बिर्तामोड / मोरङको गछियामा १६ महिने नाबालिकाको बलात्कार पछि हत्या भएको एक महिना बित्न नपाउँदै अर्की एक १६ महिनाकी नाबालिका बलात्कृत भएको सार्वजनिक भएको छ ।
कैलालीको टीकापुर नगरपालिकाकी १६ महिने अबोध बालिकाको बलात्कार भएको सार्वजनिक भए लगत्तै प्रहरीले परिवारको उजुरीका आधारमा २० वर्षीय युवकलाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय टिकापुरमा परेको जाहेरीका आधारमा युवकलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।