काठमाडौँ / नेपालमै उत्पादन सम्भावना भएका उद्योगबाट उत्पादित वस्तुको खपतमा जोड दिइने समेत अर्थमन्त्री जनार्दन शर्माले बताए । यसैगरी, उच्च निर्यात सम्भावना भएका सिमेन्ट, फुटवेयर र खानेपानी जस्ता वस्तुको निर्यात प्रबर्द्धन गरिने छ । यस्ता वस्तुको निर्यातमा ८ प्रतिशतसम्म अनुदान दिने व्यवस्था गरिएको छ । मासिक १० करोडभन्दा बढी विद्युत खपत गर्ने उद्योगलाई २ प्रतिशतसम्म छुट दिइने व्यवस्था बजेटले गरेको छ ।
झापा / कैलालीको धनगढी उपमहानगरपालिका- ३ स्थित मोहना नदीमा डुबेर दुई बालकको आज मृत्यु भएको छ ।मृत्यु हुनेमा सोही वडाका १० वर्षीय अनुप चौधरी र १२ वर्षीय विष्णु गुप्ता रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिए । चटकपुर - राजघाट जोड्ने पुलको मुनतिर नदीमा नुहाउने क्रममा डुबेर दुवै बालकको मृत्यु भएको बताइएको छ ।
बिर्तामोड / मोरङको बेलबारी नगरपालिका - १० मा पूर्व पश्चिम राजमार्गमा रोकी रहेको ट्रयाक्टरमा मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुन्दरहरैचा नगरपालिका- ११ मोरङका २३ वर्षीय अनिल चौधरी र २४ बर्षीय राजेश धिमाल रहेको प्रहरीले जनाएको छ । शनिबार बेलुका सवा ७ बजे पूर्व तर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ३८८७ नम्बरको बस, सडकमा रोकी राखेको को २ त ८५५९ नम्बरको ट्रयाक्टरमा पूर्वबाट पश्चिम तर्फ आँउदै गरेको को १० प ३५९९ नम्बरको मोटरसाइकल ठक्कर लागि दुर्घटना भएको हो । घाइतेहरूलाई तत्काल उपचारको लागि विराटनगर स्थित कोशी अस्पताल लगिएकोमा चौधरीको अस्पताल पुर्याउना साथ मृत्यु भए
काठमाडौँ / सम्पर्कविहीन भएको तारा एयरको विमानका क्याप्टेनको मोबाइलमा घण्टी गइरहेको पाइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले क्याप्टेन प्रभाकर घिमिरेलाई सम्पर्क गर्दा उनको मोबाइलमा घण्टी गइरहेको बताए । ठाकुरले भने, ‘पाइलटको मोबाइलमा घण्टी गइरहेको छ । एनटिसीबाट ट्रयाक गर्दा मोबाइलको लोकेसन लेते भनेर देखाएको छ, त्यसैले हामीले त्यतैतिर खोजी केन्द्रित गरिरहेका छौं ।’नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरूले मुस्ताङको टिटी लेक वरपर तारा एयरको जहाजको खोजी केन्द्रित गरिएको जनाएका छन् ।
बारा / बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन सर्वोच्च अदालतले फैसला गरेपछि स्थानीयले पूर्वपश्चिम लोकमार्गमा धर्ना र चक्का जाम गरेका छन् । स्वतन्त्र निजगढ युवा विद्यार्थी सरोकार मञ्चले गरेको चक्काजामका कारण राजमार्गमा दर्जनौं सवारीसाधनका यात्रु र ढुवानीका साधन अलपत्र परेका छन् । धर्नामा सर्वोच्चको निर्णय फिर्ता गर, विकासप्रेमी जनता एक हौं, भारतीय विस्तारवाद मुर्दावाद जस्ता नारा लगाएका थिए । काठमाडौँमा बस्दै आएका स्थानीयले पनि आज दिउँसो २ः ३० बजे माइतीघर मण्डलामा प्रदर्शन गर्ने भएका छन् । खबरदारी स्वरुप आफूहरूले प्रदर्शन गरेको र अदालतले फैसला नसच्याए थप कडाइका
