समाचार

    Showing 21,361-21,370 of 25,992 items.
  • परराष्ट्रमन्त्री खड्का आज चीनको ३ दिने भ्रमणमा जाँदै

    काठमाडौँ / परराष्ट्रमन्त्री नारायण खड्का मंगलबार चीन भ्रमणमा जाँदैछन् । मन्त्री खड्का ११ सदस्यीय टोलीको नेतृत्व गर्दै चीनको तीनदिने भ्रमणमा जान लागेका हुन् । परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खड्काको भ्रमण ‘दुई मुलुकबीच विश्वासको वातावरण बढाउन’ केन्द्रित रहनेछ । उनले चिनियाँ समकक्षी वाङ यीसँग बुधबार चीनको सान्तोङ प्रान्तको छिङ्ताओमा भेट्ने कार्यक्रम तय भएको छ ।चीनका परराष्ट्र मन्त्रीको निम्तोमा मन्त्री खड्का भ्रमणमा जान लागेका हुन् । एक वर्षअघि शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि पहिलो पटक नेपाल सरकारका उच्च कूटनीतिज्ञ चीन जान लागेका हुन् । मन्त्री खड्का बिहीबार स्वदेश फर्कि

    • प्रकाशित मितिः साउन २४, २०७९
    • 129 पटक पढिएको
  • सशस्त्र प्रहरीका जवान डेढ किलो चरेससहित पक्राउ

    झापा / धनगढीमा डेढ किलो चरेससहित एक सशस्त्र जवान पक्राउ परेका छन् । बझाङको दुर्गाथली गाउँपालिका वडा नम्बर ४ घर भएका गणेश प्रसाद जोशीलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार कैलालीको बन बेहडामा कार्यरत सशस्त्र जवान जोशीको साथबाट डेढ किलो चरेस बरामद गरिएको छ । धनगढीको सिटी होटेलबाट प्रदेश प्रहरी र जिल्ला प्रहरीको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो ।पक्राउ परेका जोशीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए । 

    • प्रकाशित मितिः साउन २३, २०७९
    • 125 पटक पढिएको
  • पानीमा डुबेर १ जनाको मृत्यु

    बिर्तामोड / सुनसरीको  रामधुनी -३ स्थित दतकिच खोलाको पानीमा डुबी १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३२ वर्षीय मग्न साहु रहेका छन् । आज दिउँसो पौने १२ बजे साहु सोही खोलामा हात खुट्टा धुने क्रममा एक्कासि पानीमा डुबी बेहोस भएको भनी अस्थाई प्रहरी पोष्ट झुम्कामा खबर प्राप्त हुनासाथ तत्काल  खटिएको प्रहरी टोलीले साहुको उपचारको लागि जिल्ला अस्पताल इनरुवा पठाएकोमा उपचारको क्रममा मृत्यु भएको हो । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय पकलीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः साउन २३, २०७९
    • 155 पटक पढिएको
  • फरार प्रतिवादी पक्राउ

    बिर्तामोड / १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समुह आर आइ टिबाट खटिएको प्रहरी टोलीले १ जना फरार प्रतिवादी पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान उप- महानगरपालिका- १७ डाडाँघोपा बस्ने २८ वर्षीय सोमान खत्री रहेका छन् । जिल्ला अदालत सुनसरीको फैसला आदेशले ९ महिना २३ दिन कैद र ५ हजार रुपैयाँ  जरिवाना बेरुजु रहि असुल गर्न बाँकी रहेका  खत्रीलाई खोजतलास गर्दै जाँदा गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा फेला पारी आइतबार पक्राउ गरी  सम्मानित सुनसरी जिल्ला अदालतले कैद भुक्तानको लागी झुम्का कारागार सुनसरी पठाएको छ । 

    • प्रकाशित मितिः साउन २३, २०७९
    • 97 पटक पढिएको
  • हेटौँडामा पाँचवटा सवारीसाधन एक आपसमा ठोक्किँदा १५ जना घाइते

    हेटौंडा / पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौडामा स्कुल बससहित ५ सवारी आपसमा ठोक्किँदा एक दर्जन बढी घाइते भएका छन् । सोमबार बिहान हेटौंडा –१५ को रातोमाटे नजिक ट्रक, दुई वटा ट्यांकर, स्कुल बस र कार आपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले बताए । ‘पाँचवटा सवारी ठोक्किएका छन्, १५ जना सामान्य घाइते भएका छन्,’ उनले भने । मानवीय क्षति भने नभएको प्रहरी प्रवक्ता कार्कीले बताए । घाइतेको हेटौंडा अस्पताल र चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः साउन २३, २०७९
    • 256 पटक पढिएको
  • मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

    भोजपुर /  जिल्लाका विभिन्न स्थानबाट मोटरसाइकल चोरेर बिक्री वितरण गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय भोजपुरले सोमबार पत्रकार सम्मेलन गरेर मोटरसाइकल चोरी गर्ने गिरोहका ६ जनालाई सार्वजनिक गरेको हो ।प्रहरीले गत असार १० गते भोजपुरको पौवादुङमा गाउँपालिका श्यामशिलाका राजेन्द्र तामाङको चोरी भएको मोटरसाइलसहित खाँदबारी नगरपालिका १० बस्ने २६ वर्षीय निराजन गौतम र २५ वर्षीय टीकाराम तिवारीलाई पक्राउ गरेको छ ।त्यस्तै असार २३ गते अरुण गाउँपालिकाबाट हराएको फत्तसिं राईको मोटरसाइलसहित सङ्खुवासभाको पाँचखपन नगरपालिका –२ का २३ वर्षीय रविकिरण राईलाई र जेठ ८ गते भोजपुरको देउरालीबाट स्

