झापा / रुकुम पूर्वको सिस्ने गाउँपालिकाको एक जङ्गलमा सकेट बम फेला परेका छन् । गाउँपालिकाको वडा नम्बर २ को बुर्किसल्लाको जङ्गलमा सकेट बम फेला परेका हुन् ।
वडाध्यक्ष जीवन केसीका अनुसार बिहीबार दिउँसो ओडारमा प्लास्टिकको ड्रममा लुकाएर राखिएको अवस्थामा शंकास्पद वस्तु फेला परेपछि स्थानीयले वडा कार्यालयलाई सूचना दिएका थिए ।
पछि प्रहरीले निरीक्षण गर्दा कालो प्लाष्टिकको ड्रमभित्र एक दर्जन बढी सकेट बमजस्तै देखिने वस्तु फेला परेको हो ।
बम वस्तु निष्क्रिय पार्न नेपाली सेनाको टोली पनि घटनास्थलमा पुगिसकेको छ ।