समाचार

    Showing 23,111-23,120 of 26,026 items.
  • भक्तपुरमा कुटपिट गरि एकको हत्या , २ जना पक्राउ

    भक्तपुर / भक्तपुरको चाँगुनारायणमा डलर देखाएर ठगी गर्ने एकजनाको कुटपिट गरि हत्या भएको छ । हत्यामा संलग्न रहेको आरोपमा   मकवानपुरका सुरेश न्यौपाने र कैलालीको गोदावरी नगरपालिका-२ घर भएका वीरेन्द्र बहादुर खड्कालाई प्रहरीले पक्राउ गरेको छ । कुटपिटबाट सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-४ घर भएका रेशम बुढाथोकीको हत्या भएको हो । महानगरीय प्रहरी प्रभाग साँखुबाट खटिएको टोलीले खड्का र न्यौपानेलाई पक्राउ गरेको हो । कुटपिटबाट गम्भीर घाइते भएका रेमश बुढाथोकीको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरूलाई ज्यान सम्

    • प्रकाशित मितिः चैत १३, २०७८
    • 58 पटक पढिएको
  • ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा १को मृत्यु,३ जना घाईते

    ताप्लेजुङ  / ताप्लेजुङको फुङलिङ नगरपालिका-९ मा ट्याक्टर दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ भने, ३ जना घाईते भएका छन् ।  दुर्घटनामा  फुङलिङ नगरपालिका-८ का २८ वर्षीय रूपेश राईको मृत्यु भएको प्रहरीले जनाएको हो ।हिजो(शनिवार) बेलुका सोहि स्थानको भित्री सडक खण्डमा दाउरा लिएर दक्षिणतर्फ जादै गरेको मे १ त ७७८ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट १५ मिटर तल खसेरको थियो ।  दुर्घटना हुँदा घटनास्थलमानै राईको मृत्यु भएको थियो भने ३ जना  जिल्ला अस्पताल ताप्लेजुङमा उपचारार्थ रहेका छन् । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।&nbs

    • प्रकाशित मितिः चैत १३, २०७८
    • 93 पटक पढिएको
  • सर्लाहीमा शनिबार साँझ आगलागी हुँदा १३ परिवारको बिचल्ली

    झापा / सर्लाहीको धनकौल गाउँपालिका-५ हरकठवास्थित एक बस्तीमा आगलागी हुँदा करिब रु २६ लाख बराबरको क्षति भएको छ । शनिबार साँझ भएको आगलागीमा परि १३ घर जलेर नष्ट भएका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार आगलागीबाट स्थानीय प्रदीप हजारी, रामबली पासमान, ताहिर हजारी, शीतल हजारी, जीवन हजारी, भिखारी पासमान, रामविश्वास हजारी, बिकाउ पासमान, नन्नद किशोर पासमान, गगन हजारी, सरपलाल हजारी, रामनाथ हजारी र भुमेश्वर साह कानूको घर जलेर नष्ट भएको हो । आगलागीको कारण भने अझै खुल्न सकेको छैन ।सर्लाहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीका  अनुसार आगलागीमा घरभित्र राखिएको

    • प्रकाशित मितिः चैत १३, २०७८
    • 47 पटक पढिएको
  • आपराधिक गतिविधि रोक्न भारतीय सीमा नाकामा निगरानी

    वीरगञ्ज / सशस्त्र प्रहरी बल पर्साले भारतसँग सीमा जोडिएका पर्साका सबै नाकामा उच्च निगरानी थालेको छ ।       आसन्न स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखेर पर्साका सबै सीमा नाकामा निगरानी बढाएको सशस्त्र प्रहरी बल १३ नम्बर गणका गणपति कमल तिमिल्सिनाले बताए । उनले सीमा क्षेत्रमा हुने विविध आपराधिक क्रियाकलापको न्यूनीकरणका लागि सीमा क्षेत्रमा उच्च निगरानी थालिएको बताए।   “मातहतका सबै युनिटलाई आवश्यकताअनुसार परिचालन गरी सबै सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ” गणका प्रमुख एवम् सशस्त्र प्रहरी उपरीक्षक तेजप्रसाद पोखरेलले भने, “सीमित स्रोतसाधन र जनशक्तिलाई पूर्ण रुपमा

    • प्रकाशित मितिः चैत १२, २०७८
    • 79 पटक पढिएको
  • वन मन्त्रालयको हाइलेक्सले मोटरसाइकललाई ठक्कर दिँदा दुई घाइते

    सुर्खेत / वीरेन्द्रनगरमा वम मन्त्रालयको हाईलेक्सले मोटरसाईकललाई ठक्कर दिँदा दुई घाइते भएका छन् ।जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका अनुसार शनिबार बिहान करिब १० बजेको समयमा वीरेन्द्रनगर नगरपालिका –८ धमला चोक स्थित दुर्घटना भएको हो ।घण्टाघर देखि कालिनचोक तर्फ जाँदै गरेको बा २ झ १७७६ नम्बरको कर्णाली प्रदेशको उद्योग पर्यटन वन तथा मन्त्रालयको हाईलेक्स गाडीले कबर्डहलदेखि शंकर चोकतर्फ जाँदै गरेको भे ५ प ५०२३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईजना घाइते भएका छन् ।मोटरसाइकल चालक जाजरकोट जुनिचाँदे गाँउपालिका –८ का ३२ वर्षीय नैन बस्नेत र ३२ वर्षीय पर्शुराम थापा घाइते भएको प्रहरीले

    • प्रकाशित मितिः चैत १२, २०७८
    • 65 पटक पढिएको
  • काँकडभिट्टाबाट काठमाडौंतर्फ जाँदै गरेको बस पल्टिदा ३८ जना घाइते

    बिर्तामोड / काँकडभिट्टाबाट काठमाडौँ तर्फ जाँदै गरेको यात्रुबाहक बस पल्टिदा ३८ जना घाइते भएका छन् । काँकडभिट्टाबाट काठमाडौं गइरहेको बा५ख ७९४२ नम्बरको यात्रुबाहक बस  चितवनको इच्छाकामना गाउँपालिका-३ स्थित पानीधारा भन्ने ठाउँमा अनियन्त्रित भई सडकमा पल्टिएको  हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी नरहरि अधिकारीका अनुसार बसमा सवारमध्ये ३८ जना घाइते भएका छन्घा भने, तीन जनाको अवस्था गम्भीर रहेको छ। सामान्य घाइते २५ जनाको फिस्लिङस्थित पोलिक्लिनिकमा उपचार भइरहेको छ । ६ जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ। यहाँ उपचाररतमध्ये एक जनाको अवस्था गम्भीर छ । पाँच जनालाई उप

    • प्रकाशित मितिः चैत १२, २०७८
    • 241 पटक पढिएको
  • किसानलाई ठगेको आरोपमा फर्म सञ्चालक पक्राउ

    काठमाडौँ / सल्यानबाट किसानलाई ठगी गरेको आरोपमा प्रहरीले एक फर्म सञ्चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोल्पाको गंगादेव गाउँपालिका –३ का जलजला सीड फर्म सञ्चालक गंगाराम खत्री रहेका छन् । ५० प्रतिशत अनुदानमा कृषि किङ्ग र किसान मिनी टिल उपलब्ध गराउने भनी फरक कम्पनीको मिनी टिलर उपलब्ध गराइ किसानलाई ठगी गरेपछि खत्रीलाई पक्राउ गरको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी प्रवक्ता प्रनि अर्जुन पौडेलले जानकारी दिए । पौडेलका अनुसार खत्रीले साथमा ल्याएका प्रदेश ३–०१–००६ ख ४५ नम्बरको ट्रक नियन्त्रणमा लिई मिनी टिलर (हाते ट्याक्टर) लगायत अन्य सामग्री समेत बरामद गरिएको छ ।&nbs

    • प्रकाशित मितिः चैत १२, २०७८
    • 78 पटक पढिएको
  • म्यादी प्रहरीका लागि मधेश प्रदेशमा ६८ हजार आवेदन

