वैदेशिक रोजगारका नाममा रोजगारीका लागि नेपालीलाई विदेश पठाउने क्रममा ठगी गर्दै आएका म्यानपावर कम्पनीमाथि सरकारले कारवाही गर्ने भएको छ । वैदेशिक रोजगारीका नाममा गठी गर्ने म्यानपावर कम्पनीको संख्या बढ्न थालेपछि सरकारले कठोर कारवाही गर्न तयारी थालेको हो ।

पहिलो चरणमा वैदेशिक रोजगार विभागमा परेको उजुरीका आधारमा ५० वटा म्यानपावर कम्पनीमाथि छानविन थालिएको छ । छानविनमा परेका कम्पनी ठगीमा संलग्न भएको पाइए सञ्चालकलाई ७ वर्ष कैद र ५ लाख रुपैयाँ जरिवाना सहित प्राप्त इजाजत नै खारेज गर्ने विभागले तयारी गरेको छ ।  
विभागमा परेको उजुरीका आधारमा दोषी पाइएका म्यानपावर कम्पनीमाथि वैदेशिक रोजगार ऐन २०६८ को दफा ४४ अनुसार कारवाही हुने वैदेशिक रोजगार विभागले जनाएको छ । ऐनमा ठगीमा संलग्न कम्पनी र तिनका सञ्चालकलाई ३ देखि ५ लाख रुपैयाँ जरिवाना र ५ वर्षसम्म कैद सजाय अथवा दुवै हुने व्यवस्था रहेको छ ।