काठमाडौँ / विभिन्न कसुरमा दोषी ठहर भइ कैद सजाय भुक्तान गर्दै आएका ८३४ जना कैदीको गणतन्त्र दिवसको अवसरमा सजाय माफी मिनाहा भएको छ ।मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले खड्ग श्रेङ लिम्बू समेत २७१ जना र नरबहादुर साँवा समेत ५४७ जनाको बाँकी कैद सजाय १५ जेठ २०७९ देखि माफी मिनाहा गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।यस्तै संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधिको दफा १५९ बमोजिम उमाकान्त पराजुलीसहित १६ जनाको कैद सजाय माफी भएको छ ।
काठमाडौँ / सरकारले निजामती कर्मचारीको तलब भत्ता बढाउने भएको छ । प्रत्येक तीनतीन वर्षमा निजामती कर्मचारीको तलब भत्ता पुनरावलोकन गर्ने व्यवस्थाअनुसार सरकारले फेरि तलब बढाउने तयारी गरेको हो। पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका अर्थमन्त्री युवराज खतिवडाले तीन वर्षअघि कर्मचारीको तलब बढाएका थिए। गत वर्ष २ हजार रुपैयाँका दरले तलब बढाएकाले अहिले पुनरावलोकन गर्न सरकारलाई दबाब परेको हो।अर्थ मन्त्रालयका एक उच्च अधिकारीका अनुसार अर्थमन्त्री जनार्दन शर्मा र अर्थसचिव मधुकर मरासिनी धेरैथोरै जति सकिन्छ, तलब बढाउनुपर्छ भन्ने पक्षमा छन्। निजामती कर्मचारीको तलबभत्ता पुनरावलोकन गरी सुझाव दिन गठित स
झापा / स्थानीय वायु, भारतको उत्तर प्रदेश र विहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभावले देशभरको मौसममा बदली भएको छ।जसअनुसार आज (शनिबार) प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीको सम्भावना रहेको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार केही स्थानहरूमा मेघ गर्जन र चट्याङ र हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
झापा / दाङको बङ्गलाचुली गाउँपालिका र लमही नगरपालिकाको सीमाना रहेको जङ्गलमा सिकार खेल्न गएका युवकको गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका वडा नम्बर– १ बौराह निवासी २३ वर्षीय कालुराम घर्ती मगर रहेको प्रहरीले जनाएको छ । उनको घाँटीमा गोली लागेको र घटनामा संलग्न रहेको भन्दै प्रहरीले ८ जनालाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान सुरु गरेको छ ।
एजेन्सी / शुक्रबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ७ विकेटले हराउँदै राजस्थान रोयल्स इन्डियन प्रिमियर लिग (आईपीएल)को फाइनलमा प्रवेश गरेको छ । राजस्थानले फाइनलमा नवप्रवेशी गुजरात टाइटान्सको सामना गर्नेछ । गुजरात पहिलो क्वालिफायरमा राजस्थानलाई नै हराएर फाइनल पुगेको टोली हो । फाइनल खेल आइतबार राति सवा ८ बजे हुँदैछ ।
विदेश पठाई दिन्छु भनि ठगी गरेको अभियोगमा काठमाडौं टोखा नगरपालिका-८ बस्ने चितवन भरतपुर महानगरपालिका-९ वसन्त चोक घर भएका २७ वर्षीय सुजनराज पाण्डेलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पाण्डेले टिपिकल क्लोथिङ एण्ड क्राफ्ट स्टोर नामक व्यवसायिक कम्पनी दर्ता गर्न लगाई यूरोपको जुनसुकै देशमा गएर ब्यपार व्यवसाय गर्न मिल्ने भिषा लगाई दिन्छु भनि हंगरीको लागि नक्कली भिषा समेत निकाली पीडितबाट २५ लाख रूपैयाँ ठगी गरेको भन्ने सूचना प्राप्त हुनासाथ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उनलाई काठमाडौं बानेश्वरबाट पक्राउ गरेको हो । उनीलाई ठगी कस
विदेश पठाई दिन्छु भनि ठगी गरेको अभियोगमा काठमाडौं टोखा नगरपालिका-८ बस्ने चितवन भरतपुर महानगरपालिका-९ वसन्त चोक घर भएका २७ वर्षीय सुजनराज पाण्डेलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पाण्डेले टिपिकल क्लोथिङ एण्ड क्राफ्ट स्टोर नामक व्यवसायिक कम्पनी दर्ता गर्न लगाई यूरोपको जुनसुकै देशमा गएर ब्यपार व्यवसाय गर्न मिल्ने भिषा लगाई दिन्छु भनि हंगरीको लागि नक्कली भिषा समेत निकाली पीडितबाट २५ लाख रूपैयाँ ठगी गरेको भन्ने सूचना प्राप्त हुनासाथ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उनलाई काठमाडौं बानेश्वरबाट पक्राउ गरेको हो । उनीलाई ठगी कस
काठमाडौं / पाँच करोड २० लाख ठगी गरेको आरोपमा प्रहरीले ७२ वर्षीय वृद्धसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुरको चाँगुनारायण नगरपालिका –७ बस्ने केशव प्रसाद अधिकारी र भक्तपुर नगरपालिका –८ बस्ने ५८ वर्षीय ईश्वर गाइजु रहेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार भक्तपुर सुडालमा रहेको ४ आना सरकारी जग्गा र अन्य व्यक्तिको निजी जग्गासमेत देखाएर उनीहरूले पाँच करोड २० लाख ठगी गरेको उजुरी परेको थियो । सोही उजुरीको आधारमा उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले शुक्रबार दिउँसो भक्तपुर नगरपालिका १० स्थित मालपोत गेटबाट पक्राउ ग
झापा / सल्यान जिल्लाको त्रिवेणी गाउँपालिका- ९ मा प्रहरी चौकी तोडफोड गरेको आरोपमा नेकपा माओवादी केन्द्रका कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ पर्नेमा २५ वर्षीय गोपाल भन्ने विकल्प वली रहेको प्रहरीले जनाएको छ । स्थानीय तह निर्वाचनको प्रचारप्रसारका क्रममा नेपाली काङ्ग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच वैशाख २२ गते झडप भएको र काङ्ग्रेस कार्यकर्ता सुरक्षाको लागि प्रहरी चौकीमा गएपछि माओवादी कार्यकर्ताले नुवाकोट प्रहरी चौकी नै तोडफोड गरेका थिए ।आरोपित विकल्पलाई प्रहरी चौकी तोडफोड गर्ने मुख्य भूमिका रहेको आरोपमा गिरफ्तार गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, रुकुम प
बिर्तामोड / करेन्ट लागेर सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका- २ मेहेता टोलमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४० वर्षीय जिवानन्द मेहेता रहेको प्रहरीले जनाएको छ । शुक्रबार दिउँसो साढे ११ बजे छिमेकीको घर बनाउने क्रममा छतमा फलामको रड तान्दा रडले बिजुलीको तार छुँदा करेन्ट मेहेतालाई करेन्ट लागेको थियो । करेन्ट लागी घाईते भएका मेहेतालाई उपचारको लागी जिल्ला अस्पताल सुनसरी लगिएको र अस्पताल पुर्याउनसाथ उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.