बिर्तामोड / प्रहरीले झापाको बिर्तामोडबाट सुनको बिस्कुट भन्दै महिलालाई ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाह्रदशी-६ घर भएका ४१ वर्षीय राजु खड्का रहेका छन् । 

गत चैत्र १५ गते बिर्तामोड-४ की ६४ वर्षीया रेनुका शिवाकोटीलाई  खड्काले १० तोला सुनको बिस्कुट भन्दै झुक्याएर  महिलाको सुनको सिक्री साटेर फरार भएको आरोप रहेको छ  । खड्कालाई पीडित महिलाको  उजुरीको आधार पक्राउ  गरिएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यले जानकारी दिए । 
 प्रहरीले खड्कालाई अर्जुनधारा -११ स्थित नयाँ बसपार्कमा भारतीय नम्बरको गाडी आइएनडी एसके ०१ पीसी ५००२ मा बसिरहेको अवस्थामा पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।