काठमाडौं / कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले नेकपा एमाले केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा संवैधानिक परिषद्बाट भएका नियुक्ति बदर गर्न माग गरेका थिए । उक्त मागमा परेको रिटमाथि आज संवैधानिक इजलासमा कार्कीले पेशी तोकेका हुन् ।

कामु प्रधानन्यायाधीशले गोलाप्रथा प्रक्रियाविनै गठन गरेको संवैधानिक इजलासमा ओमप्रकाश अर्यालले दायर गरेको रिटमाथि सुनुवाइ हुन लागेको हो ।

OM Sai Pathibhara Hospital

संवैधानिक इजलासमा कामु प्रधानन्यायाधीश कार्कीसहित हरिकृष्ण कार्की, ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हा तोकिएका छन् । यसअघि प्रधानन्यायाधीश कार्कीले गत बुधबार उक्त मुद्दामा आफ्नै इजलासमा राखेर लगत कट्टाको आदेश दिएका थिए ।