एजेन्सी / ब्राजिलमा मार्सल आर्टका विश्व च्याम्पियन बनेका एक खेलाडीको गोली हानी हत्या भएको छ ।ब्राजिलको साओपाउलो नाइट क्लबमा प्रहरीले हानेको गोली  लागेर मार्सल आर्ट खेलाडी लयन्द्रो लोको ज्यान गएको प्रत्यक्षदर्शीले बताएका छन् । ड्युटीबाहिर रहेका प्रहरीले उनलाई गोली हानेका प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।  

गोली प्रहार लगत्तै भागेका ती प्रहरीको खोजी भइरहेको छ । टाउकोमा गोली लागेका लोको उपचारका क्रममा अस्पतालमा ज्यान गएको हो । ३३ वर्षीय उनी लो जियु–जित्सु एथलिट च्याम्पियनसिपको अहिलेसम्मकै सफल खेलाडी मानिन्छ । यो विधामा उनले आठ पटक विश्व विजेता बनिसकेका छन् ।