बिर्तामोड / सुनसरीको रामधुनी -३ स्थित दतकिच खोलाको पानीमा डुबी १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३२ वर्षीय मग्न साहु रहेका छन् ।
आज दिउँसो पौने १२ बजे साहु सोही खोलामा हात खुट्टा धुने क्रममा एक्कासि पानीमा डुबी बेहोस भएको भनी अस्थाई प्रहरी पोष्ट झुम्कामा खबर प्राप्त हुनासाथ तत्काल खटिएको प्रहरी टोलीले साहुको उपचारको लागि जिल्ला अस्पताल इनरुवा पठाएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।
घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय पकलीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






































