सुर्खेत / वीरेन्द्रनगरमा वम मन्त्रालयको हाईलेक्सले मोटरसाईकललाई ठक्कर दिँदा दुई घाइते भएका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका अनुसार शनिबार बिहान करिब १० बजेको समयमा वीरेन्द्रनगर नगरपालिका –८ धमला चोक स्थित दुर्घटना भएको हो ।
घण्टाघर देखि कालिनचोक तर्फ जाँदै गरेको बा २ झ १७७६ नम्बरको कर्णाली प्रदेशको उद्योग पर्यटन वन तथा मन्त्रालयको हाईलेक्स गाडीले कबर्डहलदेखि शंकर चोकतर्फ जाँदै गरेको भे ५ प ५०२३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईजना घाइते भएका छन् ।
मोटरसाइकल चालक जाजरकोट जुनिचाँदे गाँउपालिका –८ का ३२ वर्षीय नैन बस्नेत र ३२ वर्षीय पर्शुराम थापा घाइते भएको प्रहरीले जनाएको छ । घाइते दुबै जनाको माया नर्सिङ होम सुर्खेतमा उपचार भइरहेको छ ।