समाचार

    Showing 22,441-22,450 of 26,011 items.
  • के पुजा सिंह जनपथ तर्फको पहिलो महिला एआईजीपी बन्लिन् त ?

    काठमाडौं / गृह मन्त्रालयको बढुवा समितिको सोमबारको बैठकले प्रहरी नायब महानिरीक्षक (डीआईजी) पूजा सिंहसँगै ५ जनालाई एआईजीमा बढुवा लागि सिफारिस गरेको छ । सो सिफारिस सदर भएको अवस्थामा नेपाल प्रहरीको इतिहासमा प्रशासन (जनपथ) तर्फको पहिलो महिला अतिरिक्त प्रहरी महानिरीक्षक पूजा सिंह बन्ने भएकी छन्  ।सिफारिस भएको एक साताभित्र उनीविरुद्ध कुनै उजुरी नपरे र समितिको सिफारिसलाई मन्त्रिपरिषद्ले सदर गरे नेपाल प्रहरीको इतिहासमा सिंह पहिलो महिला एआईजी बन्ने भएकी हुन् । यसअघि पार्वती थापा पहिलो महिला एआईजी बन्ने देखिए पनि सरकारले उनको बढुवा रोकेको थियो । थापा सिनियर हुँदाहुँदै उनलाई छाडेर सरका

    • प्रकाशित मितिः जेठ ९, २०७९
    • 117 पटक पढिएको
  • बोरामा प्याक गरेको अवस्थामा तामाङको शव फेला , हत्या आरोपमा दुई जना पक्राउ

    काठमाडौं / काठमाडौं महानगरपालिका-१६ मा एक पुरुषको हत्या गरी बोरामा प्याक गरेर शव विष्णुमती खोलामा फालिएको अवस्थामा भेटिएको छ । हत्यामा संलग्न भएको आरोपमा दुई जना पक्राउ परेका छन् । गत जेठ ५ गते दक्षिणकाली नगरपालिका-१ पावर हाउस नजिक बागमती नदी किनारमा सड्न लागेको अवस्थामा एक पुरुषको शव भेटिएको थियो । बोरामा प्याक गरेर फालिएको अवस्थामा भेटिएको शव बारे काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान प्रक्रिया अघि बढाएको थियो । अनुसन्धानका क्रममा मृत भेटिएका व्यक्ति सिन्धुपाल्चोकको जुगल गाउँपालिका-८ बराम्चे घर भई काठमाडौंको नयाँबजार बस्दै आएका ३५ वर्षीय जीवन भनिने कान्छा लामा तामाङ

    • प्रकाशित मितिः जेठ ९, २०७९
    • 148 पटक पढिएको
  • सुन्दरी प्रतियोगिता राज्यको हितका लागि छैन् भन्दै रोक्न माग

    काठमाडौं / सुन्दरी प्रतियोगिता राज्यको हितका लागि छैन् भन्दै सांसद अमृता थापाले रोक्नु पर्ने माग राखेकी छिन् । संसदको महिला तथा सामाजिक समितिको बैठकमा नेकपा माओवादीकी सांसद थापाले सुन्दरी प्रतियोगिता रोक्न माग गरेकी हुन् ।महिला हिंसा र बलात्कारजस्ता अपराधमा हदम्याद सम्बन्धी विषयमा छलफल हुँदा सुन्दरी प्रतियोगिता नगर्दा देशलाई कति नोक्सान पर्छ भन्दै प्रश्न समेत गरेकी थिइन् ।थापाले विगतमा पनि माओवादीले सुन्दरी प्रतियोगिताको बारेमा आवाज उठाएको समेत स्मरण गराइन् । बलात्कारको घटनामा ऐन संशोधन गरेर हदम्याद नलाग्ने बनाउनु पर्ने उनले धारणा राखिन् ।

    • प्रकाशित मितिः जेठ ९, २०७९
    • 56 पटक पढिएको
  • एक नाले घरेलु बन्दुकसहित २७ वर्षीय युवक पक्राउ

    वीरगन्ज  / विशेष सूचनाका आधारमा प्रहरीले एक नाले घरेलु बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सागढी नगरपालिका– ९ बस्ने २७ वर्षीय मनोज भन्ने शिवु माझी मुसहर रहेको प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिएका छन् ।बन्दुक बोकी बडेर्वाबाट तेलिया टोलतर्फ जाँदै गरेको भन्ने सूचना प्राप्त भएपछि खोजतलास तथा अनुसन्धानको क्रममा इलाका प्रहरी कार्यालय एकटाँगा र अस्थायी प्रहरी पोष्ट मनवाबाट संयुक्त टोलीले तेलिया टोल जाने सडकखण्डबाट मुसहरलाई पक्राउ गरेको थियो ।प्रहरी टोलीलाई देख्नासाथ भाग्ने खोजेका थिए । तर प्रहरीले सक्रियता देखाउँदै १२ बोरको १ नाले घरेलु बन्दुकसहित मुसहरलाई पक्राउ

    • प्रकाशित मितिः जेठ ९, २०७९
    • 67 पटक पढिएको
  • करेन्ट लागेर ट्रिपर चालकको मृत्यु

