काठमाडौं / यात्रु चढाएर ट्याक्सी वेसम्म आइपुगेको सौर्य एयरलाइन्सको जहाजमा प्राविधिक समस्या आएपछि पुनः पार्किङमा फर्काइएको छ । काठमाडौंबाट विराटनगरका लागि उड्ने तयारी गर्दागर्दा जहाजमा प्राविधिक समस्या पहिचान भएपछि जहाज पार्किङ क्षेत्रमै फर्काएर यात्रुलाई झारिएको विमानस्थल व्यवस्थापनका एक अधिकारीले जानकारी दिएका छन् ।उक्त जहाजमा सवार बेलका नगरपालिकाका मेयर दुर्गा कुमार थापाले दुर्घटनाको मुखबाट बाँचिएको बताएका छन् भने सौर्य एयरलाइन्सको व्यवस्थापन यात्रुप्रति उदासिन देख्दा दुःख समेत प्रकट गरेका छन् । जहाज कन्डिसन चेक नगरी उडाउन कोशिश गर्नु अपराध नभएको पनि थापाले व्यक्त गरेका छन् ।
काठमाडौँ / ललितपुर प्रहरीले एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ । बैंकिङ कसुरमा उच्च अदालत पाटनबाट नौ लाख रुपैयाँ जरिवाना र चार दिन कैद तोकी फरार रहेका हेटौंडा उपमहानगरपालिका -१७ का ३२ वर्षीय मुन्दिप भुजेल पक्राउ परेका हुन् ।हाल काठमाडौंको मनमैजुमा लुकिछिपी बस्दै आएका भुजेललाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका भुजेललाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ ।बैकिङ कसुरमा भुजेलविरुद्ध उच्च अदालत पाटनले १२ मंसिर ०७८ मा नौ लाख रुपैयाँ जरिवाना र चार दिन कैद सजायको फैसला गरेको थियो । फैसला गरेसँगै उनी फरार भएका थिए । उनी काठमाडौंमै लुकि
काठमाडौँ / उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठलाई न्यायपरिषद्ले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको छ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको नेतृत्वमा बसेको परिषद् बैठकले बिहीबार श्रेष्ठको नाम सिफारिस गरेको हो ।अब संसदीय सुनुवाइबाट अनुमोदन भएपछि श्रेष्ठलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वोच्चको न्यायाधीश नियुक्त गर्नेछिन् । प्रधानन्यायाधीशसहित २१ न्यायाधीशको दरबन्दी रहेको सर्वोच्च अदालतमा एक पद रिक्त थियो । परिषद्ले सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार लालबहादुर कुँवरलाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको छ ।
काठमाडौं / त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले भिजिट भिसामा दुबई र मलेसिया हिँडेका २३ जनालाई शंकास्पद यात्रा भन्दै फर्काएको छ । त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालयले शंकास्पद यात्रा भन्दै उनीहरूलाई प्रस्थान अनुमति दिन अस्वीकार गरेको हो । अध्यागमनले दुई दिनको अवधिमा (२४ र २५ फागुनमा) २३ जनालाई शंकास्पद यात्रा भन्दै प्रस्थान अनुमति नदिएको अध्यागमनका अधिकारीले बताए ।मानव तस्करले जथाभावीरुपमा भिजिट भिसामा सर्वसाधारणहरूलाई लैजान थालेपछि गृहमन्त्रालयले कडाइ गर्न थालेको छ । अध्यागमनका अधिकारीहरूले शंकास्पद कसैलाई पनि प्रस्थान अनुमति दिएका छैनन् । फिर्ता हुनेहरूमा दुबई ह
काठमाडौं / कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले नेकपा एमाले केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा संवैधानिक परिषद्बाट भएका नियुक्ति बदर गर्न माग गरेका थिए । उक्त मागमा परेको रिटमाथि आज संवैधानिक इजलासमा कार्कीले पेशी तोकेका हुन् ।कामु प्रधानन्यायाधीशले गोलाप्रथा प्रक्रियाविनै गठन गरेको संवैधानिक इजलासमा ओमप्रकाश अर्यालले दायर गरेको रिटमाथि सुनुवाइ हुन लागेको हो ।संवैधानिक इजलासमा कामु प्रधानन्यायाधीश कार्कीसहित हरिकृष्ण कार्की, ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हा तोकिएका छन् । यसअघि प्रधानन्यायाधीश कार्कीले गत बुधबार उक्त मुद्दामा आफ्नै इजलासमा राखेर लगत कट्टाको आदेश दिएका
