बिर्तामोड / १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समुह आर आइ टिबाट खटिएको प्रहरी टोलीले १ जना फरार प्रतिवादी पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान उप- महानगरपालिका- १७ डाडाँघोपा बस्ने २८ वर्षीय सोमान खत्री रहेका छन् । 

जिल्ला अदालत सुनसरीको फैसला आदेशले ९ महिना २३ दिन कैद र ५ हजार रुपैयाँ  जरिवाना बेरुजु रहि असुल गर्न बाँकी रहेका  खत्रीलाई खोजतलास गर्दै जाँदा गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा फेला पारी आइतबार पक्राउ गरी  सम्मानित सुनसरी जिल्ला अदालतले कैद भुक्तानको लागी झुम्का कारागार सुनसरी पठाएको छ ।