    • प्रकाशित मितिः साउन २३, २०७९
    • 253 पटक पढिएको
  • यसरी गर्नुस् ब्लुबुक अनलाइनबाटै नवीकरण (भिडियोसहित)

    झापा / बागमती प्रदेश सरकारले सवारी साधनको कर तिर्न र नवीकरण गर्न सकिने अनलाइन प्रणालीको सुरुवात गरेसँगै ब्लुबुक अर्थात बिल बुक नवीकरण गर्न र कर तिर्न अनलाइनमार्फत घरैमा बसेर गर्न सकिने भएको छ ।यो प्रणाली लागू भएसँगै यातायात कार्यालयमा गएर घण्टौँ लाइन लाग्नु पर्ने झन्झटको अन्त्य भएको छ भने ब्लुबुक समेत बोकिरहनु पर्ने झन्झट हटेको छ । सवारी साधनको कर तिरे वा नतिरेको बारेमा ट्राफिक प्रहरीले क्यूआर कोड स्क्यान गरेरै हेर्न सक्ने छन् । यद्यपि एक पटक भने भेरिफाइ गर्नका लागि यातायात कार्यालयमा पुग्नु पर्नेछ ।प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले विकास गरेको यातायात व्यवस्था सूचना प्रणाली (टीएमआईएस

    • प्रकाशित मितिः साउन २३, २०७९
    • 48 पटक पढिएको
  • ब्राजिलमा मार्सल आर्टका विश्व च्याम्पियन खेलाडीमाथि गोली प्रहार

    एजेन्सी / ब्राजिलमा मार्सल आर्टका विश्व च्याम्पियन बनेका एक खेलाडीको गोली हानी हत्या भएको छ ।ब्राजिलको साओपाउलो नाइट क्लबमा प्रहरीले हानेको गोली  लागेर मार्सल आर्ट खेलाडी लयन्द्रो लोको ज्यान गएको प्रत्यक्षदर्शीले बताएका छन् । ड्युटीबाहिर रहेका प्रहरीले उनलाई गोली हानेका प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।  गोली प्रहार लगत्तै भागेका ती प्रहरीको खोजी भइरहेको छ । टाउकोमा गोली लागेका लोको उपचारका क्रममा अस्पतालमा ज्यान गएको हो । ३३ वर्षीय उनी लो जियु–जित्सु एथलिट च्याम्पियनसिपको अहिलेसम्मकै सफल खेलाडी मानिन्छ । यो विधामा उनले आठ पटक विश्व विजेता बनिसकेका छन् ।&nb

    • प्रकाशित मितिः साउन २३, २०७९
    • 125 पटक पढिएको
  • ब्राउन सुगरको कारोबारमा संलग्न २ महिला सहित ४ जना पक्राउ

    बिर्तामोड / सुनसरीबाट लागूऔषध ब्राउन सुगरको कारोबारमा संलग्न ४ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका -४ बस्ने २७ वर्षीया सृजना ओझा, सोही स्थानका २८ वर्षीय सुशान्त घिमिरे, धनकुटा शहिद भूमि गाँउपालिका ५ घर भई हाल इटहरी उपमहानगरपालिका ५ मादेन मार्ग टोलमा डेरा गरी बस्ने ३४ वर्षीय विर्त सिंह राई र उनको श्रीमती ३५ बर्षीया पवित्रा राई रहेका छन् । गत २० गते बेलुका ईलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले ब्राउन सुगरको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा ईटहरी उपमहानगरपालिका ६ स्थित भाटे एण्ड खाजा घरबाट ब्राउन सुगर १ ग्राम १५० मिली ग्राम ७ हजार नगद सहित सृजना ओझा

    • प्रकाशित मितिः साउन २३, २०७९
    • 138 पटक पढिएको
  • राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाही जुम्लाबाट चुनाव लड्ने

    झापा / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का एक जना प्रवक्ता ज्ञानेन्द्र शाहीले जुम्लाबाट प्रतिनिधि सभा सदस्य निर्वाचन लड्ने घोषणा गरेका छन् । त्यसबारे औपचारिक जानकारी दिन उनले आज काठमाडौंको थापागाउँस्थित अर्पण पार्टी प्यालेसमा पत्रकार सम्मेलन गर्दैछन् ।आज दिउँसो साढे २ बजे पत्रकार सम्मेलन गरेर जुम्लाबाट चुनाव लड्ने औपचारिक जानकारी गराउँदैछु,’ शाहीले भने । पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन लगायतका नेताहरू पनि सहभागी हुने उनले बताएका छन् । एक मात्र निर्वाचन क्षेत्र रहेको जुम्लाबाट २०७४ मा माओवादी केन्द्र गजेन्द्र महत ‘कार्मा’ निर्वाचित भएका थिए ।

    • प्रकाशित मितिः साउन २३, २०७९
    • 128 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.