बैतडी / बैतडीको मेलौली नगरपालिका घर भएकी १६ वर्षीया किशोरी बलात्कृत भएकी छिन् । किशोरी फागुन महिनामै बलात्कृत भएपनि अहिले मात्रै पीडित किशोरीका आफन्तले जाहेरी दिएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी बताए । बलात्कारबाट किशोरी गर्भवती भएको थाहा भएपछि मात्रै बलात्कारको घटना सार्वजनिक भएको हो । किशोरीमाथि मेलौली नगरपालिका २ का २२ वर्षीय अशोकबहादुर चन्दले बलात्कार गरेको आरोप लागेको छ । आरोपित चन्द फरार रहेका र पीडित किशोरीका आफन्तले दिएको जाहेरीका आधारमा चन्दको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।किशोरी बलात्कृत पछि गर्भवती रहेको आफन्तले जाहेरीमा उल्लेख गरेको भएपनि मेड
पाल्पा / पाल्पामा एक युवती घरबाट बेपत्ता भएको एक महिना पछि मृत फेला परेकी छन् ।जिल्लाको रम्भा गाउँपालिका –३ अमिलेकी २२ वर्षीया अस्मिता दर्जी बेपत्ता भएको एक महिनापछि कालिगण्डकी नदी किनारमा मृत फेला परेकी हुन् ।उनी गत वैशाख ११ गते बिहान करिव १० बजेतिर घरबाट निस्केकी थिइन् । बेपत्ता भएलगत्तै उनका परिवारले प्रहरीमा खोजतलासका लागि निवेदन दिएका थिए । शनिवार उनको शव कालिगण्डकी नदि किनारमा फेला परेको पाल्पाका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्र थापाले जानकारी दिए ।
झापा / सम्पर्कविहीन भएको तारा एयरको (९ एन एईटी कल साइन) को ट्वीनअटर जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज शर्मा कँडेलका अनुसार उक्त जहाज १२ बजे मुस्ताङको खासा नजिकै टीटी भन्ने स्थानमा दुर्घटना ग्रस्त अवस्थामा भेटिएको हो । जहाज भेटिएको स्थानमा हेलिकप्टर परिचालन भइरहेको पनि उनले बताए । यता जिल्ला प्रशासन कार्यालय मुस्ताङमा शाखा अधिकृत देवेन्द्रराज पाण्डेले भने हालसम्म जहाज भेटिएको भन्ने सूचना नआएको बताएका छन् । उक्त जहाज आज (आइतबार) बिहान ९ बजेर ५५ मिनेटमा पोखरा विमानस्थलबाट जोमसोमका लागि उडेको थियो । जहाज उडेको २० मिनेटपछि (१० बजेर
झापा / जोमसोमबाट ताराको सम्पर्कविहीन भएको ट्विनअर खोज्न गएको हेलिकोप्टर मौसम खराब भएपछि जोमसोम विमानस्थलमा फर्किएको छ ।पोखरा नागरिक उड्डययन कार्यालयका सूचना अधिकारी देवराज सुवेदीका अनुसार हुस्सु र पानी परेकाले खोजी र उद्धारका लागि गएको फिस्टेल एयरको हिलिकोप्टर फर्किएको हो । सम्पर्कविहीन भएको ताराको ट्विनअटर खोज्न जोमसोमबाट हेलिकोप्टर परिचालन गरिएको थियो । मुस्ताङका डीएसपी रामकुमार दानीका अनुसार हेलिकोप्टरबाट खोजी तथा उद्धार नभएपछि हेलिकोप्टर अन्तिम समय सम्पर्कमा आएको लेते पास र धौलागिरि शृङ्खला आसपासका क्षेत्रमा प्रहरी र स्थानीय खटाइएको छ । त्यस्तै उपल्लो भेगमा रहेका गोठालाहरुस
ओखलढुंगा / ओखलढुङ्गामा खानेपानीको ट्याङ्कीभित्र बोरामा बाँधिएको अवस्थामा शिशुको शव फेला परेको छ । जिल्लाको सिद्धिचरण नगरपालिका - २ ठुलाछापमा नवजात शिशुको शव फेला परेको हो । ओखलढुंगा प्रहरी प्रमुख शुकदेव खनालका अनुसार स्थानीयले खानेपानीको पुरानो ट्याङ्कीभित्र बोरामा शिशुको शव फेला परेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसलगत्तै प्रहरी घटनास्थल पुगेर आवश्यक कानुनी प्रकृया पुरा गरी शवलाई पोस्टमार्टमका लागी जिल्ला अस्पताल रुम्जाटार लगिएको थियो ।रुम्जाटारमा नवजात शिशुको पोस्टमार्ट नहुने भएपछि टिचिङ अस्पताल काठमाडौँ लगिएको छ । प्रहरीले शिशुको हत्या गरिएको वा मृत शिशु जन्मिएपछि फालेको भन्ने विष
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.