समाचार

    Showing 22,391-22,400 of 26,011 items.
  • पूर्वडिआइजी रञ्जन कोइरालाको मुद्दा पूर्ण इजलासमा

    काठमाडौँ / सशस्त्र प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक (डीआईजी) रञ्जनप्रसाद कोइरालाविरुद्धको रिटको पेसी पूर्ण इजलासमा तोकिएको छ ।पूर्ण इजलासमा कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू टंकबहादुर मोक्तान र डा. कुमार चुडाल रहेका छन् ।महान्यायधिवक्ता कार्यालयले ११ साउन २०७७ मा श्रीमती गीता ढकालको हत्यामा दोषी ठहरिएको कोइरालालाई प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले कैद सजाय घटाउन गरेका फैसलाविरुद्ध पुनरावलोकन रिट दायर गरेको हो ।रिटको सुनुवाइका लागि पहिलो पटक १० चैत २०७८ मा न्यायाधीशहरू डा. आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र सुष्मालत

    • प्रकाशित मितिः जेठ १२, २०७९
    • 77 पटक पढिएको
  • स्रोत नखुलेको नगद ९ लाख ५० हजार रूपैयाँ सहित भारतीय नागरिक पक्राउ

    वीरगन्ज  / वीरगन्ज महानगरपालिका- १६ रजतजयन्ती चोकबाट स्रोत नखुलेको नगद ९ लाख ५० हजार रूपैयाँ सहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको बिहार बेतिया ग्रामपञ्चायत गुर्वलिया कचहरियाटोला थाना मनुवापुल बस्ने ४२ वर्षीय संजय राम रहेका छन् । उनलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश ३–०२–०११ प ८६२७ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा श्रोत नखुलेको नगद फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः जेठ १२, २०७९
    • 79 पटक पढिएको
  • इन्टरनेटमा नेपाली कम्पनीको विज्ञापन : कानुनको अभावका कारण राज्यले गुमायो राजस्व

    काठमाडौं / पछिल्लो समय नेपालका धेरै कम्पनीहरूले सामाजिक सञ्जाल र इन्टरनेट प्लेटफर्म मार्फत विज्ञापन गर्दा गैरकानुनी रुपमा भुक्तानी गर्ने गरेको पाइएको छ । नेपालको कानुनले यस्ता प्लेटफर्ममा विज्ञापन गर्न नेपाली कम्पनीहरूलाई छुट नदिएको कारण भुक्तानी गर्न गैरकानुनी बाटो अपनाइएको हो । विदेशी सञ्चार प्लेटफर्ममा नेपाली कम्पनीहरूले विज्ञापन गर्न पाउने नपाउने विषय उल्लेख नगरिएकाले पनि यस्ता विज्ञापनको भुक्तानी पनि गैरकानुनी रुपमा गर्दै आएका छन् । सार्वजनिक सञ्चारमाध्यममा विज्ञापन गर्न महँगो पर्ने र प्रभावकारिता पनि कम हुने भन्दै कम्पनीहरूले यस्ता प्लेटफर्ममा विज्ञापन गर्न आकर्षित भएका हु

    • प्रकाशित मितिः जेठ १२, २०७९
    • 95 पटक पढिएको
  • पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्धमा प्रदर्शन गर्ने अनेरास्ववियुका विद्यार्थी नेता पक्राउ

    हेटौंडा / पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्धको आन्दोलनको क्रममा हेटौडाबाट अनेरास्ववियुका नेताहरू पक्राउ परेका छन् । अनेरास्ववियुले आज मूल्यवृद्धि विरुद्ध सरकारी सवारीसाधनको चाबी नियन्त्रणमा लिएर नजिकैको प्रहरी कार्यालयमा बुझाउने कार्यक्रम राखेको थियो ।आन्दोलनको क्रममा सरकारी सवारीको चाबी थुतेपछि प्रहरीले विद्यार्थी नेताहरूलाई पक्राउ गरेको हो । प्रहरीले स्थायी कमिटी सदस्य सन्तोष पौडेल, जिल्ला उपाध्यक्ष भुवन मैनाली, सचिव पुष्कर तिमल्सिना, युवा संघका नेता राजकुमार घिमिरेलगायतलाई पक्राउ गरेको हो ।शान्तिपूर्ण आन्दोलनका क्रममा आफ्ना नेताहरूलाई गिरफ्तार गरिएको घटनाप्रति अनेरास्ववियुले खेद प्रकट

    • प्रकाशित मितिः जेठ १२, २०७९
    • 78 पटक पढिएको
  • श्रीमतीको हत्या गरी फरार रहेका श्रीमान पक्राउ

    बिर्तामोड /  मोरङको जहदा गाउँपालिका- २ का दिनेश कुमार राजभरलाई श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । गत ज्येष्ठ ६ गते राती ९ बजे घरायसी विवादका कारण ४३ वर्षीय राजभरले आफ्नै श्रीमती ३५ वर्षीया गीता देवी राजभरलाई काठ र फलामको रडले टाउको र कम्बरमा प्रहार गरी हत्या गरेर घटना स्थलबाटै फरार भएका थिए । घटनाको जानकारी पाए लगतै जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले खोज तलासको क्रममा राजभरलाई ज्येष्ठ १० गते पक्राउ गरेको हो । पक्राउ परेका राजभरको मोरङ जिल्ला अदालतबाट ज्यान सम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । 

