काठमाडौं / यात्रु चढाएर ट्याक्सी वेसम्म आइपुगेको सौर्य एयरलाइन्सको जहाजमा प्राविधिक समस्या आएपछि पुनः पार्किङमा फर्काइएको छ । 

काठमाडौंबाट विराटनगरका लागि उड्ने तयारी गर्दागर्दा जहाजमा प्राविधिक समस्या पहिचान भएपछि जहाज पार्किङ क्षेत्रमै फर्काएर यात्रुलाई झारिएको विमानस्थल व्यवस्थापनका एक अधिकारीले जानकारी दिएका छन् ।

OM Sai Pathibhara Hospital

उक्त जहाजमा सवार बेलका नगरपालिकाका मेयर दुर्गा कुमार थापाले दुर्घटनाको मुखबाट बाँचिएको बताएका छन् भने सौर्य एयरलाइन्सको व्यवस्थापन यात्रुप्रति उदासिन देख्दा दुःख समेत प्रकट गरेका छन् । जहाज कन्डिसन चेक नगरी उडाउन कोशिश गर्नु अपराध नभएको पनि थापाले व्यक्त गरेका छन् ।