समाचार

    Showing 23,581-23,590 of 26,027 items.
  • आज माघ १६ गते सहिद दिवस : के छ घोषणाको मापदण्ड ?

    बिर्तामोड  / आज माघ १६ गते । प्रत्येक वर्ष माघ १६ मा मनाइने सहिद दिवस मनाइदै आएको छ । प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने सहिदको सम्झनामा विविध कार्यक्रम गरी आज देशभर मनाइँदै छ ।सहिदलाई प्रत्येक वर्ष माघ १६ गते सम्झने गरे पनि सपना पूरा गर्न हुनुपर्ने जति काम नभएको गुनासो यस अवसरमा हुने गरेको छ । यस दिन हुने औपचारिक कार्यक्रममा जिम्मेवार अधिकारीहरूबाट सहिदको सपना पूरा गर्ने प्रतिबद्धता व्यक्त गरिँदै आएको छ ।माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ सहिद सप्ताह मनाउने घोषणा गरी विविध कार्यक्रम हुँदै आएको छ । विसं २०१२ देखि न

    • प्रकाशित मितिः माघ १६, २०७८
    • 87 पटक पढिएको
  • सरकारले फाइजर खोप खरिद गर्दै

    काठमाडौँ / कोरोनाको संक्रमण तीव्र रुपमा फैलिरहेको अवस्थालाई मध्यनजर गर्दै बालबालिकामा हुने जोखिम न्यूनीकरणका लागि सरकार खोप खरिदमा चासो देखाएको छ । सरकारले पाँचदेखि ११ वर्ष उमेर समूहका बालबालिकालाई लगाउन मिल्ने फाइजर खोप खरिदको प्रक्रिया अगाडी बढाएको छ ।पाँचदेखि ११ वर्षका उमेर समूहलाई लक्षित फाइजर खोप खरिद प्रक्रिया अघि बढिसकेको र दुई तीन महिनाभित्र नेपाल आइसक्ने सम्भावना रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले जानकारी दिए । उक्त उमेर समूहका बालबालिका विद्यालय जाने र त्यहाँ भिडभाड हुने हुँदा सङ्क्रमणको उच्च जोखिम हुन्छ ।हाल ११ देखि १८ वर्षसम्मका बालबालिकालाई फाइजर र मोड

    • प्रकाशित मितिः माघ १६, २०७८
    • 55 पटक पढिएको
  • धनपालथान हत्या प्रकरण : उखुबारीमा भेटिएका अर्का मृतकको पनि खुल्यो पहिचान

    विराटनगर / मोरङको धनपालथान गाउँपालिका–७ स्थित उखुबारीमा खाल्डोबाट निकालिएको अर्का एक युवकको शवको पनि पहिचान खुलेको प्रहरीले जनाएको छ ।गत माघ १३ गते उखुबारीमा रहेका दुई खाल्डो उत्खनन गर्दा फेला परेका दुई पुरुषको शवमध्ये एकजनाको पहिचान हुन सकेको थिएन । पहिचान हुन बाँकी रहेका अर्का पुरुष सप्तरीको शम्भुनाथ नगरपालिका ४ का शम्भु चौधरी भएको जिल्ला प्रहरी कार्यालयले पुष्टि गरेको छ ।जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी जनार्दन जिसीले पहिचान खुलेका चौधरी पनि काठमाण्डौको क्षेत्रपाटीमा बसोबास गर्ने गरेको अनुशन्धानका क्रममा खुलेको बताएका छन् । उनले चौधरी पनि अर्का मृतक धरान ३ स्थायी ठेगाना भई काठमाण्डौको लोक

    • प्रकाशित मितिः माघ १६, २०७८
    • 175 पटक पढिएको
  • राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियु बुद्धशान्तिद्धारा माक्स वितरण

    बिर्तामोड / सकारात्मक परिवर्तनको लागि नेतृत्व गर्दै आइरहेका राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियु बुद्धशान्तिको संयुक्त आयोजनामा निशुल्क माक्स वितरण कार्यक्रम सम्पन्न भएको छ । युवा संघ र अनेरास्ववियुले आज शनिबार कोभिड –१९ न्यूनीकरण र सचेतनाका लागि बुद्धशान्ति गाउँपालिका –७ स्थित जोरकलसमा एक हजारप्रति माक्स वितरण गरेको हो । कोरोना भाइरस संक्रमण तिव्र गतिमा फैलिरहेकाले हरेक जनमानसले मास्कको प्रयोग गर्नु आजको आवश्यकता रहेको भन्दै मास्क नलगाई हिडिँरहेका व्यक्तिहरुलाई रोकेर मास्क वितरण गर्नुको साथै सम्झाई बुझाई गरिएको थियो । आफै सचेत नभए सम्म कोरोनाबाट बच्न नसकिने, स्वास्थ्य रहन एउ

    • प्रकाशित मितिः माघ १५, २०७८
    • 61 पटक पढिएको
  • ट्रयाक्टर दुर्घटना हुदाँ : दुई वर्षीया बालिकाको मृत्यु

    बिर्तामोड / झापाको कनकाई नगरपालिका –७ दुर्गापुरमा ट्रयाक्टरले किचेर दुई वर्षीया बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा दुई वर्षीया आरुची दुलाल रहेकी छिन् । बुबा बालकृष्णले चलाएको मे १ त ७५९ नं को ट्रयाक्टरले किच्दा उनी गम्भीर घाइते भएकी थिइन् ।घरअगाडि पार्किङ गरेर राखिएको ट्रयाक्टर स्टाट गर्ने क्रममा ट्र्याक्टरमुनि खेल्दै गरेकी आरुची घाइते भएकी हुन् ।उनलाई तत्काल उपचारका लागि बिर्तामोडस्थित विर्तासिटी अस्पताल लगिएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वसन्त पाठकले जानकारी दिए । 

