काठमाडौँ / काठमाडौँको सितापाइलाबाट प्रहरीले डेढ करोड रुपैयाँ बराबरीको नक्कली रेड लेबल बरामद गरेको छ ।
महानगरीय अपराध महाशाखाको टोलीले शुक्रबार राति राजस्व छली गरेर भारतबाट ल्याइएको डेढ करोड बराबरीको दुई सय ९० कार्टुन रेड लेबल बरामद गरेको हो ।
प्रहरीले बरामद गरेको उक्त नक्कली मदिरा आयात गर्ने दरबार मार्गस्थित ब्लु ह्यामर मदिरा सञ्चालक सन्तोष बाख्रिल रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार नक्कली रेड लेबलसहित नक्कली हुस्की र अस्सुलुट भोड्का समेत बरामद गरिएको छ ।
प्रहरीले बाख्रिलसहित चार जनालाई नियन्त्रणमा लिएको बताइएको छ ।