झापा / चितवनमा आफ्नै श्रीमानले श्रीमतीलाई कुटपिट गरी पाठेघर निकालिदिएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खैरहनी नगरपालिका- १० मुसहरबस्तीका रामचन्द्र माझी रहेका छन् । माझीले बिहीबार राति आफ्नी श्रीमतीको गुप्ताङ्गमा हात हालेर पाठेघर निकालिदिएको प्रहरीले बताएको छ । कुटपिटबाट घाइते श्रीमतीलाई उपचारका लागि भरतपुर अस्पताल ल्याइएको छ । पक्राउ परेका माझीमाथी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय खैरहनीका प्रमुख अनोज विश्वकर्माले जानकारी दिएका छन् ।
काठमाडौं / काठमाडौंको कोटेश्वरमा बसले स्कुटरलाई ठक्कर दिँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रामेछापको गोकुलगङ्गा गाउँपालिका १ का ३७ वर्षीय आशाबहादुर नेवार रहेको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिएका छन् । उनका अनुसार बिहीबार दिउँसो काठमाडौं महानगरपालिका- ३२ कोटेश्वरचोक नजिक सडकखण्डमा दुर्घटना भएको हो ।कोटेश्वरबाट बालकुमारीतर्फ जाँदै गरेको बा २ ख ६१२१ नम्बरको बसले स्कुटरलाई ठक्कर दिएको हो । बा ८९ प ९०२४ नम्बरको स्कुटर सोही दिशातर्फ जाँदै थियो । ठक्करबाट घाइते भएका नेवारलाई उपचारका लागि बिएण्डबी अस्पताल ललितपुर लगिए पनि उनको उपचार
अर्घाखाँची / अर्घाखाँचीमा चितुवाको आक्रमणबाट ७ वर्षीय बालकको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार गुल्मीको रेसुङ्गा घर भई अर्घाखाँचीको सन्धिखर्क –४ स्थित मामाघर बस्दै आएका सम्राट नेपालीको मृत्यु भएको हो । चितुवाको आक्रमणमा परेका बालक नेपालीको शव घरबाट करिब एक किमीको दूरीमा छिन्नभिन्न अवस्थामा फेला समेत परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए ।थापाका अनुसार विहीबार अपरान्ह साढे चार बजे विद्यालयबाट घर आएका बालक बारीमा रहेकी आमा भएतिर जाँदै गर्दा चितुवाले आक्रमण गरेको थियो ।
काठमाडौं / नेपालमा स्थानीय वायु, भारतको विहारको आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली छ भने प्रदेश १ का एक/दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भएको छ ।दिउँसो पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । राति प्रदेश १, मधेस प्रदेशका थोरै र बाँकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
काठमाडौं / निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने गरी सरकारको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएको छ । आनन्द भण्डारी लगायतले २ वर्षअघि दिएको रिटमा आदेश जारी गर्दै सर्वोच्चले निजगढमा विमानस्थल बनाउने सरकारको निर्णयलाई बदर गरेको हो । त्यस्तै, वन मन्त्रालयको वातावरणीय अध्ययन प्रतिवेदन र निजगढको ८ हजार ४५ हेक्टर जंगल उड्डयन प्राधिकरणलाई दिने निर्णय सर्वोच्चले बदर गरेको छ ।सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत र मनोजकुमार शर्माको इजलासले निजगढमा विमानस्थल बनाउने निर्णय खारेज गरी उपयुक्त अरू ठाउँ खोजेर अन्
एजेन्सी / भारतको पूर्वी राज्य बिहारमा नक्कली मदिरा सेवनका कारण विगत पाँच दिनमा झण्डै १३ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले बिहीबार जनाएको छ । उक्त घटना दक्षिण बिहारको औरङ्गावाद र गया जिल्लामा भएको बताइएको हो । बिहार राज्यका मुख्यमन्त्री नितिश कुमारले रक्सीको बिक्री र उपभोगमा प्रतिबन्ध लगाएपछि विगत धेरै वर्षदेखि सुक्खा राज्य को रूपमा चर्चा गरिने गरिएको छ । तर छिमेकी राज्यबाट खरिद गरी बिहारमा गोप्य रूपमा बिक्री गर्ने मदिरा माफियाको संलग्नता रहेको अवैध मदिराको कारोबार राज्यमा भइरहेको छ। मदनपुर र सलैया प्रहरी चौकीका प्रहरीले फोनमा घटनाको अनुसन्धान भइरहेको बताए पनि अहिलेसम्म मृत्यु हुनेक
झापा / वीर अस्पताल र त्रिवि शिक्षण (टिचिङ) अस्पताल महाराजगञ्जको डाक्टर भन्दै ठगी गर्ने गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । ठगी कार्यमा संलग्न रहेको आरोपमा अछाम मङ्गलसेन नगरपालिका- २ बस्ने चक्र बहादुर बिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आफूलाई डाक्टर बताउँदै छात्रवृत्तिमा अध्ययन गर्न पाउने कोटामा भर्ना गरिदिन्छु भनी ठगी गरेको अभियोगमा उनलाई बुधबार अछाम प्रहरीले पक्राउ गरेको हो ।त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा विदेशी नागरिकले ५० प्रतिशत छात्रवृत्तिमा एमबीबीएस अध्ययन गर्न पाउने कोटामा भर्ना गरिदिन्छु भनी बिकले ठगी गरेको प्रहरीले जनाएको छ ।उनले आफूलाई वीर र टिचिङ
काठमाडौं / सशस्त्र प्रहरी बलले आफ्ना कर्मचारीलाई फ्रेन्च भाषा पढाउने भएको छ । संयुक्त राष्ट्रसङ्घले शान्ति मिसनमा फ्रेन्च भाषा जानेकालाई प्राथमिकता दिन थालेपछि सशस्त्रले केही कर्मचारीलाई फ्रेन्च पठाउन लागेको हो ।हालै सशस्त्र प्रहरीले ५० जनालाई फ्रेन्च पठाउने प्रक्रिया सुरु गरेको छ । त्यसका लागि आवेदन दिन इच्छुक कर्मचारीलाई सूचना मार्फत आह्वान गरिएको छ । आवेदक मध्येबाट छानेर भाषा पढाउन लागिएको सशस्त्रका एक अधिकारीले बताए । त्यस्तै, सशस्त्र प्रहरी बलले अन्य देशमा शान्ति मिसनमा पठाउनका लागि पनि पहल थालेको छ ।
काठमाडौं / परराष्ट्र मन्त्रालय अन्तर्गत रहेको राहदानी विभागले आइतबार पनि सेवाग्राहीलाई सेवा प्रदान गर्ने भएको छ । विभागले आज विहीवार विज्ञप्ति जारी गर्दै सो जानकारी दिएको हो ।सरकारले जेठ १ गतेबाट हप्ताको दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिँदा राहदानी लिन आउनेको चाप बढेपछि विभागले आइतबार पनि सेवा प्रदान गर्ने निर्णय गरेको हो ।विभागका अनुसार आइतबार बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म सेवा प्रदान गरिने जनाएको छ ।
काठमाडौं / नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले यौन दुर्व्यवहार गरेको आरोपमा एक कर्मचारीलाई निलम्बन गरेको छ ।परिषद्ले इन्टर्नसिपमा आएकी युवतीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा तालिम अधिकृत विजयकुमार झालाई निलम्बन गरेको हो ।झाले दुर्व्यवहार गरेको भन्दै युवतीले निवेदन दिएपछि परिषदले सोधपुछ गर्दा घटना भएको पाएपछि छानबिन समिति समेत गठन गरेको जनाइएको छ ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.