    • प्रकाशित मितिः माघ १५, २०७८
    • 58 पटक पढिएको
  • डेढ करोड रुपैयाँको नक्कली रेड लेबलसहित चार पक्राउ

    काठमाडौँ / काठमाडौँको सितापाइलाबाट प्रहरीले डेढ करोड रुपैयाँ बराबरीको नक्कली रेड लेबल बरामद गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले शुक्रबार राति राजस्व छली गरेर भारतबाट ल्याइएको डेढ करोड बराबरीको दुई सय ९० कार्टुन रेड लेबल बरामद गरेको हो । प्रहरीले बरामद गरेको उक्त नक्कली मदिरा आयात गर्ने दरबार मार्गस्थित ब्लु ह्यामर मदिरा सञ्चालक सन्तोष बाख्रिल रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार नक्कली रेड लेबलसहित नक्कली हुस्की र अस्सुलुट भोड्का समेत बरामद गरिएको छ ।प्रहरीले बाख्रिलसहित चार जनालाई नियन्त्रणमा लिएको बताइएको छ ।

    • प्रकाशित मितिः माघ १५, २०७८
    • 164 पटक पढिएको
  • आजको मौसम : न्यून चापीय प्रणालीको आंशिक प्रभाव

    काठमाडौँ / हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार दिउँसो प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू- भागमा आंशिक बदली रही बाँकी भू- भागहरूको मौसम सामान्यतया सफा रहनेछ । राती पनि देशको पहाडी भू- भागमा आंशिक बदली रही बाँकी भू- भागहरूको मौसम सामान्यतया सफा रहनेछ । आइतबार पनि प्रदेश नं १, बागमती प्रदेश, गण्डकी तथा लुम्बिनी प्रदेशका पहाडी भू- भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू- भागहरूमा आंशिक बदली रहनेछ । चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउनु हुन महाशाखाको अनुरोध छ ।

    • प्रकाशित मितिः माघ १५, २०७८
    • 54 पटक पढिएको
  • कर्मचारीलाई मोबाइल चलाउन प्रतिबन्ध

    काठमाडौँ / त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा कार्यरत कर्मचारीलाई नियमित खटिइरहेको समयमा मोबाइल साथमा राख्न रोक लगाइएको छ । अध्यागमन विभागकै कर्मचारीको मिलेमतोमा भिजिट भिसामा विदेश जानेहरूको सङ्ख्या बढेको आरोप लाग्दै आएको छ । भिजिट भिसामा गएका नेपालीहरू अलपत्र पर्ने र दुःख पाउन थालेपछि विभागले सो निर्णय गरेको अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले जानकारी दिए ।भट्टराईका अनुसार अध्यागमन सेवा प्रदान गर्ने क्रममा डेस्क ड्युटी आवरको बेला मोबाइल फोन लकरमा राख्न निर्देशन दिइएको छ । आवश्यक परेमा ल्यान्डलाइन र अफिसियल फोन प्रयोग गर्न सकिने जारी सूचनामा उल्लेख

    • प्रकाशित मितिः माघ १५, २०७८
    • 72 पटक पढिएको
  • सरकारी दस्तखत छाप किर्ते र ठगी गर्ने एक पक्राउ

    धनुषा / धनुषाको जनकपुरधाम उपमहानगरपालिका –२ बाट सरकारी दस्तखत छाप किर्ते र ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनौजी गाउँपालिका –१ का २५ वर्षीय शहादत राइन रहेका छन् । राइनले धनौजीका १९ वर्षीय बबलु पासमान, २० वर्षीय पारसकुमार पासवान र दिपेशकुमार पासमानसँग जनही दुई लाख रकम लिई किर्ते कागजपत्र तयार पारिदिएका थिए । उनले सडक डिभिजन कार्यालयको आईटी सुपरभाइजर पदको नियुक्ति पत्र, मासिक तलब र सो पदसम्बन्धी उम्मेदवारको सम्झौता पत्र बनाइदिएका थिए । जनकपुरधामस्थित सडक डिभिजनको लेटर प्याड तयार गरी सरकारी दस्तखत छाप किर्ते गरेको भन्दै पीडितहरूले उजुरी दिएपछि प्रहरीले

    • प्रकाशित मितिः माघ १४, २०७८
    • 101 पटक पढिएको
  • सामूहिक बलात्कार प्रकरण : थप एक पक्राउ

    झापा / खोटाङ घर भइ मोरङको सुन्दरहरैँचा नगरपालिकामा बस्दै आएकी ३१ वर्षीय महिला माथि भएको सामूहिक बलात्कारको घटनामा थप एक जना आरोपी पक्राउ परेका छन् ।पक्राउ पर्नेमा झापाको मेचीनगर नगरपालिका ३– का २५ वर्षीय राम बहादुर नेपाली भन्ने सुधान्सु दर्जी रहेका छन् । पक्राउ परेका दर्जी पीडित भनिएका महिलाको पहिलादेखि समर्पक रहेको बुझिएको छ । सो घटनामा उनी पनि संलग्न भएको देखिएपछि प्रहरीले घटना भएको पाँच दिनपछि बिहीबार पक्राउ गरेको हो ।यसअघि प्रहरीले मोरङ सुन्दरहरैचा नगरपालिका –४ बलिया चौकका होटल सञ्चालक ३५ वर्षीय अर्जुन कुमार श्रेष्ठ, सोही स्थानका २५ वर्षीय सुरज श्रेष्ठलाई पक्राउ गरि सकेको छ ।गत श

    • प्रकाशित मितिः माघ १४, २०७८
    • 67 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.