बिर्तामोड / आसन्न स्थानीय सरकारको चुनावमा महिला सहभागिता बढाउन पत्रकारको भूमिकाका विषयमा झापाको बिर्तामोडमा बुधबारबाट सुरु भएको दुई दिवसीय खोजमूलक पत्रकारिता तालिम आज समापन भएको छ । बिर्तामोड नगरपालिकाको सहयोगमा नारी सञ्चार गृह झापाले सञ्चालन गरेको तालीम बरिष्ठ पत्रकार बबिता बस्नेतको प्रशिक्षणमा सम्पन्न भएको हो ।

उक्त तालिममा आधारभुत पत्रकारिता , आसन्न निर्वाचनमा महिला सहभागिता वृद्धिका लागि मिडियाको भूमिका , महिलाका समसामयिक मुद्दाहरू लगायतका विषयहरूमा प्रशिक्षण तथा अन्तरक्रिया भएको थियो । 

OM Sai Pathibhara Hospital

तालिममा सहभागि सबैलाई प्रशिक्षक बस्नेतले विभिन्न समुहमा विभाजन गरेर व्यवहारिक प्रकृयामा सामूहिक क्रियाकलापहरू गराएकी थिइन् । तालिममा अनलाइन मिडिया , रेडियो , टेलिभिजन , पत्रपत्रिका लगायतमा कार्यरत संचारकर्मीको उपस्थिति रहेको थियो ।