवारले खोजी कार्य जारी राखेको भएपनि पत्ता लाग्न नसकेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः असोज १२, २०७८
    • 137 पटक पढिएको
  • यस वर्ष मौसम ढिला बाहिरिने

    काठमाडौँ  / यस वर्ष मनसुन औसत समयभन्दा केही दिन ढिला गरी बाहिरिने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुन बाहिरिनका लागि पश्चिमबाट पूर्वतिर हावा बहनाका साथै बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा आउने क्रम रोकिनुपर्ने भएकाले अहिलेसम्म त्यो अवस्था नरहेकाले मनसुन औसत समयभन्दा केही ढिलो बाहिरिने सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले बताएका छन्  । उनका अनुसार अब भारी वर्षाको सम्भावना भने रहेको छैन । यस वर्ष मनसुन गएको जेठ २८ गते नेपाल भित्रिएको थियो । यस वर्षदेखि मनसुनको अवधि परिमार्जन भएको छ । यसअघि सामान्यतया नेपालमा जुन १० मा मनसुन भित्रिने र सेप्टेम्बर २

    • प्रकाशित मितिः असोज १२, २०७८
    • 48 पटक पढिएको
  • बैंकिङ कसुर मुद्दामा फरार अभियुक्त पक्राउ

    काठमाडौँ / नेपाल प्रहरीले बैंकिङ कसुरजन्य अपराधका फरार अभियुक्तलाई पक्राउ गरेको छ ।  प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले बैंकिङ कसुर मुद्दामा फरार खोटाङ घर भई हाल काठमाडौँको कपनमा बस्दै आएका २६ वर्षीय खगेन्द्र खत्रीलाई आज पक्राउ गरेको हो । ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक श्यामकुमार महतोले उच्च अदालत पाटनको विसं २०७७ माघ २८ को फैसलापछि चार दिन कैद र बिगो बमोजिम रु १० लाख ६५ हजार ९०० जरिवनापछि फरार रहेका खत्रीलाई पक्राउ गरिएको जानकारी दिएका छन्।    पक्राउ परेका खत्रीले आफ्नो ग्लोबल आइएमई बैँकको खातामा पर्याप्त मौज्दात नहुँदा नहुँदै विभिन्न व्यक्तिलाई झुक्याएर

    • प्रकाशित मितिः असोज १२, २०७८
    • 70 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.