झापा / रुकुम पूर्वको सिस्ने गाउँपालिकाको एक जङ्गलमा सकेट बम फेला परेका छन् । गाउँपालिकाको वडा नम्बर २ को बुर्किसल्लाको जङ्गलमा सकेट बम फेला परेका हुन् । वडाध्यक्ष जीवन केसीका अनुसार बिहीबार दिउँसो ओडारमा प्लास्टिकको ड्रममा लुकाएर राखिएको अवस्थामा शंकास्पद वस्तु फेला परेपछि स्थानीयले वडा कार्यालयलाई सूचना दिएका थिए ।पछि प्रहरीले निरीक्षण गर्दा कालो प्लाष्टिकको ड्रमभित्र एक दर्जन बढी सकेट बमजस्तै देखिने वस्तु फेला परेको हो ।बम वस्तु निष्क्रिय पार्न नेपाली सेनाको टोली पनि घटनास्थलमा पुगिसकेको छ ।
काठमाडौँ / नेपाल आयल निगमको कार्यकारी निर्देशकमा उमेश थानी नियुक्त भएका छन् । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले थानीलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।थानी ४ वर्षको लागि निगमको कार्यकारी निर्देशकमा नियुक्त भएका हुन् ।
बिर्तामोड / सरकारले आगामी वर्ष २०७९ को सबै सार्वजनिक बिदाको सूचि सार्वजनिक गरेको छ ।गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गर्दै २०७९ सालमा वैशाख १ गतेदेखि चैत मसान्तसम्म एक वर्षभरिमा सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायको लागि देहाय बमोजिमको सार्वजनिक, पर्व एवं सट्टा बिदा र कार्यालय समयबारेको विवरण सार्वजनिक गरेको हो ।वि.सं. २०७९ मा ५२ दिन शनिबार र ४३ दिन अन्य बिदा गरि ९५ दिन सार्वजनिक बिदा हुनेछ । दसैं बिदा असोज १६ गते फूलपातीदेखि २१ गते द्वादशीसम्म ६ दिन हुने भएको छ भने तिहार बिदा कात्तिक ७ गतेदेखि ११ गतेसम्म ५ दिन हुने भएको छ ।
बिर्तामोड / मोटरसाइकल चोरीमा संलग्न रहेका ६ जनालाई जिल्ला प्रहरी झापाले पक्राउ गरी सार्वजानिक गरेको छ । पक्राउ पर्नेमा भद्रपुर नगरपालिका-७ का २१ वर्षीय प्रकाश सहनी, २४ वर्षीय प्रकाश दर्जी, २१ वर्षीय दीपक उराव, २२ वर्षीय दिपेश राजवंशी, भद्रपुर नगरपालिका(१ का ३० वर्षीय बिर्ख लिम्बू र भारत किसनगन्जको १९ वर्षीय महम्मद समिम रहेका छन् । झापा जिल्लाका बिभिन्न स्थानहरूबाट मोटरसाइकल चोरीको घटना भएको भनी सवारी धनीहरूको लिखित निवेदन परेसँगै चोरी गर्ने व्यक्तिहरूको सूक्ष्म रूपले निगरानी तथा पहिचान गर्दे क्रममा प्रकाश सहनी भन्ने व्यक्तिले मोटरसाइकल चोरी गरी बिक्री बितरण गर्ने गरेको भ
सङ्खुवासभा / बिहीबार बिहान सङ्खुवासभाको मादी नगरपालिका–६ स्थित सातघुम्तीमा भएको बस दुर्घटनामा मृत्यु भएका १५ जनाकै सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाको डीएसपी लालध्वज सुवेदीका अनुसार मृतक सबै पहिचान खुलेको छ । पाँच जना घाइतेमध्ये उपचारका लागि हेलिकप्टरबाट धरान ल्याइएकी मादी नगरपालिका–५ की ३० वर्षीया यूका पोखरेलको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा ताप्लेजुङका ३१ वर्षीय समीक्षा योन्जन र उनका छोरा ८ वर्षीय सुदीप घिसिङ, मादी–२ इन्द्र अधिकारी, मादी–६ की ३० वर्षीया सिता बिक रहेका छन् । सो घटनामा मादी–६ का ३८ वर्षीय इन्द्र अधिकारी, ३२ वर्षीया अञ्जना कटुवाल
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.