विराटनगर / मोरङको विराटनगर –९ का एक कांग्रेस कार्यकर्ताको मर्निङ वाका क्रममा सवारी साधनले ठक्कर दिँदा मृत्यु भएको छ । मृत्यु हुनेमा नेपाली कांग्रेस वडा नम्बर ९ का सचिव पुष्प देउजा रहेका छन् ।
उनलाई आज (शुक्रबार) बिहान छ बजे मर्निङ वाक गरिरहेका बेला विराटनगर –१४ स्थित एमएम प्लास्टिक उद्योग नजिकै रोडशेषबाट जोगवनी तर्फ जाँदै गरेको नाम नै नखुलेको सवारी साधनले ठक्कर दिएको थियो ।
सवारीसाधनको ठक्करबाट घाइते भएका देउजाको उपचारको क्रममा कोशी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मोरङले जनाएको छ ।
प्रहरी कार्यलयका मोरङका अनुसार सवारी साधनले ठक्कर दिएर फरार भएका कारण पहिचान हुन नसकेकाले खोजी कार्य भइरहेको छ ।