भक्तपुर / भक्तपुरको चाँगुनारायणमा डलर देखाएर ठगी गर्ने एकजनाको कुटपिट गरि हत्या भएको छ । हत्यामा संलग्न रहेको आरोपमा   मकवानपुरका सुरेश न्यौपाने र कैलालीको गोदावरी नगरपालिका-२ घर भएका वीरेन्द्र बहादुर खड्कालाई प्रहरीले पक्राउ गरेको छ । कुटपिटबाट सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-४ घर भएका रेशम बुढाथोकीको हत्या भएको हो । महानगरीय प्रहरी प्रभाग साँखुबाट खटिएको टोलीले खड्का  न्यौपानेलाई पक्राउ गरेको हो । कुटपिटबाट गम्भीर घाइते भएका रेमश बुढाथोकीको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरूलाई ज्यान सम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरका डीएसपी राजु पाण्डेले जानकारी दिएका छन् ।

यता चाँगुनारायणमा  झगडा भएको थाहा पाएर मान्छे पक्राउ गर्न गएका थिए महानगरीय प्रहरी प्रभाग साँखुका असई दिलिप खड्का समेत घटनामा मुछिएका छन् । 

OM Sai Pathibhara Hospital

असई  खड्काले मृतक रेशम बुढाथोकी र हत्या आरोपीको साथबाट उनले नगद ८ लाख सहित केही डलर बरामद गरेका थिए । मृतकले कागजको बाहिर राखेको १ रुपैयाँ दरका केही डलर असई खड्काले बरामदी मुचुल्कामा देखाका थिएनन् । उनले ‘डलरको कुरा नगर्नु’ भनेर आफ्नै गोजीमा हालेर हिडेँको  कुरा बाहिर आएपछि  उनलाई पनि पक्राउ गरिएको छ ।

साँखुमा कार्यरत असई खड्कालाई ठगी सम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान भइरहेको भक्तपुर परिसरका डिएसपी पाण्डेले जानकारी दिए । उनले भने, ‘सो घटनामा ज्यान सम्बन्धी कसुर र ठगी सम्बन्धी मुद्दा दर्ता गरेका छौं ।’ साँखु प्रहरीले असईको घरबाट डलर बरामद गरेर भक्तपुर परिसरलाई जिम्मा लगाएको छ ।