काठमाडौँ / ल्यानबाट किसानलाई ठगी गरेको आरोपमा प्रहरीले एक फर्म सञ्चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोल्पाको गंगादेव गाउँपालिका –३ का जलजला सीड फर्म सञ्चालक गंगाराम खत्री रहेका छन् । 

५० प्रतिशत अनुदानमा कृषि किङ्ग र किसान मिनी टिल उपलब्ध गराउने भनी फरक कम्पनीको मिनी टिलर उपलब्ध गराइ किसानलाई ठगी गरेपछि खत्रीलाई पक्राउ गरको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी प्रवक्ता प्रनि अर्जुन पौडेलले जानकारी दिए । 

OM Sai Pathibhara Hospital

पौडेलका अनुसार खत्रीले साथमा ल्याएका प्रदेश ३–०१–००६ ख ४५ नम्बरको ट्रक नियन्त्रणमा लिई मिनी टिलर (हाते ट्याक्टर) लगायत अन्य सामग्री समेत बरामद गरिएको छ । 

बरामद गरेका सामानहरूमा कृषि किङ्ग ब्रान्डको मिनी टिलरमा डिजाइन इन्डिया लेखिएका १७८ डिजल मिनिटिलर ६२ थान, १७३ डिजल मिनिटिलर ३ थान, मिल एक थान, ब्रस कटर सात थान, मोबिल ६० बोत्तल, गियर आयल ७५ बोत्तल, इन्डक्सन मोटर एक थान, ब्रेस ब्लेड दुई थान रहेका छन् ।