    बिर्तामोड / मोरङको बेलबारी नगरपालिका- ५ मा करेन्ट लागेर ट्रिपर चालकको मृत्यु मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रिपरका चालक सुन्दरहरैचा नगरपालिका- ८ सलकपुरका ३० वर्षीय नगेन्द्र कार्की रहेको प्रहरीले जनाएको छ । आइतबार दिउँसो साँढे २ बजेको समयमा जलजला क्रसर भित्र पार्किङ गरी राखेको ट्रिपरलाई सफा गर्नका लागी डाला उठाउँदा अचानक बिजुलीको तारमा छुँदा करेन्ट लागी कार्कीको घटनास्थलमै मृत्यु भएको  प्रहरीले जनाएको छ । 

    • प्रकाशित मितिः जेठ ९, २०७९
    • 60 पटक पढिएको
  • दुई छुट्टाछुट्टै स्थानबाट ब्राउनसुगर सहित ४ जना पक्राउ

    बिर्तामोड / झापा र मोरङका दुई छुट्टाछुट्टै स्थानबाट नियन्त्रित लागूऔषध ब्राउनसुगर सहित ४ जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय झिलझिले र लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले शिवसताक्षी नगरपलिका- ११ दुधेबाट ३ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा भद्रपुर नगरपालिका- ७ का १९ वर्षीय हरदिप राजवंशी, भारतीय नागरिक दार्जिलिङ दुलालजोतका २२ बर्षीय सुरेन मरमन र २३ वर्षीय अर्जुन रोय रहेका छन् । उनीहरूको साथबाट प्रहरीले दुई सय तीन ग्राम चार सय दश मिली ग्राम लागूऔषध ब्राउनसुगर , नगद ३८,७३०९  रुपैयाँ  र उनीहरूले प्रयोग गरेको प्

    • प्रकाशित मितिः जेठ ९, २०७९
    • 99 पटक पढिएको
  • उदयपुरमा चट्याङले लागेर ४५ वर्षीया महिलाको मृत्यु

    उदयपुर / उदयपुरमा चट्याङले लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको कटारी नगरपालिका -११ गोठडाँडाकी ४५ वर्षीया भक्त कुमारी बुढाथोकी रहेको प्रहरीले जनाएको छ । आइतबार बिहान आफ्नै घरमा बसिरहेको अवस्थामा अचानक चट्याङले लागेर घाईते भएकी बुढाथोकीलाई उपचारको लागी कटारी अस्पताल लगिएको र उपचारको क्रममा साँढे १० बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । 

    • प्रकाशित मितिः जेठ ९, २०७९
    • 56 पटक पढिएको
  • मेचीनगर- ६ को वडाध्यक्षमा कांग्रेसका तामाङ विजयी

    बिर्तामोड /  झापाको  मेचीनगर नगरपालिका वडा नं - ६ को अध्यक्षमा नेपाली कांग्रेसका ललितबहादुर तामाङ  विजयी भएका छन् । तामाङले ३९६९ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धा बालकृष्ण थापाले २२२४ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय मेचीनगरले जनाएको छ । अन्य चार जना वडा सदस्यमा एमालेका उम्मेदवारहरू विजयी भएका छन् । महिला सदस्यमा एमालेकी अञ्जु थापा २७७२ मत ल्याएर विजयी भइन् । उनका प्रतिस्पर्धा काङ्ग्रेसकी शशि राईले २५९० मत प्राप्त गरिन् ।त्यस्तै दलित महिला सदस्यमा एमालेकी सीमा रसाइली २९६० मत ल्याएर विजयी भइन् । उनका प्रतिस्पर्धा हसियाँ हतौडाकी अञ्जली विकले १००८ म

    • प्रकाशित मितिः जेठ ९, २०७९
    • 58 पटक पढिएको
  • दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किँदा एकको मृत्यु, चार जना घाइते

    झापा / कपिलवस्तुको कृष्णनगर नगरपालिका -११ सौनहवामा आइतबार बेलुकी दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने, चार जना घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकल चालक कृष्णनगर नगरपालिका- १० बकौलीका २२ वर्षीय राजेशलाल चौरसिया रहेको प्रहरीले जनाएको छ । कृष्णनगरबाट चन्द्रौटा तर्फ जाँदै गरेको लु ७५ प ४१३ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको तीन जना सवार लु ८ प १५०२ नम्बरको मोटरसाइकल हिजो बेलुकी सवा ८ बजे ठोक्किएका थिए । घाइते भएका अर्को मोटरसाइकल चालक सहित चार जनाको सोही अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गणेशपुरले जनाएको छ । 

    • प्रकाशित मितिः जेठ ९, २०७९
    • 131 पटक पढिएको
  • आज दिउँसो ३ बजे पत्रकार सम्मेलन गर्दै कांग्रेस

    काठमाडौं / आज दिउँसो ३ बजे नेपाली कांग्रेसले पत्रकार सम्मेलन गर्ने भएको छ । वैशाख ३० गते भएको स्थानीय तह निर्वाचन र त्यसको परिणामबारे जानकारी दिन पत्रकार सम्मेलन गर्न लागेको हो ।पत्रकार सम्मेलन  पार्टी केन्द्रीय कार्यालय सानेपामा हुने कार्यालयका मुख्य सचिव डाक्टर कृष्ण पौडेलले जानकारी दिए ।पार्टीका प्रवक्ता प्रकाशशरण महतको उपस्थितिमा हुने पत्रकार सम्मेलनमा आगामी कार्यक्रम र योजनाका बारेमा समेत जानकारी दिइने छ ।

    • प्रकाशित मितिः जेठ ९, २०७९
    • 65 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.