बिर्तामोड / सकारात्मक परिवर्तनको लागि नेतृत्व गर्दै आइरहेका राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियु बुद्धशान्तिको संयुक्त आयोजनामा निशुल्क माक्स वितरण कार्यक्रम सम्पन्न भएको छ । 

युवा संघ र अनेरास्ववियुले आज शनिबार कोभिड –१९ न्यूनीकरण र सचेतनाका लागि बुद्धशान्ति गाउँपालिका –७ स्थित जोरकलसमा एक हजारप्रति माक्स वितरण गरेको हो । 

OM Sai Pathibhara Hospital

कोरोना भाइरस संक्रमण तिव्र गतिमा फैलिरहेकाले हरेक जनमानसले मास्कको प्रयोग गर्नु आजको आवश्यकता रहेको भन्दै मास्क नलगाई हिडिँरहेका व्यक्तिहरुलाई रोकेर मास्क वितरण गर्नुको साथै सम्झाई बुझाई गरिएको थियो । 

आफै सचेत नभए सम्म कोरोनाबाट बच्न नसकिने, स्वास्थ्य रहन एउटा सन्देश दिनका लागि प्रतिनिधी मुलक कार्य माक्स वितरण गरिएको राष्ट्रिय युवा संघका सदस्य मन्जिल पाठकले बताए । 

उक्त कार्यक्रममा राष्ट्रिय युवा संघका अध्यक्ष सुजन भण्डारीले बाटोमा अधिकांस मानिसहरु मास्क विना हिडिरहेकाले तिनै व्यक्तिहरुबाट संक्रमण फैलिने बताउँदै मास्क वितरण कार्यक्रम संचालन गरिएको बताए । 

कार्यक्रममा सुरक्षाकर्मीहरु सहित २५ जना युवाहरुको सहभागिता रहेको थियो ।