    • प्रकाशित मितिः जेठ १२, २०७९
    • 88 पटक पढिएको
  • काठमाडौंको गुहेश्वरी खोलामा घोप्टो परेको अवस्थामा युवाको शव फेला

    काठमाडौं / काठमाडौंको गुहेश्वरी खोलामा एक युवाको शव फेला परेको छ ।खोलामा घोप्टो परेको अवस्थामा आज बिहान शव देखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए । प्रहरी घटनास्थल पुगेको छ ।शव कसको हो भन्ने पहिचान खुलेको छैन ।करिब ३५ / ४० वर्ष उमेरको देखिने युवाको शव फेला परेको प्रहरीले बताएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

    • प्रकाशित मितिः जेठ १२, २०७९
    • 82 पटक पढिएको
  • तीव्र गतिका कारण एम्बुलेन्स घरभित्र पस्दा वृद्धाको मृत्यु

    झापा / तीव्र गतिका कारण एम्बुलेन्स दुर्घटना हुँदा सिन्धुपाल्चोकमा एक जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोकको लामोसाँघु- जिरी सडकखण्ड अन्तर्गत दुई किलोमा एम्बुलेन्स दुर्घटना भएको हो । मृत्यु हुनेमा स्थानीय ७५ वर्षीया मनमाया खड्का रहेको प्रहरीले जनाएको छ । एम्बुलेन्स सुनकोशी गाउँपालिका वडा नम्बर ७ स्थित दुई किलोमा गए राति बा २० च ६३२७ नम्बरको एम्बुलेन्स अनियन्त्रित भई सडक छेउको एक घरमा छिरेको थियो । उक्त एम्बुलेन्स खाडीचौर बचत तथा ऋण सहकारी संस्थाले सञ्चालन गर्दै आएको थियो । तीव्र गतिका कारण एम्बुलेन्स दुर्घटनामा परेको अनुमान छ ।

    • प्रकाशित मितिः जेठ १२, २०७९
    • 95 पटक पढिएको
  • पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि ढुवानी सेवा बन्द

    काठमाडौं / पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएपछि पर्साको  वीरगञ्जका खुद्रा ढुवानी व्यवसायीले सम्पूर्ण ढुवानी सेवा बन्द गरेका छन् ।ढुवानी व्यवसायी सङ्घ वीरगञ्जका अनुसार पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको प्रत्यक्ष प्रभाव ढुवानी व्यवसायीलाई परेको भन्दै उनीहरूले ढुवानी सेवा बन्द गरेका हुन् । पेट्रोलियम पदार्थमा अत्यधिक मूल्य वृद्धि भए पनि ढुवानी भाडामा वृद्धि नभएकाले तत्कालका लागि सबै प्रकारका ढुवानी सेवा बन्द गरिएको सङ्घका उपाध्यक्ष प्रविन कुमार कर्णले जानकारी दिए । वीरगञ्जबाट दैनिक कम्तीमा ४० देखि ६० व्यवसायीले खुद्रा सामग्री लिएर पूर्व–पश्चिमका विभिन्न सहरमा जाने गरेका थिए । 

    • प्रकाशित मितिः जेठ १२, २०७९
    • 88 पटक पढिएको
  • जेठ १५ देखि राहदानी विभाग आइतबार पनि खुल्‍ने

    काठमाडौँ / राहदानी विभागले (आइतबार) पनि सेवा प्रवाह गर्ने भएको छ । नीति तथा कार्यक्रममा विद्युतीय राहदानी सहज रुपमा उपलब्ध गराउन उल्लेख गरेकाले १५ गतेबाट सार्वजनिक बिदाको दिन पनि नियमित रुपमा खुल्ने भएको हो ।विभागका अनुसार सेवाग्राहीको चाप बढेकाले सार्वजनिक बिदाको दिन पनि सेवा दिन लागेको हो । अर्को व्यवस्था नभएसम्म आइतबार १० देखि ४ बजेसम्म खुल्ने भएको हो ।त्यस्तै विभागले राहदानीको लागि आवेदन दिएका सेवाग्राहीले बुकिङ गरेको सम्बन्धित मिति र समयमा विभागमा आउन अनुरोध गरेको छ ।

    • प्रकाशित मितिः जेठ १२, २०७९
    • 76 पटक पढिएको
  • दैलेख बस दुर्घटना : चार जनाको मृत्यु, ३९ घाइते

    दैलेख / दैलेखको आठबिस नगरपालिका –२ स्थित सिस्नेमा बस दुर्घटनामा हुँदा चार जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन् । मृत्यु हुनेमा दैलेखको दुल्लु नगरपालिका –९ का प्रेम सुनार र काशीराम पाण्डे, कालीकोटको पलता गाउँपालिका –३ का ज्ञानबहादुर बम र धनकला शाही रहेका छन् । बुधबार राति कालीकोटबाट सुर्खेत हुँदै नेपालगञ्ज जाँदै गरेको म१ख ६६० नम्बरको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक भुवनेश्वर साहले जानकारी दिए । सहका अनुसार घाइतेहरूको स्थानीय स्वास्थ्य चौकी र कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ ।

    • प्रकाशित मितिः जेठ १२, २०७९
    • 63 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.