धनुषा / धनुषाको जनकपुरधाम उपमहानगरपालिका –२ बाट सरकारी दस्तखत छाप किर्ते र ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनौजी गाउँपालिका –१ का २५ वर्षीय शहादत राइन रहेका छन् । 

राइनले धनौजीका १९ वर्षीय बबलु पासमान, २० वर्षीय पारसकुमार पासवान र दिपेशकुमार पासमानसँग जनही दुई लाख रकम लिई किर्ते कागजपत्र तयार पारिदिएका थिए । 

OM Sai Pathibhara Hospital

उनले सडक डिभिजन कार्यालयको आईटी सुपरभाइजर पदको नियुक्ति पत्र, मासिक तलब र सो पदसम्बन्धी उम्मेदवारको सम्झौता पत्र बनाइदिएका थिए । 

जनकपुरधामस्थित सडक डिभिजनको लेटर प्याड तयार गरी सरकारी दस्तखत छाप किर्ते गरेको भन्दै पीडितहरूले उजुरी दिएपछि प्रहरीले राइनलाई पक्राउ गरेको धनुषाका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए ।