जनकपुरधाम / आगामी वैशाख ३० गते हुने भनिएको स्थानीय तहको निर्वाचनलाई लक्षित गरी मधेश प्रदेशमा ६८ हजार भदा बढीले म्यादी प्रहरीका लागि दिएका छन् । 

मधेश प्रदेशमा म्यादीका लागि २१ हजार ६९८ जनाको माग गरिएकोमा ६ दिनमा ६८ हजार १९ जनाले आवेदन दिएको प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले जनाएको छ ।

OM Sai Pathibhara Hospital

कार्यालयका अनुसार सप्तरीमा ९४३४, सिरहामा ६५०७, धनुषामा ९०२१, महोत्तरीमा ८०५४, सर्लाहीमा १०८५१, रौतहटमा ४४८४, बारामा ११२६७ र पर्सामा ६२०१ जनाले आवेदन दिएका छन् ।

सप्तरीमा ३१३९, सिरहामा २३३१, धनुषामा ३४८६, महोत्तरीमा २७३७, सर्लाहीमा ३०८८, रौतहटमा २५८९, बारामा २५२८ र पर्सामा १८०१ जना म्यादी प्रहरीको माग गरिएको प्रदेश प्रहरी प्रवक्ता एसपी तुलबहादुर कार्कीले बताए ।