बिर्तामोड / म्यानपावरलाई मोटो रकम तिरेर धेरै धन कमाउन र परिवारका इच्छा परिपूर्ति गर्न साउदी पुगेका १० नेपाली युवा अलपत्र परेका छन् । १० नेपाली युवा काठमाडौँ स्थित मेरिडियन म्यानपावर सर्भिस प्रा.ली बाट एक महिना अगि साउदी पुगेका थिए । अलपत्र परेका युवाहरू मध्ये ६ जना करिब १ महिना अघि र ४ जना दुई महिना अघि साउदीको रादिक भन्ने ठाउँमा पुगेको पीडित राजदूत तामाङले बताए । प्रतिव्यक्ति १ लाख ६० हजारदेखि २ लाख ३० हजारसम्म म्यानपावरलाई रकम तिरेर गएका उनीहरूलाई १२ सय प्लस ३ सय रियाल कमाई हुने आश्वासन दिइएको पीडितहरूको भनाई रहेको छ । केही दिन अघि मात्र अर्का कम्
विराटनगर / मोरङको विराटनगर –९ का एक कांग्रेस कार्यकर्ताको मर्निङ वाका क्रममा सवारी साधनले ठक्कर दिँदा मृत्यु भएको छ । मृत्यु हुनेमा नेपाली कांग्रेस वडा नम्बर ९ का सचिव पुष्प देउजा रहेका छन् । उनलाई आज (शुक्रबार) बिहान छ बजे मर्निङ वाक गरिरहेका बेला विराटनगर –१४ स्थित एमएम प्लास्टिक उद्योग नजिकै रोडशेषबाट जोगवनी तर्फ जाँदै गरेको नाम नै नखुलेको सवारी साधनले ठक्कर दिएको थियो । सवारीसाधनको ठक्करबाट घाइते भएका देउजाको उपचारको क्रममा कोशी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मोरङले जनाएको छ । प्रहरी कार्यलयका मोरङका अनुसार सवारी साधनले ठक्कर दिएर फरार भएका कारण
सप्तरी / सप्तरीको खडक नगरपालिका–५ रञ्जितपुरमा भएको दुर्घटनामा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । दुर्घटनामा घाइते भएका सप्तरीको नेपाल विद्युत प्राधिकरण बोलेरोका चालक बोदे बर्साइन –५ का २६ वर्षीय शिवराज यादवको उपचारका क्रममा मृत्यु भएको हो ।बोलेरो गाडीमा सवार बोदे बर्साइन –१० का ३० वर्षीय शैलेश यादव, महेश चौधरी, २६ वर्षीय वृजेशकुमार यादव, ३० वर्षीय जयशंकर साह र सिरहाको लहान–८ का ३५ वर्षीय अरुणकुमार सिंह घाइते भएको सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद काफ्लेले जनाएका छन् । विद्युत प्राधिकरण बोदे बर्साइन शाखाको प्रदेश २–०१–००१ च ०३३४ न
बिर्तामोड / पछिल्लो समयमा प्रदेश १ का केही जिल्लामा शसस्त्र विद्रोहका नाममा हिंसात्मक गतिविधि गरिरहेको हिमाल सुरक्षा परिषद नामको सङ्गठनका मुख्य नाइके झापाका खगेन्द्र खरेल पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालय झापाबाट सादा पोशाकमा खटिएका प्रहरीले खरेललाई भारतको नकलबन्दा क्षेत्रबाट भारतीय प्रहरीको सहयोगमा पक्राउ गरी बिहीबार बेलुका नेपाल ल्याएको प्रदेश प्रहरी कार्यालय स्रोतले जानकारी गराएको छ ।पक्राउ परेका खरेललाई इटहरी बम विस्फोटनका विषयमा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीको जिम्मा लगाएको बताइएपनि सो विषयमा दुवै जिल्ला प्रहरी कार्यालयले भने आधिकारिक रुपमा केही पनि बताएका छैनन्
बिर्तामोड / मोरङको गछियामा १६ महिने नाबालिकाको बलात्कार पछि हत्या भएको एक महिना बित्न नपाउँदै अर्की एक १६ महिनाकी नाबालिका बलात्कृत भएको सार्वजनिक भएको छ ।कैलालीको टीकापुर नगरपालिकाकी १६ महिने अबोध बालिकाको बलात्कार भएको सार्वजनिक भए लगत्तै प्रहरीले परिवारको उजुरीका आधारमा २० वर्षीय युवकलाई पक्राउ गरेको छ ।इलाका प्रहरी कार्यालय टिकापुरमा परेको जाहेरीका आधारमा युवकलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
