बिर्तामोड  / सरकारले आगामी वर्ष २०७९ को सबै सार्वजनिक बिदाको सूचि सार्वजनिक गरेको छ ।

गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गर्दै २०७९ सालमा वैशाख १ गतेदेखि चैत मसान्तसम्म एक वर्षभरिमा सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायको लागि देहाय बमोजिमको सार्वजनिक, पर्व एवं सट्टा बिदा र कार्यालय समयबारेको विवरण सार्वजनिक गरेको हो ।

OM Sai Pathibhara Hospital

वि.सं. २०७९ मा ५२ दिन शनिबार र ४३ दिन अन्य बिदा गरि ९५ दिन सार्वजनिक बिदा हुनेछ । दसैं बिदा असोज १६ गते फूलपातीदेखि २१ गते द्वादशीसम्म ६ दिन हुने भएको छ भने तिहार बिदा कात्तिक ७ गतेदेखि ११ गतेसम्म ५ दिन हुने भएको छ ।