    जनकपुरधाम / आगामी वैशाख ३० गते हुने भनिएको स्थानीय तहको निर्वाचनलाई लक्षित गरी मधेश प्रदेशमा ६८ हजार भदा बढीले म्यादी प्रहरीका लागि दिएका छन् । मधेश प्रदेशमा म्यादीका लागि २१ हजार ६९८ जनाको माग गरिएकोमा ६ दिनमा ६८ हजार १९ जनाले आवेदन दिएको प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले जनाएको छ ।कार्यालयका अनुसार सप्तरीमा ९४३४, सिरहामा ६५०७, धनुषामा ९०२१, महोत्तरीमा ८०५४, सर्लाहीमा १०८५१, रौतहटमा ४४८४, बारामा ११२६७ र पर्सामा ६२०१ जनाले आवेदन दिएका छन् ।सप्तरीमा ३१३९, सिरहामा २३३१, धनुषामा ३४८६, महोत्तरीमा २७३७, सर्लाहीमा ३०८८, रौतहटमा २५८९, बारामा २५२८ र पर्सामा १८०१ जना म्यादी प्रहरीको माग गरिएको प

    • प्रकाशित मितिः चैत १२, २०७८
    • 74 पटक पढिएको
  • वैदेशिक रोजगारीका नाममा ठगी गर्ने म्यानपावरलाई सरकारले कारवाही गर्ने

    वैदेशिक रोजगारका नाममा रोजगारीका लागि नेपालीलाई विदेश पठाउने क्रममा ठगी गर्दै आएका म्यानपावर कम्पनीमाथि सरकारले कारवाही गर्ने भएको छ । वैदेशिक रोजगारीका नाममा गठी गर्ने म्यानपावर कम्पनीको संख्या बढ्न थालेपछि सरकारले कठोर कारवाही गर्न तयारी थालेको हो ।पहिलो चरणमा वैदेशिक रोजगार विभागमा परेको उजुरीका आधारमा ५० वटा म्यानपावर कम्पनीमाथि छानविन थालिएको छ । छानविनमा परेका कम्पनी ठगीमा संलग्न भएको पाइए सञ्चालकलाई ७ वर्ष कैद र ५ लाख रुपैयाँ जरिवाना सहित प्राप्त इजाजत नै खारेज गर्ने विभागले तयारी गरेको छ ।  विभागमा परेको उजुरीका आधारमा दोषी पाइएका म्यानपावर कम्पनीमाथि वैदेशिक रोजगार ऐन २०६८ क

    • प्रकाशित मितिः चैत ११, २०७८
    • 55 पटक पढिएको
  • रुस–यक्रेन युद्ध , कोइला आयातमा भारतीय अवरोध : इँटाको मूल्य बढाउँदै उध्योगी

    रुस – युक्रेन युद्व ले इन्धन संकट भएको कारण देखाउँदै भारतले ढुवानीमा अवरोध पुर्याएपछि नेपालमा समेत कोइलाको अभाव सुरु भएको छ । कोइला अभाव र अन्तराष्ट्रिय बजारमा मूल्यवृद्धिका कारण इँटा उद्योग सङ्कटमा परेका छन् । कोइला अभावसँगै इँटाको समेत मूल्य आकाशिएको छ ।प्रदेश एकमा रहेका इँटा उद्योग कोइला अभावका कारण बन्द हुने अवस्था आएको छ । विगत एक साता देखि भारतले कोलकाता बन्दरगाहमा आइपुगेको नेपाली व्यवसायीको कोइला ढुवानीमा व्यवधान खडा गरिदिँदा नेपालमा रहेका इँटा उद्योग समस्यामा परेको नेपाल उद्योग परिसंघ प्रदेश १ ले जनाएको छ ।परिसंघका प्रदेश अध्यक्ष समेत रहेका इँटा उध्योगका संचालक भिम घिमिरेले गत वर्ष प्र

    • प्रकाशित मितिः चैत ११, २०७८
    • 58 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.