बिर्तामोड / प्रहरीले झापाको बिर्तामोडबाट सुनको बिस्कुट भन्दै महिलालाई ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाह्रदशी-६ घर भएका ४१ वर्षीय राजु खड्का रहेका छन् । गत चैत्र १५ गते बिर्तामोड-४ की ६४ वर्षीया रेनुका शिवाकोटीलाई खड्काले १० तोला सुनको बिस्कुट भन्दै झुक्याएर महिलाको सुनको सिक्री साटेर फरार भएको आरोप रहेको छ । खड्कालाई पीडित महिलाको उजुरीको आधार पक्राउ गरिएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यले जानकारी दिए । प्रहरीले खड्कालाई अर्जुनधारा -११ स्थित नयाँ बसपार्कमा भारतीय नम्बरको ग
बिर्तामोड / केही दिन अघि मोरङको उर्लाबारीबाट बरामद भएको अवैध कपडाको कारोबारीमाथि छानविन सुरु गरेपछि व्यवसायीको दवाव झेलीरहेको राजश्व अनुसन्धान विभागले बिहीबार राती बिर्तामोडमा नै अवैध कपडा रहेको सूचनाको आधारमा अर्को एउटा घरमा पनि छापा मारेर घर नै सिलबन्दी गरिदिएको छ ।उर्लाबारीमा बरामद कपडा सँग जोडिएका कारोबारीको बिर्तामोडको शनिश्चरे रोडमा रहेको पसलमा छामा मार्ने क्रममा बिर्तामोडका व्यवसायी आन्दोलनमा उत्रिएकै दिन राती विभागले अवैध रुपमा भारतबाट भित्रिएको कपडा र मोटरपार्टस् गोदाम गरी राखेको घर सिलबन्दी गरिदिएको हो ।बिर्तामोड – ३ स्थित दिपेन्द्र आचार्यको घरमा कपडाको अवैध कारोबारमा संलग्न रहेको मा
काठमाडौँ / ललितपुर यातायात कार्यालयबाट प्रहरीले १५ जना बिचौलियालाई पक्राउ गरेको छ । यातायात कार्यालयमा गएर सेवाग्राहीलाई दुःख दिएको भन्दै प्रहरीले ललितपुर महानगरपालिका –४ बागडोल बस्ने खोटाङको दिक्तेल घर भएकी १९ वर्षीया इनिमायाँ राईसहित १५ जनालाई पक्राउ गरेको हो । ललितपुर महानगरपालिका –१३ स्थित यातायात व्यवस्था कार्यालयको काममा बाधा पुर्याउने र कार्यलयमा आउने सेवाग्राहीहरूलाई अनावश्यक रुपमा दुःख दिएको सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय ललितपुरले जनाएको छ ।
बिर्तामोड / आसन्न स्थानीय सरकारको चुनावमा महिला सहभागिता बढाउन पत्रकारको भूमिकाका विषयमा झापाको बिर्तामोडमा बुधबारबाट सुरु भएको दुई दिवसीय खोजमूलक पत्रकारिता तालिम आज समापन भएको छ । बिर्तामोड नगरपालिकाको सहयोगमा नारी सञ्चार गृह झापाले सञ्चालन गरेको तालीम बरिष्ठ पत्रकार बबिता बस्नेतको प्रशिक्षणमा सम्पन्न भएको हो ।उक्त तालिममा आधारभुत पत्रकारिता , आसन्न निर्वाचनमा महिला सहभागिता वृद्धिका लागि मिडियाको भूमिका , महिलाका समसामयिक मुद्दाहरू लगायतका विषयहरूमा प्रशिक्षण तथा अन्तरक्रिया भएको थियो । तालिममा सहभागि सबैलाई प्रशिक्षक बस्नेतले विभिन्न समुहमा विभाजन गरेर व्यवहारिक प्रकृयामा सामूहिक क्रि
बिर्तामोड / सिंगो मुलुक र सुरक्षा अंगको ध्यान निर्वाचनमा गएका बेला भारतसँग सिमाना जोडिएका क्षेत्रमा तस्करी मौलाएपछि सकृय बनेको राजश्व अनुसन्धान विभाग विरुद्ध बिर्तामोडका व्यवसायी आन्दोलित बनेका छन् ।राजश्व अनुसन्धान विभागबाट तस्करी नियन्त्रणका लागि खटिएको टोलीले भारतबाट तस्करी भई आएको लत्ताकपडा गोदाम गरी राखेको सूचनाका आधारमा बिर्तामोडको मुख्य बजार क्षेत्र शनिश्चरे रोडमा रहेको कपडा पसलमा छामा मारे पछि बिर्तामोडका व्यवसायी आन्दोलित बनेका हुन् ।विभागको टोलीले शनिश्चरे रोडमा रहेको साह कपडा पसलमा छापा मारी दोकान सिलबन्दी गरिदिएपछि बिर्तामोडका व्यापारी सडकमा उत्रिएका छन् । विभागले व्यवसायीलाई आतङ्क
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.