बिर्तामोड / काँकडभिट्टाबाट काठमाडौँ तर्फ जाँदै गरेको यात्रुबाहक बस पल्टिदा ३८ जना घाइते भएका छन् । काँकडभिट्टाबाट काठमाडौं गइरहेको बा५ख ७९४२ नम्बरको यात्रुबाहक बस  चितवनको इच्छाकामना गाउँपालिका-३ स्थित पानीधारा भन्ने ठाउँमा अनियन्त्रित भई सडकमा पल्टिएको  हो । 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी नरहरि अधिकारीका अनुसार बसमा सवारमध्ये ३८ जना घाइते भएका छन्घा भने, तीन जनाको अवस्था गम्भीर रहेको छ। सामान्य घाइते २५ जनाको फिस्लिङस्थित पोलिक्लिनिकमा उपचार भइरहेको छ । ६ जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ। यहाँ उपचाररतमध्ये एक जनाको अवस्था गम्भीर छ । 

OM Sai Pathibhara Hospital

पाँच जनालाई उपचारका लागि बिर्तामोड स्थित बिएण्डबी अस्पताल लगिएकोमा दुई जनाको अवस्था गम्भीर रहेको अधिकारीले बताएका छन् ।